• ३ असार २०८१, सोमबार

कर्णालीमा कांग्रेसका तीन मन्त्रीद्वारा राजीनामा

blog

कर्णालीका तीन मन्त्रीले मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा पत्र पेस गर्नुहुँदै कांग्रेस मन्त्री । तस्बिर : रजनी योगी

रजनी योगी
सुर्खेत, फागुन २२ गते ।
 कर्णाली प्रदेशका तीन मन्त्रीले राजीनामा दिनुभएको छ । मङ्गलबार कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीन मन्त्रीले राजीनामा दिनुभएको हो ।

कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह, सामाजिक विकास मन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बिसी संयुक्त रूपमा राजीनामा दिनुभएको हो । उहाँले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा पत्र पेस गर्नुभएको हो ।

उहाँहरू गत वैशाखमा मात्रै मन्त्री बन्नुभएको थियो । उहाँहरूले पत्रकार सम्मेलन गरी आफ्नो कार्यप्रगति समेत सार्वजनिक गर्नुभएको छ । सुशासन प्रवर्द्धन गर्नका लागि नयाँ कार्यक्रमको थालनी गरिएको र बजेट खर्च सुधारमा नीतिगत कुरा समावेश गरिएको अर्थमन्त्री वेदराज सिंहले जानकारी दिनुभयो ।