तीन नाल भरुवा बन्दुक बरामद
रुकुमपश्चिममा तीन नाल बेवारिसे भरुवा बन्दुक बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले बाँफिकोट गाउँपालिका वडा नम्बर १ तासुकाँडाबाट बेवारिसे अवस्थामा रहेका तीन थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ।
सिमलताल घटना : उच्चस्तरीय प्रविधिबाट बेपत्ताको खोजी गर्न कार्यदललाई सुझाव
गत शुक्रबार पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बस र यात्रुको खोजीमा उच्चस्तरीय प्रविधिको प्रयोग गर्न सिमलताल घटना अध्ययन गर्न गृह मन्त्रालयद्वारा गठित कार्यदललाई सुझाव दिइएको छ ।
क्यानले पायो आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड
नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड पाएको छ। आइसिसीले डिजिटल फ्यानको इन्गेजमेन्टको आधारमा क्यानलाई उक्त अवार्ड दिएको हो।
खानेपानीमन्त्री यादव र एडिबीका देशीय निर्देशक अर्नाउडबिच भेट
खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि एसियाली विकास बैङ्क (एडिबी) का देशीय निर्देशक अर्नाउड कौकोइसबिच आज मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।
सहकारीमार्फत अनुदानका यन्त्र उपकरण व्यवस्थापन
गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिका भित्र रहेका ८ वटा वडामा सहकारीमार्फत अनुदानका यन्त्र उपकरण व्यवस्थापन गरिएको छ ।
मुसहर परिवारलाई बिमा रकम
बर्दिबासका एक दलित परिवारले पहिलोपटक बिमा रकम पाएका छन् । बर्दिबास १२ स्थित बिजलपुराकी ६४ वर्षीय मृतक रामरतीदेवी सदाको परिवारले बिमा रकमबापत एक लाख रुपियाँ भुक्तानी पाएको हो ।
दोभानमा बेनी बजार
म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको म्याग्दीको सदरमुकाम र पर्वतको जलजला गाउँपालिकामा पर्ने बेनी बजार ।
उच्च अदालत तुलसीपुर : नेपालगन्ज इजलासद्वारा मुद्दा फछ्र्याैटमा प्रगति
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले आर्थिक वर्ष २०८०/०८१ को साउन महिनादेखि असार मसान्तसम्म दुई हजार ७०९ लगतमध्ये एक हजार ९३४ वटा मुद्दा फछ्र्याैट गरेर वार्षिक लक्ष्यको १०५ प्रतिशत प्रगति हासिल गरेको छ।
चुहावट नियन्त्रण गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विज्ञापन बजारको विस्तार गरी राजस्व वृद्धि गर्नुपर्ने बताउनुभएको छ । बुधबार विज्ञापन बोर्डका गतिविधिबारे जानकारी लिनुहुँदै मन्त्री गुरुङले विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण गर्न निर्देशन दिनुभएको हो ।
भीरबाट लडेर एकको मृत्यु
पाँचथरको हिलिहाङ गाउँपालिका-३ पञ्चमीका सन्तोष कुमार योङहाङको भीरबाट लडेर मृत्यु भएको छ । मङ्गलबार राति ९ बजे हिलिहाङ ३ स्थित भालुखोपको भीरबाट लडेर अचेत अवस्थामा भेटिएका योङहाङको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको हो ।
इजरायलको नयाँ क्षेत्र लक्षित आक्रमण गर्ने हजबुल्लाहको चेतावनी
हजबुल्लाहका नेता हसन नसरूल्लाहले इजरायलले लेबनानमा थप नागरिक लक्षित आक्रमण गरेमा आफ्नो इरान समर्थित समूहले इजरायलको नयाँ क्षेत्र लक्षित आक्रमण गर्ने चेतावनी दिनुभएको छ ।
वीरगञ्ज महानगरले एञ्जल बस चालकका छोराछोरीको अध्ययनको जिम्मेवारी लिने
वीरगञ्ज महानगरपालिकाले सिमलताल पहिरोमा परी हराइरहेका एञ्जल बसका चालक जवाहीर महतोको तीनजना छोराछोरीको अध्ययनको सम्पूर्ण जिम्मेवारी लिने भएको छ ।
विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो काम हो : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो काम भएको बताउनुभएको छ ।
जबरजस्ती नसबन्दी गरिएका पीडितसँग माफी माग्दै जापानी प्रधानमन्त्री
जापानका प्रधानमन्त्रीले बुधबार सन् १९४८ देखि १९९६ को बिचमा यूजेनिक्स कानुनअन्तर्गत हजारौं मानिसहरूलाई जबरजस्ती नसबंदी गरिएकोमा पीडितहरूसँग माफी माग्नुभएको छ ।
ऊर्जामन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ ।
सवारी दुर्घटना : एक वर्षमा ८७ जनाको मृत्यु
जिल्लामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ८७ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षको साउनदेखि गत असरासम्म पाँच सय ९३ सवारी दुर्घटना परी उक्त सङ्ख्यामा मानवीय क्षति भएको हो ।
स्याङ्जा सवारी दुर्घटनाः एक वर्षमा १२ जनाको मृत्यु
जिल्लामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
मालपोत कार्यालयमा राजस्व सङ्कलन
ताप्लेजुङस्थित मालपोत कार्यालयमा गतवर्ष राजस्व सङ्कलन वृद्धि भएको छ। मालपोत कार्यालयले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा राजस्व सङ्कलन वृद्धि गरेको हो।
रसुवामा भूकम्पको धक्का महसुस
रसुवामा बुधबार भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार दिउँसो ३ः२४ मा रसुवाको मान्चेत आसपास केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।
महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ।
सुदूरपश्चिमको पुँजीगत खर्च ६२ प्रतिशत
सुदूरपश्चिम प्रदेशको पुँजीगत बजेट (विकास बजेट) खर्च प्रगति अघिल्लो आर्थिक वर्षकै हाराहारीमा भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ मा ६२.०९ प्रतिशत पुँजीगत बजेट खर्च गरेको हो ।
इजरायली प्रधानमन्त्रीको दबाब बढाउने वाचासँगै गाजामा घातक हमला
प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकाले घोषणा गरेको युद्धविराम योजनाको आशा पछि हमासमाथि दबाब बढाउने वाचा गरेसँगै इजरायलले बुधबार गाजामा पुनः हवाई आक्रमण गर्यो ।
निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको भन्ने गुनासो चाँडै सम्बोधन हुने जानकारी दिनुभयो ।
परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूत सोङ्गको शिष्टाचार भेट
परराष्ट्रमन्त्री डा. आरजु देउवा राणासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।