व्यास नगरपालिकाको नव प्रवर्द्धन व्यवसायी सम्मेलन
तनहुँको व्यास नगरपालिकाले उद्यमशीलता प्रवर्द्धन गरी रोजगारी र आयमा वृद्धि गर्न नव प्रवर्द्धन व्यावसायी सम्मेलन गरेको छ ।
फरार प्रतिवादी पक्राउ
गाई मारेको मुद्दामा फरार एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ च्यानडाँडाका २० वर्षीय हरि नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
कृषि मन्त्री यादवद्वारा साना सिँचाइ आयोजना अनुगमन
लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल यादवले खजुरा गाउँपालिकामा कतार च्यारिटी नेपालको सहयोगमा सञ्चालित साना सिँचाइ आयोजनाहरूको अनुगमन गर्नुभएको छ ।
चीनद्वारा करिब पाँच प्रतिशत आर्थिक वृद्धिको लक्ष्य
चीनले सन् २०२४ मा करिब पाँच प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको मङ्गलबार राष्ट्रिय विधायिकामा छलफलका लागि पेस गरिएको सरकारी कार्यप्रतिवेदनले जनाएको छ ।
प्रदूषित सहरको शीर्ष स्थानमा हनाई
भियतनामको राजधानी हनाईलाई मङ्गलबार प्रदूषणको बाक्लो धुवाँले ढाक्दा अग्ला भवनहरू अस्पष्ट देखिएका थिए भने सहरका करिब ९० लाख मानिसले विषाक्त हावामा सास लिन बाध्य हुनुपरेको थियो ।
सातौँ नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता सुरु
कपिलवस्तु नगरपालिकामा सातौँ नगर स्तरीय मेयर कप प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले गर्नुभएको हो ।
हाइटीमा घातक हिंसापछि राष्ट्रसङ्घीय प्रमुखद्वारा ‘गहिरो चिन्ता’ व्यक्त
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सप्ताहन्तमा भएको घातक हिंसापछि हाइटीको राजधानी पोर्ट–अ–प्रिन्समा बिग्रँदो सुरक्षा अवस्थालाई लिएर गहिरो चिन्ता व्यक्त गर्नुभएको उहाँको मुख्य प्रवक्ताले सोमबार बताउनुभएको छ ।
सामाजिक सद्भावका लागि समुदायमा अन्तरक्रिया कार्यक्रम
धर्मका नाममा हुने विभेद र वैमनस्य अन्त्य गर्न यहाँको प्रदेश सुरक्षा प्रशासनले समुदायमा अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ ।
गाउँपालिका अध्यक्षसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईँसहित आठ जनाविरुद्ध दश लाख २९ हजार ३२५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
आयोजना प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सघन सहरी तथा भवन निर्माण कार्यालय, राजविराजका तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर सचिन्द्रकुमार देवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
लुम्बिनी प्रदेशमा दोस्रो कपिलवस्तु अस्पताल
जिल्लाको सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पताल न्यूनतम सेवा मापदण्डमा लुम्बिनी प्रदेशमा दोस्रो बनेको छ । अस्पतालले कुल ९४ अङ्क हासिल गर्दै प्रदेशमा दोस्रो बनेको हो ।
गाजामा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ३० हजार ५३४ पुग्यो
जारी इजरायली आक्रमणबाट गाजापट्टीमा प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ३० हजार ५३४ पुगेको छ । इजरायली सेनाले गत २४ घण्टामा १२४ प्यालेस्टाइनीको हत्या गरेको बताइएको छ ।
फिदिमका उपभोक्तालाई ५० प्रतिशतमा विद्युतीय चुलो
उपभोक्तालाई सहजताका लागि भन्दै पाँचथरको फिदिम नगरपालिकाले अनुदानमा विद्युतीय चुलो उपलब्ध गराएको छ ।
माओवादी जनयुद्धका सहिद परिवारलाई सम्मान
ताप्लेजुङमा सहिद सप्ताहको अवसरमा सहिद परिवारलाई सम्मान गरिएको छ । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा माओवादी जनयुद्धका सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको हो ।
टी–२० सिरिज : नेपाल फाइनलमा नेदरल्यान्ड्ससँग स्तब्ध
नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग चार विकेटले पराजित भयो ।
कर्णालीमा कांग्रेसका तीन मन्त्रीद्वारा राजीनामा
कर्णाली प्रदेशका तीन मन्त्रीले राजीनामा दिनुभएको छ । मङ्गलबार कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीन मन्त्रीले राजीनामा दिनुभएको हो ।
रैथाने बाली प्रवर्द्धनमा जोड
ताप्लेजुङमा रैथाने बालीको प्रवर्द्धन तथा बजारीकरणमा जोड दिइने भएको छ । किसानको आयआर्जन बढाउनुका साथै बाली संरक्षणका लागि जिल्लामा उत्पादन हुने रैथाने तथा नगदेबालीको प्रवर्द्धन तथा बजारीकरणमा जोड दिइने भएको हो ।
कर्मचारीको स्तरवृद्धि अवैध
लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले स्थानीय तहहरूले गर्ने कर्मचारीहरूको स्तरवृद्धि अवैध भएको बताउनुभएको छ ।
तीन महिनामा १९६ पसलमा अनुगमन
बाँकेमा बजारमा देखिएको बेथिति अन्त गर्न जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहेको बजार अनुगमन समितिले अनुगमनलाई निरन्तर र तीव्र पारेको छ ।
भारतीय प्रधानमन्त्रीद्वारा पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री सरिफलाई बधाई
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार पाकिस्तानी समकक्षी शहबाज सरिफलाई प्रधानमन्त्री पदमा फर्किएकामा बधाई दिनुभएको छ ।
गत वर्ष इरानमा ८३४ लाई मृत्युदण्ड, सन् २०१५ यताकै उच्च
इरानले गत वर्ष कम्तीमा आठ सय ३४ जनालाई मृत्युदण्ड दिएको दुई अधिकार समूहले मङ्गलबार बताएका छन् । इरानमा मृत्युदण्डको सजाय बढ्दै गर्दा उक्त सङ्ख्या सन् २०१५ यताकै उच्च हो ।
तीन गुणामात्र आवेदन भर्ने व्यवस्था गर्न कोरियाको आग्रह
कोरिया भाषा परीक्षाका लागि माग भएभन्दा झण्डै १० गुणाभन्दा बढी कामदारको आवेदन परेपछि आगामी वर्षदेखि माग भएको तीन गुणा मात्र आवेदन भर्ने व्यवस्था गर्न आग्रह गरेको छ । साथै यसवर्षको कोरिया भाषा परीक्षा छिटो सक्न आग्रह समेत गरेको छ ।
सुदूरपश्चिममा माओवादीका तीन मन्त्री बर्खास्त
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (माओवादी केन्द्र) बाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको छ ।
गण्डकी सरकारबाट माओवादीका मन्त्री बर्खास्त
गण्डकी प्रदेश सरकारमा रहेका नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीलाई बर्खास्त गरिएको छ । सोमबार सङ्घमा सत्ता गठबन्धन परिवर्तन भएपछि प्रदेशमा मङ्गलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मङ्गलबार बिहान मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको हो ।