• १३ साउन २०८१, आइतबार

हिउँमा फसेका आठ जनाको हेलिकोप्टरबाट उद्धार

blog

तातोपानी ४ बजेडिपाटनमा हिउँमा फसेकाको हेलिबाट उद्दार गरेपछि जुम्ला विमानस्थलमा । तस्बिर : नेत्र शाही

नेत्र शाही

जुम्ला, फागुन २३ गते । हिउँमा फसेर अलपत्र परेका आठ जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । तातोपानी गाउँपालिका ४ स्थित गिडिदहको शिरान बजेडी पाटनमा फसेकाहरूलाई स्थानीय तह र प्रशासनको पहलमा कर्णाली प्रदेश सरकारको समन्वयमा हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टरमा बजेडिपाटनदेखि जुम्ला विमानस्थल तीन चरणमा उद्धार गरेको छ । 

उद्धार गरिएकामध्ये तातोपानी गाउँपालिका-७ का दिया रावत, हरिशोभा रावत, सशिला रावत, गोरी रावत, जगमति रोकाया र वडा नम्बर ८ का अत रावत, संसार रावत, गोरी रावत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश चन्द्रले जानकारी दिनुभयो । सकुशल उद्धारपछि उहाँहरू सबैको स्वास्थ्य जाँचका लागि नेपाली सेनाको एम्बुलेन्समा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पठाइएको छ ।