समाजवाद उन्मुख अर्थतन्त्रका आधार
समाजवाद भनेको जनताको अधिकतम हित र सेवामा समर्पित भएर समानताका लागि काम गर्ने शासन व्यवस्था हो । राजनीतिक दल तथा सरकार समाजवादको बुझाइमा स्पष्ट हुन जरुरी छ । संविधानको परिधिभित्र रहेर समाजको खुसी र समृद्धिका लागि गरिने असल कार्य नै समाजवादका आधार हुन् । समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्न मुलुकको मौलिक विशेषताका आधारमा दिगो सामाजिक तथा आर्थिक रूपान्तरणका खाकासहित नीति तथा कार्यक्रम अगाडि ल्याउनु पर्ने हो तर राजनीतिक दल तथा सरकारले त्यस विषयमा गम्भीर चासो राखेको देखिँदैन ।
युवा रोजगारीका दायरा
‘दि इकोनोमिस्ट’ को प्रकाशन ‘इकोनोमिक इन्टिलिजेन्स युनिट’ ले हालसालै प्रकाशित गरेको प्रतिवेदन अनुसार सन् २०२४ मा चीनको आर्थिक वृद्वि ४.९ प्रतिशतले घट्ने छ । युवा रोजगारीमा निम्तिएको क्षयीकरण र बढ्दो ध्रुवीकरणलाई यसमा कारण मानिएको छ । ध्रुवीकरणलाई दीर्घकालीन र रोजगारीलाई अल्पकालीन स्वरूप मानिएको छ । प्रतिवेदनमा सन् २०२४ मा युवा बेरोजगारी बढ्न सक्ने तर सन् २०२५ देखि २०२८ मा यो असहजता कम हुन जनाइएको छ ।
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
जनता समाजवादी पार्टी ९जसपा० नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ८ बजेका लागि बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो ।
पुटिनलाई सहज बन्दै चुनाव
युक्रेनसँगको जारी युद्धले पछिल्ला दिनमा अन्तर्राष्ट्रिय जगत्मा नराम्रो छवि बने पनि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको मुलुकभित्र भने शक्ति झन् बढेको छ । यही मार्चमा त्यहाँ राष्ट्रपतिका लागि चुनाव हुन लाग्दा उहाँलाई टक्कर दिने विपक्षी कोही देखिएको छैन । उहाँलाई टक्कर दिने विपक्षी नेता एलेक्सी नाभाल्नीको ४७ वर्षको उमेरमा हालै जेलमा निधन भएकाले चुनाव उहाँकै पक्षमा जाने लगभग निश्चित नै छ । यो चुनावको सफलताले राष्ट्रपति पुटिन सन् २०३० सम्म सत्तामा रहने मात्र होइन, उहाँको लोकप्रियता मापन पनि हुने छ । हालै गरिएको सर्वेक्षण अनुसार ७८.५ प्रतिशत रुसी मतदाताले पुटिनलाई नै मत दिने जनाएका छन् । पछिल्लो पटक २०१८ मा निर्वाचित भएका पुटिनले २०२१ मा थप दुई कार्यकाल राष्ट्रपति बन्न बाटो खुला गर्ने गरी संविधानमा संशोध
सात महिला चलचित्रकर्मी सम्मानित
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रमा योगदान पुर्याउनुभएका महिला चलचित्रकर्मीलाई सम्मान गर्नुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चलचित्र विकास बोर्डद्वारा बुधबार आयोजित कार्यक्रममा सम्मानित हुनुहुनेमा अभिनेत्री केकी अधिकारी, प्रियङ्का कार्की, सरिता लामिछाने, निर्देशक रेनाशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहाल हुनुहुन्छ । उहाँहरुलाई जनही नगद रु २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
महिला मुक्तिका आन्दोलन
