‘प्रकोपमा पहिलो उद्धारकर्ता आफैँ हुन्छ’
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले प्रकोपमा पहिलो उद्धारकर्ता आफैँ हुने बताउनुभएको छ ।
मधेश सरकार स्थिर बनाउन जसपाको आवश्यकता : अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश सरकारलाई स्थिर बनाउन जसपा नेतृत्व सरकारको आवश्यकता रहेको बताउनुभयो ।
महुलीमा बाँध पुनर्निर्माणको काम तीव्र
सप्तरीको महुली नदीमा कटान गरिएको बाँध पुनर्निर्माण तथा मर्मत सम्भार कार्य तीव्र गतिमा भइरहेको छ ।
गत आर्थिक वर्षमा पाँच खर्ब ३१ अर्ब आन्तरिक राजस्व सङ्कलन
सरकारले गत आर्थिक वर्ष २०८०/०८१मा ५ खर्ब ३१ अर्ब रुपियाँ आन्तरिक राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा ६ खर्ब ७७ अर्ब रुपियाँ आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न सकेन । गत वर्ष लक्ष्यभन्दा एक खर्ब ४६ अर्ब रुपियाँ कम राजस्व सङ्कलन भएको हो ।
दाङमा संघको २८ र प्रदेशको ३० प्रतिशत बजेट फिर्ता
दाङमा संघीय सरकारबाट आर्थिक वर्ष २०८०-०८१ मा आएको पुँजीगत बजेटमध्ये २८.७७ प्रतिशत र प्रदेशको ३०.४८ प्रतिशत बजेट फिर्ता भएको छ ।
लक्ष्यभन्दा झण्डै पाँच अर्ब कम राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय दमौलीले गत आर्थिक वर्ष २०८०-०८१ मा लक्ष्यको ७६.५ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।
युरो कपमा इंग्ल्याण्डलाई हराएको स्पेनले मनायो विजयी उत्सव
स्पेनको राष्ट्रिय टोलीले युरोपियन च्याम्पियनसिपमा आफ्नो विजयको उत्सव मनाएको छ । गत आइतबार राती बर्लिनमा भएको खेलमा इङ्ल्याण्डलाई २–१ ले हराएर प्रतियोगितामा सात वटै खेल जितेको टोली म्याड्रिडको बराजास विमानस्थलमा पुगेको थियो ।
एकल महिलाको प्रश्न– “के एक्लो महिलाको अस्तित्व हुँदैन ”
“भाँडै माझ्न परे पनि गर्छु, काम दिनुपर्याे हजुर”, काखमा दूधे बालक बोकेर जुनु तामाङले होटलका साहुसँग रोजगारीको अपिल गरिरहनुभएको थियो । साहुले जवाफमा भन्नुभयो, “बच्चा बोकेर कसरी भाँडा माझ्छौ रु” दिनभरि चार ठाउँ होटल चहार्दा समेत उहाँलाई काम पाउन गाह्रो भयो ।
जनप्रतिनिधि बुद्धिवीरको लोभलाग्दो तरकारी खेती
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ हिस्तानका वडा सदस्य बुद्धिवीर पुन सामाजिक कार्यसँगै कृषि पेशामा सक्रिय हुनुहुन्छ । विदेशबाट फर्किएर विगत १५ वर्षदेखि हिस्तान टिकोट गाउँका पुनले व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ ।
सामुदायिक विद्यालयका बालकक्षा व्यवस्थित बन्दै
सिन्धुली जिल्लामा पछिल्लो समयमा सामुदायिक विद्यालयमा सञ्चालित बालकक्षा व्यवस्थित बन्दै गएका छन् ।
डेङ्गीको आशङ्का लागेमा ११८० मा फोन गर्न कामपाको आग्रह
काठमाडौँ महानगरपालिकाले डेङ्गी लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो ।
ताप्लेजुङमा १८ करोड ८७ लाख राजस्व सङ्कलन
ताप्लेजुङमा आर्थिक वर्ष २०८०-८१ मा झण्डै उन्नाइस करोड रुपियाँ राजस्व सङ्कलन भएको छ ।
