• २३ भदौ २०८१, आइतबार

एमबिबिएसको सिट सङ्ख्या निर्धारण

blog

काठमाडौँ, भदौ २३ गते । चिकित्सा शिक्षा आयोगले यो वर्षको चिकित्सा शिक्षातर्फ स्नातक तहका लागि विभिन्न कलेज तथा प्रतिष्ठानहरूको सिट सङ्ख्या निर्धारण गरेको छ ।

 आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले आयोगले स्नातक तहका लागि विभिन्न विषयमा आठ हजार ७० वटा सिट निर्धारण गरेको जानकारी दिनुभयो । 

उहाँले यो वर्ष एमबिबिएसका लागि थप चार वटा स्वास्थ्य संस्थाले सम्बन्धन पाएको जानकारी दिँदै ती संस्थालाई ५०/५० वटाका दरले सिट तोकिएको बताउनुभयो । झाका अनुसार थप भएका कलेजमा तीन वटा सरकारी प्रतिष्ठान र एउटा निजी कलेज छ । 

सरकारीमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् । यस्तै निजीतर्फ बी एन्ड सी मेडिकल कलेजले सिट पाएको छ । 

उहाँले एमबिबिएसमा सबै कलेजमा गरेर दुई हजार १४० वटा सिट निर्धारण भएको बताउनुभयो । उहाँले बिपिएचमा ६७०, बिएनएसमा ९८०, बिडिएसमा ५७५, बिएस्सी नर्सिङका लागि १९९० सिट निर्धारण भएको जानकारी दिनुभयो ।