विश्वमा महिलाले आफ्ना हकअधिकारबारे आधिकारिक रूपमा आन्दोलन सुरु गरेको उन्नाइसौँ शताब्दीको मध्यदेखि हो । अहिले विकास र सभ्यताले उच्च युरोप, अमेरिकाका विकसित देशभित्रै त्यतिबेला महिलाको अवस्था दयनीय थियो । महिलाको दिनचर्या घरभित्र मात्र सीमित थियो । पुरुषको अनुमतिबिना घरबाहिर निस्कनसमेत पाउँदैनथे । शिक्षाको अधिकार थिएन । चुनावमा पुरुषसरह भोट दिने अधिकारबाट पनि उनीहरू वञ्चित थिए । अधिकांश महिलालाई अधिकार के हो र किन प्राप्त गर्नु पर्छ भन्ने नै थाहा थिएन ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
खेलकुद क्षेत्रको विकास गर्ने: खेलकुद मन्त्री श्रेष्ठ
नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि आफू सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्री श्रेष्ठले आज खेलकुद मन्त्रालयमा पदभार ग्रहण गर्दै खेलकुद राष्ट्रको प्रतिष्ठासँग जोडिएका विषय भएकाले यस क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतसम्म पु¥याउन सक्दो प्रयास गर्ने बताउनुभयो ।
मन्त्री अधिकारीद्वारा पदबहालीः भूमि व्यवस्था र सहकारी क्षेत्रमा सुधार गर्छु
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि व्यवस्था तथा सहकारीको क्षेत्रमा आफूले सुधार गर्न अधितम प्रयास गर्ने बताउनुभएको छ ।
छिमेकी राष्ट्रसँगको सम्बन्धलाई प्राथमिकतामा राखेर काम गर्न सरकार प्रतिबद्ध: उपप्रधानमन्त्री श्रेष्ठ
नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले छिमेकी राष्ट्रसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
इयूले लगाएको उडान प्रतिबन्ध हटाउँछौँः पर्यटनमन्त्री तामाङ
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालको हवाई क्षेत्रलाई युरोपेली सङ्घ ९इयू०ले लगाएको उडान प्रतिबन्ध चाँडै हटाइने विश्वास व्यक्त गर्नुभएको छ ।
सङ्घीयता कार्यान्वयका लागि आवश्यक कानुन बनाउँछु: कानुन मन्त्री गिरी
नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नेपालको संविधान तथा सङ्घीयता कार्यान्वयनका लागि आवश्यकपर्ने कानुनहरू निर्माण गर्ने बताउनुभएको छ ।
हुम्लामा दस करोडको स्याउ
फलफूलमा स्याउ खेतीको राम्रो सम्भावना रहेको हिमाली जिल्ला हुम्लामा यस वर्ष दस करोड रुपियाँ बराबरको स्याउ उत्पादन भएको पाइएको छ । यस वर्ष स्याउ उत्पादन राम्रो नभए पनि जिल्लाभरको विवरण अनुसार उक्त स्याउ उत्पादन भएको पाइएको हो । सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले गाउँपालिकाभर पाँच करोडभन्दा बढीको स्याउ उत्पादन भएको बताउनुभयो । उहाँले स्याउ राम्रो उत्पादन नभएका कारण जम्मा किसानले पाँच करोडको स्याउ उत्पादन गर्न सफल भएको र किसानले उत्पादन गरेका सबै स्याउ भने बिक्री नभएको बताउनुभयो ।
मन्त्रालयको कामलाई परिणाममुखी बनाउनुपर्छः खानेपानीमन्त्री राई
नवनियुक्त खानेपानीमन्त्री राजेन्द्रकुमार राईले मन्त्रालयको कामलाई परिणाममुखी र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । खानेपानी मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले राजनीतिक र प्रशासनिक नेतृत्व मिलेर आमजनताले अनुभूति गर्नेगरी काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्लास्टिकजन्य कच्चा पदार्थबाट हस्तकलाका सामान