अस्ट्रेलियामा बेरोजगारी दर वृद्वि
अस्ट्रेलियाको बेरोजगारी दर जुन महिनामा बढेर ४.१ प्रतिशत पुगेको छ । यस अघि मे महिनामा बेरोजगारी दर ४.० प्रतिशत रहेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम बलको तथ्याङ्कले देखाएको छ ।
सर्पदंशका बिरामी बढे
पछिल्लो समय नेपालगन्जस्थित भेरी अस्पतालमा सर्पदंश बिरामीहरु बढेका छन् ।
बाढीपहिरोबाट प्रभावित परिवारलाई टेन्ट र खाद्यन्नको समस्या
रुकुमपश्चिममा बाढीपहिरो तथा मनसुनजन्य विपदबाट प्रभावित परिवारहरुलाई तत्कालको व्यवस्थापनमा राहत सामग्रीको अभाव भएको छ ।
इजराइली बमबारीबाट गाजामा नौ प्यालेस्टिनीको मृत्यु, दर्जनौँ घाइते
गाजा शहरमा विस्थापितहरूको एक विद्यालयको आवासको गेटमा भएको इजराइली बमबारीमा कम्तीमा नौ प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतहरूले जनाएका छन् ।
गण्डकी प्रदेश : सरकार पुनगर्ठनमा सहमति खोजिँदै
प्रमुख दुई दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचमा नयाँ सत्तासमीकरणका लागि भएको सहमतिअनुसार सङ्घीय सरकार गठन भइसक्दा पनि गण्डकी प्रदेशमा नयाँ सरकार गठनबारे छलफल नै सुरु भएको छैन ।
विद्यार्थीले मृत सहपाठीप्रति शोक मनाउँदै गर्दा बङ्गलादेशी प्रधानमन्त्रीद्वारा सजाय दिने वाचा
बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले बुधबार निजामती सेवा भर्ती नियमको विरोधमा जारी विद्यार्थी आन्दोलनमा छ जनाको हत्याका लागि जिम्मेबार व्यक्तिहरूलाई सजाय दिने वाचा गर्नुभएको छ ।
भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन गर्ने पक्राउ
भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका–३ ठेगाना भएका ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्र कुमार अधिकारी रहेका छन् ।
गुडिरहेको बसबाट निस्केको धुवाँको मुस्लो
भक्तपुरबाट काठमाडौँतर्फ आइरहेको प्रदेश ३ ०१ ००५-ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट निस्केको धुँवाको मुस्लो ।
खोलाले बगाउँदा एक जनाको मृत्यु
रुकुम पश्चिमको आठबिसकोटमा खोलाले बगाउँदा एक जना मृत्यु भएको छ । जिल्लाको आठविसकोट नगरपालिका –१२ निवासी ५५ वर्षीय चन्द्रे पुनलाई बिहीबार बिहान १० बजे खोलाले बगाउँदा मृत्यु भएको हो ।
वर्तमान गठबन्धन सरकारको भविष्य सुरक्षित : नेता निधि
नेपाली कांग्रेसका केन्दीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद विमलेन्द्र निधिले वर्तमान गठबन्धनको भविष्य सुरक्षित रहेको बताउनुभयो ।
शुक्लाफाँटा नगरपालिकामा आज शोक बिदा
कर्मचारीको निधन भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले बिहीबार नगरपालिकामा शोक बिदा दिएको छ । नगरपालिकामा कार्यरत अधिकृत रुद्रबहादुर ओलीको निधन भएपछि शुक्लाफाँटाले शोक बिदा दिएको हो ।
तीन सयले घट्यो सुनको मूल्य
बुधबार प्रतितोला एक लाख ४९ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ । बुधबार सनुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो ।