• २२ भदौ २०८१, शनिबार

धनगढीको नेतुवा तालमा डुबेर एकको मृत्यु

blog

अविनाश चौधरी

धनगढी, भदौ २२ गते । कैलालीको धनगढी उपमहानगरपालिका–३ मा रहेको नेतुवा तालमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिका–८ श्रीपुर बस्ने ३० वर्षका कमल चौधरीको ज्यान गएको हो । मृतकको मानसिक अवस्था कमजोर रहेको दाइ सीतारामबाट थाहा भएको प्रहरीले जनाएको छ । 

तालमा डुबेर व्यक्तिको मृत्यु भएको स्थानीयले खबर गरेपछि घटनास्थलमा पुगेको नेपाल प्रहरी, नगर प्रहरीले शव निकालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो।