शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, जेठ ४ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एक दिवसीय क्रिकेटमा कीर्तिमान कायम गर्नुभएको छ ।
एक दिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अस्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गर्नुभएको हो ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्यान्डविरुद्धको खेलमा सन्दीपले तीन विकेट लिएपछि उक्त कीर्तिमानलाई तोड्नुभएको हो ।
स्कटल्यान्डविरुद्धको खेलमा सन्दीपले आज जर्ज मुन्सी, ब्रान्डन मकमलेन र म्याथ्यु क्रसको विकेट लिनुभएको थियो । सन्दीपले एक दिवसीय ७३ खेलमा १५० विकेट लिन सफल हुनुभयो । स्टार्कले यो उपलब्धि ७७ खेलमा पूरा गरेका थिए । रासस