• २२ भदौ २०८१, शनिबार

गल्याङ ब्लास्टरलाई क्रिकेट उपाधि

blog

उपाधि विजेता गल्याङ ब्लास्टरका खेलाडी । तस्बिर : गोरखापत्र

राधाकृष्ण डुम्रे 

वालिङ, भदौ २२ गते । गल्याङ प्रिमियर टी–२० लिग क्रिकेट (जिपिएल) को उपाधि गल्याङ ब्लास्टरले जितेको छ । शनिबार भएको फाइनलमा गल्याङ ईगल्सलाई पराजित गर्दै ब्लास्टरले उपाधि जितेको हो । 

ईगल्सले बनाएको ९२ रनको सामान्य लक्ष्य ब्लास्टरले १० ओभरमा दुई विकेट गुमाएर भेट्टाएको हो । इगल्स १४ ओभरमा ९२ रन बनाउँदै अलआउट भएको थियो । उपाधिसँगै गल्याङ ब्लास्टरले एक लाख रुपियाँ पायो । उपविजेता गल्याङ ईगल्सले ५० हजार रुपियाँ हात पारेको छ ।

प्रतियोगितामा आठ टिमले भाग लिएका थिए । प्रत्येक टिमले जिल्लाका बाहिरका ३/३ जना खेलाडी समावेश गराइएको थियो । जिल्ला भित्र रहेका क्रिकेट खेलाडीको पहिचान बढाउने र क्रिकेट खेललाई जिल्लामा व्यावसायिक गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।