पर्यावरणमा गम्भीर प्रभाव पारिरहेको प्लास्टिकलाई पुनः प्रयोग गर्न सके आम्दानी वातावरण बच्ने देखिन्छ । सयौँ वर्ष माटोमा नकुहिने बोतल, झोला जस्ता प्लास्टिकजन्य वस्तुलाई माटोमा जानबाटै रोकेर प्रशोधन गरी पुनः प्रयोग गर्ने कार्यसमेत सुरु भएको छ । भरतपुर महानगरपालिका–९, शोभा थापामगर अहिले प्लास्टिकको ढकिया, चकटी, गमलालगायतका हस्तकलाका वस्तु बनाउनुहुन्छ । “यो चाउचाउको खोलको गमला हो । यसमा प्रयोग भएको टल्कने चिज धेरै समयसम्म नहट्ने रहेछ,” प्लास्टिकको गमला देखाउँदै उहाँले भन्नुभयो, “हामीले बनाएका हस्तकलाका समान अहिले महानगरभरि हुने विभिन्न कार्यक्रममा मायाको चिनो दिन प्रयोगमा ल्याइएका छन् ।”
न्यु बुटवल–गोरखपुर चार सय केभी प्रसारण लाइन, नेपाल खण्ड छुट्टै बनाइने
नेपाल–भारत विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिँदै आएको न्यु बुटवल–गोरखपुर चार सय केभी प्रसारण लाइनको नेपालतर्फको खण्ड एमसिए नेपालले छुट्टै प्याकेज बनाएर निर्माण गर्ने भएको छ । प्रसारण लाइनको समग्र परियोजना कार्यान्वयनमा सिथिलता देखिँदा अन्तरदेशीय प्रसारण लाइन पूर्वाधार पनि समस्यामा पर्ने भएपछि एमसिए–नेपाल सञ्चालक समितिले नवलपरासीको न्यु बुटवल सबस्टेसनदेखि सिमाना पाल्हीनन्दन गाउँपालिका–१, महेशपुरसम्मको १८ किलोमिटर प्रसारण लाइन छुट्टै प्याकेजमा निर्माण गर्ने निर्णय गरेको हो ।
सस्तोमा टेलिकमको डेटा रोमिङ
नेपाल टेलिकमले आफ्ना प्रयोगकर्ताका लागि सस्तो दरमा डेटा रोमिङ सेवा उपलब्ध गराएको छ । यससँगै विदेशमा नेपाल टेलिकमकै सिम प्रयोग गर्नेले पहिलेभन्दा सस्तो दरमा डेटा सेवा प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ । विदेशमा रहने टेलिकमका प्रयोगकर्ताले डेटा रोमिङ सेवा धेरै प्रयोग गर्ने पाइएकाले सेवा सञ्चालनमा रहेको मुलुकमा रहेका रोमिङ साझेदारहरूसँग सम्झौता गरी महसुल दरमा कटौती गरिएको टेलिकमले उल्लेख गरेको छ ।
कृषि अनुसन्धानमा नेपाल–कोरिया सहकार्य
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दक्षिण कोरियासँग प्रविधि विकासमा सहकार्य गर्ने भएको छ । दक्षिण कोरियाबाट आउनुभएका छोरोन काउन्टीका मेयर लिन हुयङ जोङसँग भएको छलफलबाट सो सहकार्य गर्ने कृषि मन्त्रालय अन्तर्गतको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ ।
‘महाजात्रा’ टोली पोखरामा
नेपाली चलचित्र ‘महाजात्रा’ को टोली प्रचारप्रसारका क्रममा पोखरा आइपुगेको छ । आगामी चैत ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र षट्कोण आटर्सको ब्यानरमा निर्माण भएको हो । चलचित्र पत्रकार सङ्घ नेपाल कास्की शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले फिल्मको लागत उठाइसकेको दाबी गर्नुभयो । अब प्रदर्शनका क्रममा हुने आम्दानीले अर्को चलचित्र बनाउने बानियाँले उल्लेख गुर्नभयो ।
