• २२ भदौ २०८१, शनिबार

निजामति सेवा दिवसमा हाजिरी जवाफ प्रतियोगिता

blog

निजामति सेवा दिवसका अवसरमा ताप्लेजुङमा आयोजित कार्यक्रमका अतिथि।

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ २२ गते। ताप्लेजुङमा निजामति सेवा दिवसको अवसरमा शनिबार हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको छ। दिवसको अवसरमा कर्मचारीकाबिच हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको हो।

कर्मचारी मिलन केन्द्र ताप्लेजुङले आयोजनामा सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा न्याय सेवा समूह तर्फको टोली प्रथम भएको छ। मैवाखोला गाउँपालिकाको टोली द्वितीय र भेटेरिनरी सेवा समूहको टोली तृतीय भएको छ। कर्मचारी मिलन केन्द्र ताप्लेजुङका कोषाध्यक्ष नवराज गिरीका अनुसार प्रतियोगितामा विभिन्न समूह गरी नौ टोलीको सहभागिता रहेको थियो।

प्रतियोगितामा बैङ्क तथा बित्तीय संस्था, सङ्घीय कार्यालय तथा प्रदेश कार्यालय र स्थानीय तह तर्फका कर्मचारीहरुको छुट्टाछुट्टै टोली रहेको थियो। ‘व्यवसायिक र सृजनशील प्रशासन, विकास समृद्धि र सुशासन’ भन्ने नाराका साथ यसवर्षको निजामति सेवा दिवस मनाइएको कर्मचारी मिलन केन्द्रका अध्यक्ष एवम् सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईले जानकारी दिनुभयो।

कार्यक्रममा मिलक केन्द्रका संरक्षक एवम् प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्य, सल्लाहकार दुर्गादल गुल्मका गुल्मपति बिक्रम खड्का, प्रहरी नायव उपरीक्षक रवि रावल, सशस्त्र प्रहरी नायव उपरीक्षक नरेश महर्जन लगायतको उपस्थिति रहेको बताइएको छ।