अब काममा ढिलाइ हुने छैन : उपप्रधानमन्त्री महासेठ
नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अब काममा ढिलाइ नहुने बताउनुभएको छ ।
‘जनताको आत्मबल जगाउने गरी काम गर्छु’
अर्थमन्त्री वर्षमान पुनले आम सर्वसाधरण र निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।
नेपालमा व्याण्डविथ प्लेटफर्मको सम्भावना अध्ययन हुने
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शपथ लगत्तै सिंदरबारमा पुगेर पदभार ग्रहण गर्नुभएको छ ।
पत्रकार धितालको पुस्तकमाथि संवाद
पत्रकार मनऋषि धितालले लेख्नुभएका जनयुद्धकालीन आधा दर्जनबढी पुस्तकमाथि नेपालगन्जमा संवाद गरिएको छ ।
कांग्रेसका मन्त्रीद्वारा सामूहिक राजीनामा
बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूले आज सामूहिक राजीनामा दिनुभएको छ । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै बागमती प्रदेशको सत्ता गठबन्धनमा रहेको कांग्रेसका ६ जना मन्त्रीले बुधबार साँझ राजीनामा दिनुभएको हो ।
९० घर भूमिहीनलाई लालपुर्जा
मध्यविन्दु नगरपालिकाले–१ सेतापानीका ९० घर भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको छ ।
हिउँमा फसेका आठ जनाको हेलिकोप्टरबाट उद्धार
हिउँमा फसेर अलपत्र परेका आठ जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । तातोपानी गाउँपालिका ४ स्थित गिडिदहको शिरान बजेडी पाटनमा फसेकाहरूलाई स्थानीय तह र प्रशासनको पहलमा कर्णाली प्रदेश सरकारको समन्वयमा हेलिकोप्टरबाट उद्धार गरिएको हो ।
नेकपा एसबाट जोशी र बुढा मन्त्री बन्ने
नेकपा (एकीकृत समाजवादी) बाट सरकारमा दुई जना मन्त्री सहभागी हुने भएका छन् । नेकपा एसबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने हुनुभएको हो ।
निवर्तमान गृहमन्त्री श्रेष्ठ नेतृत्वका २१ महत्त्वपूर्ण कार्य
निवर्तमान उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो कार्यकालमा २१ वटा महत्त्वपूर्ण कार्य गरेको जानकारी दिनुभएको छ ।
प्रदेश प्रमुख शर्मा समक्ष दलित आयोगको प्रतिवेदन
बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०७९/०८० को तेस्रो वार्षिक प्रतिवेदन पेश गरेको छ ।
टी–२० विश्वकप तयारीका लागि सरकारले दियो पाँच करोड
अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पाँच करोड रुपियाँ सहयोग गरेको छ ।
मोहना नदीमा युवक मृत फेला
कैलालीको भजनी नगरपालिका-३ कुसुमघाटस्थित मोहना नदीमा युवकको शव भेटिएको छ । नेपाल भारत सीमा क्षेत्र नजिक आज युवकको शव भेटिएको हो ।
पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ
रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने रामेछाप उमाकुण्ड नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–४ बालुवाटार बस्ने २६ वर्षीय गोविन्द थापा पक्राउ परेका छन् ।
सम्पदा संरक्षणमा सरकारी निकाय सक्रिय बन्नुपर्ने
ऐतिहासिक सम्पदाको संरक्षणमा सरकारी निकाय सक्रिय बन्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।
पञ्चकोटलाई धार्मिक पर्यटकीयस्थल बनाउनुपर्छ: अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चकोट धार्मिक पर्यटकीयस्थलका रूपमा देश विदेशमा परिचित भएकाले यसलाई धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
‘थ्री वाइ थ्री’ बास्केटबल शनिबारदेखि
नेपाल बास्केटबल सङ्घको आयोजनामा ‘थ्री वाइ थ्री’ बास्केटबल प्रतियोगिता हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा शनिबारदेखि हुने प्रतियोगितामा ब्वाइज र गर्ल्स दुई विधा समावेश गरिएको छ ।
मुनाका सम्पादक थापाको बिदाइ
गोरखापत्र संस्थानका नायब कार्यकारी सम्पादक तथा मुना मासिकका निमित्त सम्पादक भक्तबहादुर थापा उमेरहदका कारण बुधबारदेखि सेवा निवृत्त हुनुभएको छ ।
अष्ट्रेलिया र आसियानद्वारा गाजा युद्धविरामको आह्वान
अष्ट्रेलियाका नेताहरू र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का सदस्यहरूले मेलबर्नमा आयोजित विशेष शिखर सम्मेलनपछि बुधबार गाजामा तत्काल युद्धविरामको आह्वान गरेका छन् ।
मानपुर-डेढगाउँ-बुलिङटार सडक कालोपत्र
ट्रयाक खुलेको २९ वर्षपछि यहाँको सडक कालोपत्र सुरु गरिएको छ । गण्डकी प्रदेशको गौरव आयोजनाको रूपमा रहेको मानपुर–डेढगाउँ–बुलिङटार सडक कालोपत्र गरिएको हो ।
अफगानिस्तानमा महिला तथा बालिकाको अधिकारलाई प्राथमिकता दिन आग्रह
अफगानिस्तानमा महिलाहरूलाई आधारभूत अधिकारबाट वञ्चित भएको विवरण आइरहेका समयमा मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त, भोल्कर टर्कले अफगानिस्तानमा महिला तथा किशोरी अधिकारलाई प्राथमिकता दिन आह्वान गर्नु भएको छ ।
सरकारमा सहभागी हुन नेकपा एस सकारात्मक
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले नयाँ सत्ता गठबन्धनमा सहभागी हुने/नहुने विषयमा अनिर्णीत भएको छ । बुधबार बसेको सचिवालय बैठकले सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक रहेको तर निर्णय भने गरी नसकेको बताएको हो ।
यल इतिहल्न सम्यक् महादानको तयारी
दिपंकर पर्वका नामले प्रख्यात सम्यक् महादान पर्वको आयोजना हुने भएको छ । २२ सय वर्षभन्दा अघि निर्माण गरिएको हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल)ले फागुन ३० देखि चैत १ गतेसम्म यल इतिहल्न सम्यक् महादान पर्वको आयोजना गर्ने तयारी गरेको हो ।
कृषकलाई मकैको बिउँ वितरण
चापाकोटमा साना किसान कृषि सहकारी संस्थाले किसानहरूलाई मकैको बिउँ वितरण गरेको छ । कृषि ज्ञानकेन्द्र स्याङ्जासँगको समन्वयमा कुवाकोट साना किसान कृषि सहकारी संस्था लिमिटेडले किसानहरूलाई मकैको बिउँ वितरण गरेको हो ।
प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता ताप्लेजुङमा
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले स्थापना दिवसको अवसरमा प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाको सातौँ स्थापना दिवसको अवसरमा ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागिएको हो ।