• १३ साउन २०८१, आइतबार

‘जनताको आत्मबल जगाउने गरी काम गर्छु’

blog

अर्थमन्त्री वर्षमान पुन पदभार ग्रहण गर्दै । तस्बिर : कविन अधिकारी

काठमाडौं, फागुन २३ गते । अर्थमन्त्री वर्षमान पुनले राष्ट्रपतिसमक्ष शपथ लिएलगत्तै अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको हो । 

अर्थमन्त्री पुनले पदभार ग्रहण गर्दै आम सर्वसाधरण र निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले मुलुकको वर्तमान अर्थतन्त्र संकटमा नभएर मन्दीमा रहेको दाबी गर्नुभयो । 

अर्थमन्त्रीले अर्थतन्त्रमा रहेका चुनौतीलाई सबै भन्दा पहिला सबै अन्तरमन्त्रालय समन्वय गरेर समाधान गर्ने बताउनु भयो । उहाँले अर्थतन्त्रको चुनौतीलाई प्रधानमन्त्रीले मुख्य कामको रुपमा सुशासन पहिलो प्राथमिकता र आर्थिक समृद्धिको गर्ने प्राथमिकता निर्धारण गर्नु परेकाले त्यही अनुसार काम गर्ने बताउनु भयो । अर्थमन्त्री पुनले नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसात गरेको बताउन भयो । 

उहाँले सरकारको प्राथमिकता प्रधानमन्त्रीको निर्देशनमा रहेर सबै क्षेत्रको मनोवल उठाएर आशा जगाउने गरी काम गर्न अर्थमन्त्रीको रुपमा आएको बताउनु भयो । उहाँले सन् २००८ मा विश्वव्यापी आर्थिक संकट लगतै २०११ मा अर्थमन्त्रीको जिम्मेवारीमा सम्हालँदा पनि त्यो बेलाको संकट समाधान गरेको भन्दै अहिलको समस्या पनि समाधान गर्नसक्ने अवस्थामा रहेको बताउनु भयो ।

अर्थमन्त्रीले आर्थिक मन्दीको बेलामा पनि आर्थिक वृद्धिदर ५ प्रतिशत गरेको अनुभवका आधारमा काम गर्ने बताउनु भयो । उहाँले अर्थतन्त्रको केही ठाउँमा शिथिलताहरु रहेको भन्दै प्राथमिकताका साथ समधान गर्ने बताउनु भयो । उहाँले सार्वजनिक क्षेत्रमा केही समस्या रहेको भन्दै त्यसलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनु भयो । 

अर्थमन्त्री पुनले  अहिले राजश्व संकलन १० प्रतिशतको वृद्धि भएको भन्दै अब अर्को महिना देखि दोब्बर वृद्धि गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले आफूले बोलेरभन्दा पनि काम गरेर देखाउने बताउनु भयो । उहाँले सबैसँग समन्वय गरेर अर्थतन्त्रलाई चलायमान बनाउने काममा आजदेखिनै लाग्ने प्रतिबद्धता जनाउनु भयो ।