• २२ वैशाख २०८२, सोमबार

ढकमक्क फूलेको गुलमोहर

blog

दाङको घोराही उपमहानगरपालिका–१५, जिल्ला समन्वय समिति परिसरमा ढकमक्क फुलेको गुलमोहर । तस्बिरः रञ्जिता अधिकारी/रासस

दाङ, वैशाख २२ गते । दाङको घोराही उपमहानगरपालिका–१५, जिल्ला समन्वय समिति परिसरमा गुलमोहरको फूल ढकमक्क फूलेको छ ।

गुलमोहर एउटा वृक्षको नाम हो जसमा रातो रङका फूलहरू फूल्छन् । यसलाई ‘स्वर्गको फूल’ पनि भनिन्छ ।

भिषण गर्मीमा गुलमोहरको वृक्षमाथि पातहरू त नाम मात्रको हुन्छन्, तर फूल यति धेरै हुन्छन् कि गणनु मुश्किल हुन्छ । यो नेपालको तातो तथा नमी हुने ठाँउमा सबै ठाँउ पाइन्छ ।

कोसा जातिको यो फूलको बोट फूलहरूमा सबैभन्दा ठुलो मानिन्छ । वैज्ञानिक नाम डेलोनिक्स रेगिया रहेको र काँडा नहुने यो फूलको बास्ना भने हुँदैन । १२ वर्ष आयु रहेको यो फूल गाढा रातो, पहेंलो र रातो पहेंलोको मिश्रण हुने भए पनि नेपालमा गाडा रातो रङका मात्र छन् ।