लोकसेवा आयोगको राष्ट्रिय सम्मेलन सुर्खेतमा
लोकसेवा आयोको चौथो राष्ट्रिय सम्मेलन कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा बुधबारदेखि सुरु भएको छ । प्रत्येक वर्ष फागुन २३ र २४ गते आयोगहरूको राष्ट्रिय सम्मेलन हुनेगरेको छ ।
पेरूका प्रधानमन्त्रीद्वारा राजीनामा
पेरूका शक्तिशाली प्रधानमन्त्री अल्बर्टो ओटारोलाले एक युवतीलाई अवैध काममा सहयोग गरेको आरोप लागेपछि मङ्गलबार राजीनामा दिनुभएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रम विशुद्ध आन्तरिक उपक्रम
पछिल्लो राजनीतिक घटनाक्रम विशुद्ध आन्तरिक उपक्रम हो । यो नयाँ गठबन्धनले छिमेकी मित्रराष्ट्र तथा विश्व समुदायसँग अझै घनिष्ठ सम्बन्ध कायम गरी आफ्नो कामकारबाही अगाडि बढाउँछ ।
रुपन्देहीको कञ्चनमा कपडा बैङ्क सञ्चालन
कपडा बैङ्क सञ्चालन गर्ने रुपन्देहीको कञ्चन गाउँपालिका नेपालकै पहिलो गाउँपालिका बनेको छ । यसअघि नगरपालिका र उपमहानगरपालिकामा कपडा बैङ्क सञ्चालनमा आइसकेको छ ।
आठ महिनामा ६२ प्रतिशत राजस्व सङ्कलन
नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/०८१ को आठ महिनामा लक्ष्यको करिब ६२ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
माओवादीद्वारा गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता
नेकपा (माओवादी केन्द्र) ले गण्डकी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
लुम्बिनीमा मुख्यमन्त्रीद्वारा माओवादीका दुई मन्त्री बर्खास्त
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।
‘एमालेसँग तत्काल कार्यगत एकता गरेर जान सकिन्छ’
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले)सँग तत्कालका लागि कार्यगत एकता गरेर जान सकिने बताउनुभएको छ ।
तरकारी खेतीबाट मासिक लाख आम्दानी
एक दशक विदेशी भूमिमा बसेर फर्किनुभएका दुई युवाले तरकारी खेतीबाट मासिक एक लाख रुपियाँ आम्दानी गर्नुभएको छ । जिल्लाको रामपुर–४, देवीस्थानका दिलबहादुर थापा र लालबहादुर थापाले तरकारी खेतीबाट मासिक एक लाख आम्दानी गर्नुभएको हो ।
एक लाख अफगानी आप्रवासी स्वदेश फिर्ता
इरान, पाकिस्तान र टर्कीबाट एक महिनामा करिब एक लाख आप्रवासी त्यहाँ बस्ने विकल्पहरू नहुँदा अफगानिस्तान फर्केका छन् ।
महायज्ञमा प्रकृति मन्थन
प्राकृतिक स्रोतमाथि भइरहेको अनुचित दोहनप्रति विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । जल, जमिन र जङ्गलबिना प्राणी जगतको अस्तित्व नरहने भन्दै उनीहरुले चराचर जगतको अस्तित्वका लागि वातावरण र जल संरक्षणमा जोड दिएका हुन् ।
जसपा र जनमत आन्तरिक छलफलमा
पार्टीको आज बसेको कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्री तथा सरकारमा सहभागी हुँदा पार्टीको मुद्दा र अडानबारे पार्टीका नेताहरुबीच छलफल गरेको हो । बैठकमा मधेस प्रदेश सरकारको सुनिश्चिततालगायत विषयमा नेताहरुले आफ्नो धारणा राख्नुभएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो ।
ट्युबमाथि बसेर माछा मार्दा एक जनाको मृत्यु
माछा मार्ने क्रममा नारायणी नदीमा डुबेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ को नारायणी नदीमा रबरको ट्युबमाथि बसेर माछा मार्ने क्रममा ट्युबको हावा फुस्कँदा एक जनाको मृत्यु भएको हो ।
नेपालगन्जमा सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनमा
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मा सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनमा आएको छ । महिला–पुरुष अपाङ्गमैत्री शौचालयसहित दुई ठुला कोठा र प्रशासनिक, नर्सिङ, स्टोर तथा १६ बेड र १६ अक्सिजन सिलिण्डरसहितको बहुउद्देश्यीय भवन भवन सञ्चालनमा आएको हो ।
‘माधव नेपालसँगको छलफल सकारात्मक छ, निरन्तरता दिन्छौँ’
नेपाली कांग्रेसले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको छलफल सकारात्मक भएको बताएको छ ।
घाटबेँसी बस दुर्घटना : मृतकको सङ्ख्या सात पुग्यो
धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । लुम्बिनीको पेडेरियाबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीमा दुर्घटनामा परेको हो ।
कोशी प्रदेशलाई मध्यावधिको डर
केन्द्रीय सत्ता समीकरणमा भएको फेरबदलको असर प्रदेश सरकारहरुमा देखिन थालेको भए पनि संवैधानिक जटिलता र अनिश्चित गन्तव्यका कारण कोशी प्रदेशमा भने असर देखापरिसकेको छैन ।
दुई जनाको शव फेला
धनुषाको मिथिला नगरपालिकामा दुई दिनको अवधिमा दुई जनाको शव भेटिएको छ । मिथिला नगरपालिका–६, ढल्केवरमा सोमबार मागी खाने एक महिलाको शव भेटिएको थियो ।
सुनको मूल्य हालसम्मकै उच्च
नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुन : नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर प्रतितोला रु एक लाख २३ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले बढेर नयाँ उचाइमा पुगेको हो ।
विद्यार्थीलाई नौमती बाजा बजाउन सिकाइँदै
गुल्मीको तम्घासस्थित रेसुङ्गा माध्यमिक विद्यालयले विद्यार्थीलाई नौमती बाजा बजाउने तालिम प्रदान गरेको छ । रेसुङ्गा नगरपालिकाको आर्थिक सहयोगमा यहाँ अध्ययनरत विद्यार्थीलाई पढाइको साथमा सिपसँग जोड्नको लागि नौमती बाजा बजाउने तालिम प्रदान गरिएको प्रधानाध्यापक भागिरथ भण्डारीले जानकारी दिनुभयो ।
हिमाली भेगमा सारिँदै भेडीगोठ
बेँसी झारिएका भेडीगोठलाई हिमाली भेगतिर लान थालिएका छन् । जाडो छल्न र बारी मल्न बस्तीसम्म भेडीगोठलाई सारिएका थिए । हिमालबाट जाडो छल्न आएको भेडीगोठ लामो समयसम्म बेँसी बस्न नपाउने जनाइएको छ ।
रिसानी माफ होस्
हिजो त्यो सिरानीमा बिसाएको थिए, यो टाउको, हजुरकै टाउकोसित
पढाउन छाडेर बाख्रापालन व्यवसायमा रमाउँदा ...
माङसेबुङ गाउँपालिका–१ इलामका याम कार्कीले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु आठदेखि १० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरी १० वर्ष शिक्षण पेसामा बिताउनुभएका उहाँले गाउँ फर्केर व्यावसायिक बाख्रापालन थाल्नुभएको हो ।
माधव नेपाल निवास कोटेश्वर पुग्नुभयो देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको छ ।