• १५ असार २०८१, शनिबार

सुदूरपश्चिममा माओवादीका तीन मन्त्री बर्खास्त

blog

अविनाश चौधरी

धनगढी, फागुन २२ गते । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (माओवादी केन्द्र) बाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको छ । मुख्यमन्त्रीले सामाजिक विकास मन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गर्नुभएको हो । 

सङ्घमा माओवादीले नेकपा (एमाले) सहितका दलहरूसँग नयाँ गठबन्धन गरेकाले माओवादीबाट सरकारमा रहेका मन्त्रीहरूलाई बर्खास्त गरेको मुख्यमन्त्री कमलबहादुर शाहले आज पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएको छ । मन्त्री बर्खास्त गरेर उहाँले दुवै मन्त्रालयको जिम्मेवारी आफैले लिनुभएको छ । 

सुदूरपश्चिममा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) सहितको संयुक्त सरकार बनेको थियो ।