काठमाडौँ, वैशाख २२ गते । इङ्लिस प्रियिमर लिग च्याम्पियन बनिसकेको लिभरपुल चेल्सीसँग पराजित भएको छ ।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा चेल्सीले लिभरपुललाई ३–१ गोलले हरायो । जितसँगै चेल्सीले शीर्ष चारमा रहेर युरोपियन च्याम्पियन्स लिगमा छनोटको सम्भावना कायम राखेको छ ।
चेल्सीलाई जिताउन इन्जो फर्नान्डेज र कोल पाल्मरले गोल गर्नुभयो । लिभरपुलका भर्जिल भानडाइकले सान्त्वना गोल फर्काउनुभयो । चेल्सीले तेस्रो मिनेटमै फर्नान्डेजको गोलमा अग्रता लिएको थियो । ५६औँ मिनेटमा लिभरपुलका जारेल अमोरिन क्वान्साहको आतमघाती गोलले चेल्सीको अग्रता दोब्बर बन्यो ।
त्यसपछि भान डाइकले ८५औँ मिनेटमा गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने प्रयास गर्नुभयो । तर इन्जुरी समयमा पाल्मरले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई जिताउनुभयो । जितसँगै ३५ खेलमा ६३ अङ्कका साथ पाँचौँ स्थानमा छ । पराजित लिभरपुलले समान खेलबाट ८२ अङ्क बनाएको छ । एजेन्सी