शुक्लाफाँटा नगरपालिकामा आज शोक बिदा
कर्मचारीको निधन भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले बिहीबार नगरपालिकामा शोक बिदा दिएको छ । नगरपालिकामा कार्यरत अधिकृत रुद्रबहादुर ओलीको निधन भएपछि शुक्लाफाँटाले शोक बिदा दिएको हो ।
तीन सयले घट्यो सुनको मूल्य
बुधबार प्रतितोला एक लाख ४९ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ । बुधबार सनुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो ।
व्यावसायिक बङ्गुरपालनबाट आकर्षक आम्दानी गर्दै सुगम
यहाँका केही युवाले व्यावसायिक रूपमा पशुपालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन् । पौवादुङमा गाउँपालिका–६ ठुलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राई ती युवामध्येका एक हुनुहुन्छ । उहाँ व्यावसायिक बङ्गुरपालन र फलफूलखेतीमा जुट्नुभएको छ ।
आइसिसी डिजिटल अवार्ड पाएकोमा प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन
यस वर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले पाएको छ । इन्टरनेसनल क्रिकेट काउन्सिलले सो घोषणा गरेको हो ।
उत्पादनमा आधारित अनुदानले दूध उत्पादन बढ्यो
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई रु १६ लाख ५७ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले गत आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो ।
करेन्ट लागेर महिलाको मृत्यु
कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार घरमा पोछा लगाउनेक्रममा लम्कीचुहा नगरपालिका –२ बघनियाका ४० वर्षीया लक्ष्मी जैसीको ज्यान गएको हो ।
मोटरसाइकल र अटो ठोक्किँदा दुई घाइते
पूर्वी चितवनको रत्ननगर नगरपालिका –७ घण्टाघरमा गएराति मोटरसाइकल र अटो एकापसमा ठोक्किदा दुई जना घाइते भएका छन् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा ७७ जनाको मृत्यु
प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा गत आर्थिक वर्षमा ७७ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीबाट मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
चीन–नेपाल रणनीतिक साझेदारीमा नयाँ प्रगति गर्न इच्छुक
प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री ली छ्याङले बधाई तथा शुभकामना सन्देश पठाउनुभएको छ ।
पोखरी बन्यो राष्ट्रिय सभा गृह
भृकुटीमण्डप स्थित राष्ट्रिय सभा गृह जलमग्न भएको छ । बिहीबार बिहान परेको पानी निकास हुन नसक्दा सभा गृह क्षेत्र जलमग्न भएको जनाएको छ ।
‘धनुषा र महोत्तरीमा मल अभाव छैन’
धनुषा तथा महोत्तरीमा रासायनिक मल अभाव नरहेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।
विकासमा छिमेकी मोडेल
भुटानको विकास मोडेल, जसलाई ग्रस नेसनल ह्याप्पिनेस (जिएनएच) भनिन्छ । यो विश्वसमुदायकै ध्यानार्कषण गर्ने एक सबल माध्यम हो । दिगो विकास, सांस्कृतिक संरक्षण, वातावरण संरक्षण र सुशासन जिएनएचका मुख्य विषय हुन् । भुटानले कम्तीमा ६० प्रतिशत वन क्षेत्र कायम राख्ने र कार्बन नेगेटिभ हुने प्रतिबद्धता पनि गरेको छ ।
रोक्न सकिन्छ युवा पलायन
नयाँ पुस्ता स्वदेशमा बस्न नचाहनु वा विदेशमा उच्च शिक्षा हासिलपश्चात् फर्कन नचाहनुमा नेपालको राजनीतिक वातावरण, कर्मचारीतन्त्र, सामाजिक तथा सांस्कृतिक मूल्यमान्यता मूल रूपमा दोषी रहेको छ ।
आन्तरिक पर्यटनबाटै क्व्होलासोथारको समृद्धि
लमजुङको क्व्होलासोथार गाउँपालिकाको उत्तर र पूर्वमा मस्र्याङ्दी गाउँपालिका, पश्चिममा कास्की, दक्षिणपूर्वमा बेँसीसहर नगरपालिका र दक्षिणपश्चिममा मध्यनेपाल नगरपालिका पर्दछन् । साबिकको बाग्लुङपानी गाविसका वडा
विपतमा लत्पतिएका विम्ब
प्राकृतिक विपत् रोक्न वा छेक्न त सकिँदैन तर सरकारले दूरगामी नीति र स्पष्ट दृष्टि राखेर त्यसबाट हुने क्षति न्यूनीकरण भने गर्न सक्छ तर क्षति न्यूनीकरणका लागि भइरहेका प्रयास हेर्दा दुःख लाग्छ । पछिल्ला विपत्का ताजा दृश्य हेर्दा हरेक नेपालीको मन रुन्छ, जुन हामीले हरेक बर्खा मौसममा देखिरहेका हुन्छौँ, भोगिरहेका हुन्छौँ ।
गोरखा–आरुघाट सडक अवरुद्ध
गोरखाको बेनिघाट–आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको छ । भीमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि सो सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको भीमसेन थापा गाउँपालिका–७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
आलु प्रवर्द्धन कार्यक्रमले दुई हजार सात सय क्षेत्र विस्तार
केन्द्रले ६७ वटा कृषि समूह तथा सहकारीमार्फत धेरै किसान लाभान्वित हुनेगरी आलुखेती विस्तार तथा प्रवर्द्धन गरेको छ । ज्ञान केन्द्रको सबैभन्दा ठूलो कार्यक्रमअन्तर्गत रु तीन करोड ६० लाख बजेटबाट आलुखेती विस्तार थालेको थियो । आलुको उत्पादनदेखि बजारीकरणसम्मका लागि अनुदान दिइएको केन्द्रले जनाएको छ ।
किरिबाटीसँग कूटनीतिक सम्बन्ध स्थापना
प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरिबाटीसँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ । यो सँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको सङ्ख्या एक सय ८३ पुगेको छ ।
भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप
लाखेजात्रा सञ्चालन समितिको आयोजना हुने उक्त प्रतियोगितामा देशका ‘ए’ डिभिजन क्लबलाई आमन्त्रण गर्ने निर्णय भएको समितिका अध्यक्ष देवराज गुरुङले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो ।
टीकापुर अस्पतालले थाल्यो ‘डाइलिसिस’ सेवा
लामो प्रतीक्षापछि टीकापुर अस्पतालमा ‘हेमोडाइलिसिस’ सेवा सुरु भएको छ । अस्पतालमा गएको असार ३१ गतेदेखि सेवा सुरु भएको हो ।
वर्षाले करोडौँको क्षति
यसै साताको आइतबार र सोमबार परेको अविरल वर्षाले बर्दीबासका विभिन्न वडामा करोडौँ मूल्य बराबरको क्षति पु-याएको छ । बाढी वर्षाले सयौँ बिघा जग्गा र घरमा क्षति पु-याएको छ भने ठाउँ ठाउँमा सडक कटान गर्नाले आवागमन असहज बनाएको छ ।
ट्याक्टर दुर्घटनामा तामाङको मृत्यु
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मैवाखोला गाउँपालिका–२ ढुङ्गे साँघुका स्थानीय ३५ वर्षीय भीमकुमार तामाङको दुर्घटनामा परी मृत्यु भएको हो ।