विज्ञान प्रयोगशालाले विद्यार्थी उत्साहित
महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा रहेको राष्ट्रिय जनता आधारभूत विद्यालय शिवनगरमा विज्ञान प्रयोगशाला निर्माणले विद्यालयमा अध्ययनरत विद्यार्थी उत्साहित भएका छन् ।
संविधानले निर्धारण गरेको दायराअनुसार काम गर्छु : महान्यायाधिवक्ता बडाल
महान्यायाधिवक्ता रमेश बडालले संविधानले निर्धारण गरेको दायराअनुसार काम गर्ने बताउनुभएको छ । बिहीबार महान्यायाधिवक्ताको पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
राष्ट्रिय दायित्व पूरा गर्न उद्योगमा लगानी वृद्धि आवश्यक : उद्योगमन्त्री भण्डारी
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको राष्ट्रिय दायित्वलाई पूरा गर्न उद्योगमा लगानी वृद्धि गरी सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
दुई वर्ष ओली र बाँकी कार्यकाल देउवा प्रधानमन्त्री बन्ने सहमति छ : मन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाँकी कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको बताउनुभएको छ ।
गुल्मीमा ७१ प्रतिशत रोपाइँ सम्पन्न
गुल्मीमा हालसम्म ७१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सवको तयारी
ताप्लेजुङमा तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सवको तयारी गरिएको छ। जिल्लाको मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोलामा आउँदा साउन २५ देखि २८ गतेसम्म आयोजना गर्ने गरी तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव–२०८१ को तयारी गरिएको हो।
रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँ छ : मन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशका रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरू भएको बताउनुभएको छ ।
घोडाघोडीका मिश्र त्रिवि टपर
कैलालीको गोविन्द मिश्रले स्नातक तह दोस्रो वर्षको परीक्षामा सर्वोत्कृष्ट अङ्क प्राप्त गरी नेपाल टप गर्नु भएको छ ।
घोराहीमा ३४ करोड बढी राजस्व सङ्कलन
दाङको घोराही उप महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ३४ करोड बढी राजस्व सङ्कलन गरेको छ। उपमहानगरपालिकाले एक वर्षमा ३६ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको लक्ष्यभन्दा कम ३४ करोड ६८ लाख रुपियाँ राजस्व सङ्कलन गरेको हो।
उपप्रधानमन्त्री सिंह र चिनियाँ राजदूत सङबिच भेट
उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि चिनियाँ राजदूत चेन सङबिच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारमा उपप्रधानमन्त्री सिंह र राजदूतसँगबिच भेटवार्ता भएको हो ।
चुरोटमा प्रयोग हुने पदार्थको उत्पादन आयात र प्रयोगमा रोक लगाउन सरकारलाई निर्देशन
चुरोटमा प्रयोग हुने पदार्थहरूको उत्पादन आयात तथा प्रयोगमा रोक लगाउन सरकारलाई उद्योग समितिले निर्देशन दिएको छ ।
नेपालगन्जमा चार सयलाई खोज र उद्धारको तालिम
विपद् व्यवस्थापनका लागि नेपालगन्जमा सामुदायिक आपत्कालीन प्रति कार्य टोली निर्माण गरेर चार सय जना स्वयंसेवकलाई खोज तथा उद्धार प्राथमिक उपचार र आगलागी नियन्त्रण सम्बन्धी तालिम दिइएको छ।
अहिलेको चुनौती निराशा चिर्ने, आशा जगाउने हो : अर्थमन्त्री
उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले अहिलेको मुख्य चुनौती निजी क्षेत्रको आत्मबल बढाउनुरहेको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरूसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।
महान्यायाधिवक्ता बडालद्वारा शपथ ग्रहण
बिहीबार राष्ट्रपति निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको समुपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले डा. बडाललाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।
सिमलताल दुर्घटना: चालकका छोराछोरीको पठनपाठनको जिम्मा वीरगन्ज महानगरपालिकाले लिने
सिमलताल दुर्घटनामा ज्यान गुमाउनुभएका बसका चालक जाहिर महतोका दुई छोराछोरीको पठनपाठनको जिम्मेवारी वीरगन्ज महानगरपालिकाले लिने भएको छ।
शीतभण्डारमा करोडौँ लगानी खेर
पाँच वर्षअघि मधेश प्रदेश सरकारले शीतभण्डारको लागि अनुदानमा दिएको रकमको प्रतिफल आउने आशा मेटिँदै गएको छ । प्रदेश सरकारले शीतभण्डार निर्माणको लागि दिएको अनुदानको रकम सकिएको छ ।
मधेश सरकारमा कांग्रेसबाट चार मन्त्रीको नाम सिफारिस
मधेश प्रदेश सरकारमा नेपाली कांग्रेसबाट चार जनालाई मन्त्रिपरिषदमा सहभागी गराउन नाम सिफारिस गरिएको छ ।
प्राकृतिक जीवाणु मलको माग बढ्यो
बिर्तामोड नगरपालिका–२ चैतुबारीमा हाई हिमालयन अर्गानिक प्रालिले उत्पादन गरेको जीवाणु मलको माग बढ्न थालेको छ । प्रालिले थ्री स्टार ब्रान्डका चार प्रकारका प्राकृतिक जैविक मल उत्पादन गरिरहेको छ ।
नयाँ फोटो टाँस्नका लागि सरकार बनाएका होइनौँ : उपप्रधानमन्त्री पौडेल
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूहरू फोटो टाँस्नका लागि मात्रै सरकार नबनाएको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरूसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
बैंककको होटलमा ६ जना विदेशी मृत फेला
बैंकक शहरको एउटा होटलमा ६ जना विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् ।
अस्पतालको झ्यालबाट खसेका बिरामीको मृत्यु
यहाँस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचाररत एक बिरामी तीन तलाको झ्यालबाट खस्दा मृत्यु भएको छ । नवलपरासीको हुक्सेकोट गाउँपालिका–२ का ७६ वर्षिय बलबहादुर खाम्चा मगरको मृत्यु भएको हो ।
देशको अहिलेको अवस्था बदल्नुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अहिलेको अवस्था बदल्नुपर्ने बताउनुभएको छ ।
गाजापट्टीमा रोगको सङ्क्रमण रोक्न सङ्घर्ष : युएनआरडब्लुए
प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए)ले बुधबार गाजापट्टीमा विस्थापित मानिसहरूमा रोगको सङ्क्रमण रोक्न सङ्घर्ष गरिरहेको बताएको छ ।
बेनी-दरबाङ सडक अवरुद्ध, यात्रुलाई सास्ती
म्याग्दीको मुख्य बेनी–दरबाङ सडकमा एक सातादेखि सिधा यातायात अवरुद्ध भएको छ ।