घरको छानोबाट हट्यो खर
तीनपाटन गाउँपालिका–५ निवासी लीलामाया भुजेलको खरले छाएको घरको छानो यतिखेर रातो जस्तापाताले टल्किएको छ । बर्सौंदेखि खरले छाएको घरमा बस्दै आउनुभएको विपन्न वर्गकी लीलामाया घरको छानो रङ्गीन जस्तापाता टल्किँदा मक्ख पर्नुभएको छ ।
मेलम्चीको पानी बाह्रै महिना वितरण गर्न निर्देशन
खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा बाह्रै महिना मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउन सम्बन्धित निकायका कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले जनताको गुनासोलाई
प्रमसँग प्रश्नोत्तर साउन ७ मा
प्रतिनिधि सभामा साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ । सभामुख देवराज घिमिरे तथा राजनीतिक दलका मुख्य/प्रमुख सचेतकबिचको छलफलमा प्रश्नोत्तर साउन ७ गर्ने गरी सभाको क्यालेन्डरमा समझदारी भएको छ । सभामा यसअघिको सूचना अनुसारै प्रश्नोत्तर गर्न लागिएको हो ।
सङ्गीत सुनेर पग्रिन्छन् गाई
संस्कृतमा एउटा श्लोक छ– साहित्य सङ्गीत कलाविहीनः साक्षात्पशुः पुच्छविषाणहीनः । तृणं न खादन्नपि जीवमानस्तद्भागधेयं परमं पशूनाम् ।।
भीरबाट लडेर एकको मृत्यु
घाँस काट्ने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बेनी नगरपालिका १,उपल्लाचौरका ५५ वर्षीय भीमबहादुर थापाको बिहीवार बिहान सोही वडाको ठुलोरानी सामुदायिक वनको चिलाउनेबोट भीरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
सिमलताल घटना : थप २ को शव फेला
चितवनको सिमलतालमा पहिरोमा परी वेपत्ता भएका यात्रुहरुमध्ये विहीबार थप २ जनाको शव फेला परेको छ । चितवनको भरतपुर महानगरपालिका २६ सिसुवारमा १ जना पुरुष र नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणी व्यारेज पुलमा एक जना महिला गरी २ जनाको शव फेला परेको हो ।
देश अप्ठेरोमा पर्दा काँग्रेस एमाले एक ठाउँमा : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र व्यवस्था अप्ठेरोमा पर्दा कांग्रेस–एमाले शक्ति एक ठाउँमा उभिएको बताउनुभएको छ । बिहीबार मन्त्रालयमा लमजुङका नेता कार्यकर्ताको बधाई तथा शुभकामना ग्रहण गर्दै मन्त्री गुरुङले सो कुरा बताउनुभएको हो ।
मधेश प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुद्वारा शपथ
मधेश प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । मधेश सरकारमा सहभागी नेपाली कांग्रेस र लोसपाका नवनियुक्त मन्त्रीले बिहीबार साँझ शपथ लिएका हुन् । कांग्रेसका चार र लोकतान्त्रिक समाजवादी पार्टीका एकसहित पाँच मन्त्रीहरुले शपथ लिएका छन् ।
बङ्गलादेशमा प्रदर्शनकारीले टेलिभिजनमा आगो लगाए
प्रदर्शनकारीले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका छन् । आगजनीबाट ‘धेरै मानिस’ कार्यालयभित्र फसेको नेटवर्कले बताएको छ ।
खेलकुद क्षेत्रकाे विकासमा मिलेर काम गर्ने
नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले टिम भावनका साथ अगाडि बढ्ने बताउनु भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष समेत रहनु भएका खेलकुद मन्त्री चौधरीले उहाँको सम्मानमा राखेपले बिहीबार आयोजना गरेको स्वागत तथा बधाइ कार्यक्रम यस्तो विचार राख्नु भएको हो ।
प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा रिमाल र विकास सल्लाहकारमा खतिवडा नियुक्त
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाललाई नियुक्त गरेको हो ।
टयाक्टर दुर्घटनामा दुई दर्जन बढी घाइते
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकामा ताजिया मेला भर्न जाँदै गरेको बेला टयाक्टर दुर्घटना हुँदा दुई दर्जन भन्दा बढी घाइते भएका छन्। घाइते मध्ये एक जनालाई थप उपचारको लागि जनकपुर रेफर गरिएको छ।
श्रीमती र छोरी मिलेर हत्या
सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, श्रीनगर आले टोलमा श्रीमती र छोरी मिलेर एक पुरुषको हत्या गरेका छन्।
बागमतीमा राप्रपाले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत नदिने भएको छ । मुख्यमन्त्री जम्कट्टेलले यही साउन ६ गते बागमती प्रदेश सभाबाट विश्वासको मत लिने हुनुभएको छ ।
विपदबाट आजसम्म एक सय २५ जनाको मृत्यु
अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपदमा परी आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने लोसपाको निर्णय
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठक सुरु
मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार साँझ ५ः३० बजेबाट बैठक सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
आयोगसहितको टोली बाल सुधारगृहको अनुगमनमा
पटक-पटक आपसमा झडप र विवाद हुँदै आएको बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा बिहीबार राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापा नेतृत्वको अधिकारकर्मी सहितको टोलीले स्थलगत अनुगमन गरेका छन् ।
खेल क्षेत्रका विकृति र विसङ्गतिलाई अन्त्य गर्ने खेलकुदमन्त्रीको प्रतिबद्धता
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रका विकृति र विसङ्गतिलाई अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ । बिहीबार राष्ट्रिय खेलकुद परिषद्ले गरेको बधाई कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।
समलिङ्गी दम्पतीका लागि वैवाहिक बिमासम्बन्धी अधिकार सुनिश्चित
दक्षिण कोरियाको सर्वोच्च अदालतले बिहीबार समलिङ्गी जोडीहरूको नयाँ अधिकारलाई मान्यता दिँदै राज्यले समलिङ्गी दम्पतीहरूलाई स्वास्थ्य बिमा उपलब्ध गराउनुपर्ने ऐतिहासिक फैसला सुनाएको छ ।
देश कसले चलाएको रहेछ भन्नेकुरा राम्रोसँग थाहा पायौँ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश कसले चलाउँछ भन्नेकुरा राम्रोसँग जानकारी मिलेको बताउनुभएको छ।
जापान पठाइदिन्छु भन्दै ८० लाख ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारका लागि जापानमा पठाइदिन्छु भनी ८० लाख ठगी गर्ने तनहुँकी एक महिला पक्राउ परेकी छन् । व्यास नगरपालिका–१२ गोल्ला निवासी ३८ वर्षीय मनुमाया थापा पक्राउ परेकी हुन् ।
हरिवंश र दयाहाङलाई एक ठाउँ ल्याउने ‘भूठान’
नेपालीमा ‘भूठान’ र अङ्ग्रेजीमा ‘द वर्ल्डस ह्याप्पिएस्ट म्यान’ नाम रहेको चलचित्र पोस्टप्रोडक्सनको काम अन्तिम चरणमा छ। चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य र कलाकार दयाहाङ राई छन्। कलाकार पूजा चन्द, ऋचा घिमिरेले पनि अभिनय गरेका छन्।
संसद्का आगामी कार्यक्रमबारे प्रमुख सचेतकसँग सभामुखको छलफल
सभामुख देवराज घिमिरेले संसद्का आगामी कार्यक्रमबारे संसद्का राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ ।