ओलम्पिक खेलाडीहरूलाई गण्डकी सरकारको मासिक पाँच हजारसहित सम्मान
गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीहरूलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ ।
‘मिटरब्याजी पीडितलाई न्याय दिने प्रक्रिया कमजोर नहोस्’
निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितहरूलाई न्याय दिने प्रक्रिया कमजोर बनाउनु नहुने बताउनुभएको छ ।
भाटभटेनीको २७ औँ स्टोर दमकमा
झापाको दमकमा भाटभटेनीको २७ औँ स्टोर सञ्चालनमा आएको छ । जिल्लामा यो भाटभटेनीको दोस्रो स्टोर हो । बुधबारदेखि दमक –९ मा नयाँ स्टोर सञ्चालनमा आएको हो ।
अर्को टी–२० सिरिजको तयारीमा नेपाल
भर्खर त्रिकोणात्मक टी–२० सिरिज सकेको नेपाली राष्ट्रिय क्रिकेट टोली हङकङमा आयोजना हुने अर्को सिरिजको तयारीमा जुटेको छ ।
‘सुपर ट्यूस्डे’ परिणाम बाइडेन र ट्रम्पको पक्षमा
सन् २०२४ को राष्ट्रपतीय निर्वाचनको प्राथमिक (प्राइमरी) मतदानमा अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आ–आफ्नो पार्टीको प्राइमरी प्रतिस्पर्धामा अग्रता लिएका छन् ।
विदेशीलाई प्रवेश अनुमति सहज बनाउन उत्तर कोरियासँग अमेरिकाको आग्रह
संयुक्त राज्य अमेरिकाले मङ्गलबार उत्तर कोरियालाई मानवीय सहायताकर्मीका लागि आफ्नो सीमा खुला गर्न र कोभिड–१९ का बेला लगाइएका केही कडा प्रतिबन्धहरूलाई खुकुलो पार्न आग्रह गरेको छ ।
रेसुङ्गा विमानस्थलमा प्रहरी पोष्ट
गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल प्रहरीको एक पोष्ट बस्ने भएको छ । गत वैशाख महिनाको अन्तिम सातादेखि नियमित उडान सुरु भएको यस विमानस्थलको सुरक्षाका लागि नेपाल प्रहरीको एक पोष्ट बस्ने भएको बताइएको छ ।
एमाले अध्यक्ष ओली पञ्चकोटमा
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बुधबार बागलुङको प्रसिद्ध धार्मिकस्थल सर्वसिद्धिधाम पञ्चकोट आउनुभएको छ । ओलीका साथमा उपाध्यक्ष विष्णु पौडेल पनि रहनुभएको छ ।
पाल्पामा ट्रक दुर्घटना हुँदा दुई जना घाइते
पाल्पामा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । तानसेन–तम्घास सडकखण्डको रिव्दीकोट–२, जोर्तेमा बुधबार दिउँसो लु २ ख ५६२५ नम्बरको ट्रक (ट्रेलर) दुर्घटना हुँदा चालक र सहचालक घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सुडानमा भोकमरीको खतरनाक जोखिम : डब्ल्यूएफपी
सुडानमा प्रतिद्वन्द्वी जनरलहरूबिच करिब ११ महिनादेखि जारी युद्धले ‘विश्वको सबैभन्दा ठुलो भोकमरी सङ्कट निम्त्याउने खतरा’ रहेको संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले बुधबार चेतावनी दिएको छ ।
मन्त्रिपरिषद् विस्तार, शपथ ग्रहण हुँदै
मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मन्त्रीहरूको टुङ्गो लागेको र केही दलबाट औपचारिक पत्रसहितको नामावली आउनेक्रममा रहेको बताउनुभयो ।
पीएसजी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
सञ्चारमन्त्री शर्मालाई बिदाइमै फेरि शपथको निम्तो
नेकपा (माओवादी केन्द्र) ले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई पुनः सञ्चारमन्त्री बनाउने भएको छ ।
