कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबिच सहकार्यको प्रतिबद्धता
प्रमुख प्रतिपक्षसहितका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले सङ्घीय संसद्को आउँदो हिउँदे अधिवेशनलाई कानुन निर्माणका हिसाबले अधिकतम उपलब्धिमूलक तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
महिला मृत अवस्थामा फेला
हेटौँडामा एक जना महिला मृत अवस्थामा फेला पर्नुभएको छ । हेटौँडा १ स्वर्गलोकमा महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
वर्तमान सरकार तीन वर्षसम्मै टिक्छ : उपमहासचिव ज्ञवाली
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अहिलेको सरकार ढुक्कसँग तीन वर्षसम्म चल्ने बताउनुभएको छ ।
बृहत् बिजुवार खानेपानीका लागि २३ करोड बजेट सुनिश्चित
प्युठानको बृहत् बिजुवार खानेपानी आयोजना सञ्चालन गर्न अर्थ मन्त्रालयले २३ करोड बजेट सुनिश्चित गरेको छ ।
आदिवासी, जनजाति समुदायका आदिकविको नाम र मूर्ति उपलब्ध गराउन राष्ट्रपतिको आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले आदिवासी, जनजाति समुदायका आदिकविहरूको नाम उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।
त्रिभुवन विश्वविद्यालयको नक्कली शैक्षिक प्रमाणपत्रसहित एक जना पक्राउ
त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरूसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–५ श्रीखण्डपुर बस्ने ४८ वर्षीय विकास श्रेष्ठ रहेका छन् ।
‘राइजिङ’ पदमार्गमा पर्यटकको आकर्षण
अन्नपुर्ण चक्रिय पदमार्गका अधिकांश ठाउँमा मोटरबाटो पुगेसँगै पर्यटकको आकर्षण घट्न थालेपछि पर्यटन व्यावसायीहरूले नयाँ पदमार्गमा पर्यटक लैजान सुरु गरेका छन् ।
युके, अमेरिका र अस्ट्रेलिया पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।
स्वास्थ्य बिमा सुधार कार्ययोजना बनाउन आन्तरिक कार्यदल गठन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनअनुसार सुधार योजना अघि बढाउनुभएको छ ।
शिक्षण अस्पतालले स्थगन गरेको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालनमा
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल(टिचिङ)ले पूर्ण रुपमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
पान्डोराको बक्स
ग्रिकको पौराणिक कथा (मिथक) हरूमा पान्डोराको बक्स (बाकस) लाई सर्वाधिक चर्चित तथा गहिरो अर्थ बोकेको कथाका रूपमा प्रस्तुत गरिन्छ ।
प्राचीन बौद्ध विश्वविद्यालय
बुद्धको जन्म लुम्बिनीमा, बुद्धगयामा बुद्धत्व प्राप्ति, सारनाथमा धर्मचक्र प्रवर्तन र कुशीनगरमा महापरिनिर्वाण भएको थियो ।
स्वास्थ्य बिमा कार्ययोजना
व्यक्ति, परिवार, सङ्घ संस्था तथा समग्र देशलाई आर्थिक सुरक्षा चाहिन्छ ।
बेलायती संसदमा डा. शेखर
राजनीतिमा प्रचुर सम्भावना भएका नेताको मुख्य विशेषतामध्ये एउटा हो जहाँ पनि स्वीकार्य र स्वागतयोग्य ।
कृषिमा आधारित गाउँले परम्परा
विविध जातजाति र भाषाभाषी भएको हाम्रो देश विविध संस्कार, संस्कृति र परम्पराले सुसज्जित रहेको छ ।
लामो सहयात्राको थालनी
जनवरी २० तारिख सोमबार पहिलो पटक नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने सौभाग्य मिल्यो ।
सहकारी अध्यादेश सान्दर्भिक
सरकारले अवलम्बन गरेको तीनखम्बे अर्थनीतिपछि अहिले सहकारीमा देखिएको बेथिति सबैका लागि चिन्ताको विषय भएको छ ।
हिउँदे अधिवेशनबाट अध्यादेश पास हुन्छः सञ्चारमन्त्री गुरुङ
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङले माघ १८ गतेबाट सुरू हुने हिउँदे अधिवेशनबाट अध्यादेश पारित गरेर लागू गरिने बताउनुभएको छ । सोमबार लमजुङको मध्यनेपाल १ जितास्थित सप्तधारा माध्यमिक विद्यालयको ९१ औं बार्षिकउत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरूङले मुलुकको शासन ब्यवस्थामा देखिएको संकट टार्न अध्यादेश ल्याउनुपरेको बताउनुभयो ।
उपविजेता खो खो टोली स्वदेश फर्कियो
पहिलो खो खो विश्वकपमा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोली स्वदेश फर्किएको छ ।
पर्यटन प्रवर्द्धनका लागि हिले-जलजलेमा ‘पर्यटकीय ताल’
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ स्थित हिले जलजले सामुदायिक वनमा ‘पर्यटकीय ताल’ निर्माण गरिएको छ । वन क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बागमती प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयद्वारा विसं २०७९ मङ्सिरमा ताल निर्माण सुरु गरिएको थियो ।
सिङ्गो बस्ती नै शौचालयविहीन
महोत्तरीको मटिहानी नगरपालिकाको वडा नम्बर ४ स्थित मझौरा गाउँको ‘मुसहर’ बस्ती शौचालयविहीन रहेको पाइएको छ । यस बस्तीका दलित मुसहर परिवारहरू शौचका लागि खुला स्थान प्रयोग गर्दै आएका छन् ।
भिजिबिलिटी नपुग्दा नेपालगन्ज विमानस्थल बिहानैबाट बन्द
बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा सोमबार बिहानैदेखि नेपालगन्ज विमानस्थल बन्द रहेको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ ।
अर्थतन्त्रका सूचक समग्रमा राम्रो छ : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सूचकहरु समग्रमा राम्रो रहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
‘अध्ययन सकिएपछि अधिकांश चिकित्सक विदेश जाने योजनामा’
नेपाल मेडिकल काउन्सिलका विदेश जाने चिकित्सकको सङ्ख्या बर्सेनी बढिरहेको अध्ययनले देखाएको छ । चार वर्षको अवधिमा विदेश जाने प्रक्रियामा लाग्ने चिकित्सकको सङ्ख्या २.६७ गुणले बढेको काउन्सिलको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।