दस अर्बको आइरन स्टिल निर्यात
चालु आर्थिक वर्षको सात महिनाको अवधिमा १० अर्ब रुपियाँ बराबरको आइरन, स्टिल निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार सात महिनामा (साउन–माघ) आइरन, स्टिल ८५ प्रतिशतले बढेर १० अर्ब १२ करोड २० लाख रुपियाँको निर्यात भएको हो । गत वर्ष सो अवधिमा भने जम्मा पाँच अर्ब ८५ करोड रुपियाँको निर्यात भएको थियो । स्वदेशी अधिकांश वस्तुको निर्यात घटिरहेका बेला आइरन स्टिलको निर्यातमा भने उल्लेख्य वृद्धि भएको छ ।
उखु अभावमा चिनी मिल बन्द
उखुको अभावमा सर्लाही र महोत्तरीमा रहेका चिनी उद्योग बन्द हुने अवस्थामा पुगेको छ । आवश्यकता अनुसार उखु उपलब्ध नहुँदा ‘नो क्यान’ चिनी उद्योगहरू बन्द हुन थालेका छन् । सर्लाहीको गोडैतास्थित महालक्ष्मी चिनी उद्योग उखु अभावका कारण बन्द भएको छ । उद्योगमा आएका १२ लाख ३९ हजार क्विन्टल उखु पेलेर उद्योग बन्द गरिएको उद्योगका उखु प्रबन्धक पवन सिंहले बताउनुभयो । “उखु अभाव भएपछि आइतबार रातिदेखि उद्योग बन्द गरिसकेका छौँ,” उखु प्रबन्धक सिंहले भन्नुभयो । यता हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योग पनि ‘नो क्यान’ मा सञ्चालन भइरहेको छ । किसानले उद्योगमा उखु ल्याउन छाडेपछि यस्तो अवस्था आएको हो । चार दिनदेखि उद्योगमा ‘नो क्यान’ सुरु भएको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो । “विगत चार दिनदेखि उद्योगलाई चाहिएजति उखु आउन छाडेको छ,” उखु प्रबन्धक रजकले भन्नुभयो, “उखुको अभाव भएपछि उखु क्रसिङ गर्ने दुई वटा मिलमध्ये एउटा ठुलो मिल मात्रै सञ्चालन गरेका छौँ ।” इन्दुशङ्करसँग दैनिक ३५ हजार क्विन्टल र १५ हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता भएका दुई वटा मिल छन् । त्यसमध्ये ३५ हजार क्विन्टल क्षमताको मिल सञ्चालन गरिरहेको उद्योगले जनाएको छ ।
उमेर घटाउने प्रस्तावले ‘फ्रेस’ जनशक्तिलाई चोट
सरकारले लोक सेवा आयोगको परीक्षा तयारी गरेर बसेका ‘फ्रेस’ जनशक्तिमाथि चोट पुग्ने गरी सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा प्रस्ताव गरेको छ । अहिले निजामती सेवा ऐनमा उल्लिखित लोक सेवा आयोगको परीक्षा दिन पाउने उमेर हदलाई घटाएर निजामती सेवामा नयाँ जनशक्ति आउने सम्भावनालाई खुम्च्याइएको छ ।
सतचालिस वर्षदेखि आफन्त खोज्दै भीमबहादुर
सडकले कैयौँ मानिसलाई जोड्छ तर यही सडकमा आफन्त छुटेकाको जीवन भने क्षितिज पारि डुब्न लागेको घाम जस्तो बन्ने कुरा भीमबहादुर थापाको पीडाले पुष्टि गर्छ । बाल्यकालमै सडकमा छुटेका मजदुरका छोरा थापाले ४७ वर्षसम्म आफन्त भेटाउन सक्नुभएको छैन । बाल्यकालका धमिला सपना बोकेर उहाँ अहिले आफन्त सम्झेर रोइरहनुभएको छ । २०३३ सालमा सडक खन्न दाङबाट मजदुरका रूपमा बैतडी आएका आफन्तसँग सडकमै विछोड भएको थापाले बताउनुभयो । “बाल्यकालमै सडकमा छुटेँ,” उहाँले भन्नुभयो, “४७ वर्षदेखि आफन्तको सम्झनामा दिन बिताउँदै बसेको छु ।”