गोर्खाली आइओएफटिसीको संयोजक नियुक्त
दक्षिण कोरियाको सोलमा हुने इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) को संयोजकमा तेक्वान्दो मास्टर अमूल गोर्खाली नियुक्त हुनुभएको छ ।
हडिया देवधार जोड्ने त्रियुगा नदीमा पक्की पुल निर्माण
उदयपुरको चौदण्डीगढी नगरपालिका १० स्थित हडिया देवधारस्थित मदन भण्डारी राजमार्गमा जोड्नेगरी त्रियुगा नदीमा पक्की पुल निर्माणको काम धमाधम हुँदैछ ।
घरपेटी-भाडावालाको सधैँ खटपट, चप्पलसमेत गन्छन् घरपेटी
देश सङ्घीय संरचनामा गइसकेपछि सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुगेको भनिएको छ । केन्द्रमा रहेको अधिकार, पूर्वाधार र अवसर अहिले प्रदेश र स्थानीय तह हुँदै जनताले प्राप्त गर्न सक्ने आधार बनेको छ ।
सप्तरीमा सहायक प्रहरी हवल्दारको मृत्यु
सप्तरीमा एक सहायक प्रहरी हवल्दारको मृत्यु भएको छ । बुधबार भर्याङबाट लडेर सर्लाही जिल्लाको बलरा नगरपालिका १० सिंह टोल घर भई इलाका प्रहरी कार्यालय बोदे बरसाईनमा कार्यरत ३३ वर्षीय सहायक प्रहरी हवल्दार कृष्ण मोहन सिंहको मृत्यु भएको हो ।
सप्तरीको कृष्णाराम मरौटीस्थल ओझेलमा
सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकाको १ स्थित चुरे पहाडमा अवस्थित कृष्णाराम मरौटी स्थल ओझेलमा परेको छ ।
माओवादी केन्द्रद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता
नेकपा (माओवादी केन्द्र) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मङ्गलबार मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी पार्टीका तीन मन्त्रीलाई पदमुक्त गरेपछि माओवादीले सरकारलाई दिएको समर्थन बुधबार फिर्ता लिएको हो ।
ट्रक दुर्घटनामा चालक र सहचालक घाइते
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा बुधबार बिहान ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् ।प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिकास्थित खाम्लुङ दोभान–सान्थाक्रा सडक खण्डमा ना ५ ख ३२७६ नम्बरको ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका हुन् ।
बागमतीमा कांग्रेसका छ मन्त्रीले राजीनामा दिँदै
केन्द्रमा सत्ता समीकरण परिवर्तनसँगै बागमती प्रदेशको सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस सरकारबाट बाहिरिने भएको छ ।
उर्लाबारी आगलागीका घाइतेको उपचारमा कोशी प्रदेश सरकारको समन्वय
कोशी प्रदेश सरकारले उर्लाबारी आगलागीका घटनामा घाइते स्थानीयहरुको उपचार गरेका अस्पतालहरुलाई रकम भुक्तानी गर्ने निर्णय गरेको छ।
नापतौलमा ठगी गर्ने चार हजार सात सय ४१ व्यवसायी कारबाहीमा
नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने तथा समयमा नापतौल यन्त्रको नवीकरण नगर्ने चार हजार सात सय ४१ व्यापारीलाई कारबाही गरेको छ ।
कुँडुले–मालिका–पञ्चकोट सडक स्तरोन्नति गर्न थालियो
यहाँको स्थापित पर्यटकीय गन्तव्य पञ्चकोट पुग्ने गरी निर्माण सुरु भएको चक्रपथ सडक स्तरोन्नति गर्न थालिएको छ । ठेक्का सम्झौता भएको चार वर्षसम्म कालोपत्र गर्न नसकेको उक्त सडक ढिलो गरी निर्माण व्यवसायीले काम थालेको हो ।