दाउन्नेमा राति मालवाहक सवारी सञ्चालनमा रोक
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा तीन दिनसम्म राति ठूला मालवाहक सवारी सञ्चालनमा रोक लगाइएको छ ।
मुक्तिनाथ क्षेत्रमा भारी हिमपात
यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ । आज अपराह्न ४ बजेदेखि मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको हो । मुस्ताङमा कात्तिक १० गतेयता हालसम्म छैटौँपटक हिमपात भएको छ ।
फलेबास-अर्मादी सडक निर्माण
लामो समयदेखि अलपत्र अवस्थामा रहेको उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा पर्ने फलेवास अर्मादी सडकको स्तरोन्नति कार्य सुरु भएको छ ।
हुम्लाको उच्च क्षेत्रमा हिमपात
उत्तरी नाम्खा गाउँपालिका लगायतका जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको छ ।
मोरङका दुई स्थानीय तहमा बर्डफ्लु पुष्टि, संक्रमित पन्छी नष्ट गरिने
मोरङका दुई वटा स्थानीय तहमा व्यावसायिक रूपमा पालिएका पन्छीहरूमा घातक मानिने ‘एच१एन१’ बर्डफ्लु भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
इँटा उद्योगबाट २३ भारतीय कामदारको उद्धार
सप्तरीको डाक्नेश्वरी नगरपालिका स्थित एक इँटा उद्योगबाट २३ जना भारतीय कामदारलाई उद्धार गरिएको छ ।
सरकारी साक्षीविरुद्ध नै भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान र संकलित प्रमाणको प्रतिकूल बकपत्र गरेको अभियोगमा सरकारी साक्षी टकबहादुर घर्तीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा तनाव कम गर्न आह्वान
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इजरायललाई कडा चेतावनी दिँदै मध्यपूर्वमा व्याप्त द्वन्द्वको तुरुन्तै अन्त्य गर्न आग्रह गर्नु भएको छ ।
१५ करोडको लगानीमा दुईतारे होटल सञ्चालनमा
गजेन्द्र गुरुङखजुरा, चैत ६ गते । बाँकेको नेपालगन्जमा नयाँ होटल थपिएको छ ।नेपालगन्जको धम्बोझीमा १५ करोडको लगानीमा नयाँ दुईतारे होटल ‘होटेल कान्तिपुर प्लाजा’ शुक्रबारदेखि सञ्चालनमा आएको हो ।पश्चिम नेपालको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र नेपालगन्जको मुटु धम्बोझी चोकमा अत्याधुनिक सेवासुविधायुक्त ‘होटेल कान्तिपुर प्लाजा’ विधिवत् रूपमा शुक्रबारदेखि सञ्चालनमा ल्याइएको सञ्चालक ऋषिराम कँडेलले जानकारी दिनुभयो । करिब १५ करोड रुपियाँ लगानीमा निर्माण सम्पन्न भई शुक्रबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको उहाँले बताउनुभयो ।नेपालगन्ज आउने व्यावसायिक प्रतिनिधि, आन्तरिक तथा बाह्य पर्यटक एवं विशिष्ट पाहुनालाई स्तरीय आतिथ्य प्रदान गर्ने उद्देश्यले दुईतारे मापदण्डअनुरूप यो होटल तयार गरिएको युवा उद्यमी एवम् सञ्चालक कँडेलले बताउनुभयो ।उहाँका अनुसार होटलमा कुल २७ वटा सुविधासम्पन्न कोठाहरू रहेका छन्, जसमा विलासी अनुभवका लागि दुई वटा विशेष स्वीट रुम उपलब्ध छन् ।सबै कोठाहरूमा एसी र २४सै घण्टा तातोपानीको व्यवस्था हुनुका साथै पाहुनाहरूको सहजताका लागि आठ जना अट्ने अत्याधुनिक लिफ्ट जडान गरिएको छ ।पाहुनाहरूको सुविधालाई मध्यनजर गर्दै ईसेवा लगायतका विभिन्न डिजिटल प्लेटफर्महरूबाट सहजै कोठा बुकिङ गर्न सकिने व्यवस्था मिलाइएको छ ।सभा÷सेमिनारका लागि होटलमा ६० जना क्षमताको आधुनिक सभा हल, ५० जना क्षमताको स्तरीय रेष्टुरेन्ट र ३० सिट क्षमताको कफी क्याफे सञ्चालनमा रहेका सञ्चालक कँडेलले जानकारी दिनुभयो । सवारीसाधनको सुरक्षाका लागि होटलमा सुरक्षित अन्डरग्राउन्ड पार्किङको व्यवस्था गरिएको छ ।नेपालगन्जको मुख्य केन्द्र धम्बोझी चोकमा अवस्थित यस होटलले स्थानीयस्तरमा रोजगारीका अवसरहरू सिर्जना गर्नुका साथै यहाँको आर्थिक र पर्यटकीय गतिविधिमा विशेष टेवा पुर्याउने विश्वास लिएको होटलले जनाएको छ ।
वडावासीका लागि निःशुल्क खानेपानी, एम्बुलेन्स र रगत
हेटौँडा उपमहानगरपालिका का १९ वडामध्ये वडा नम्बर १५ ले नागरिकमैत्री सेवा सुरु गरेको छ।
‘मुस्ताङको विकासका लागि दिनरात खट्छु’
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा हिमालपारिको जिल्ला मुस्ताङबाट नेपाली कांग्रेसका युवा उम्मेदवार योगेश गौचन थकालीले विजय प्राप्त गरी संसद्को यात्रा सुरु गर्नुभयो ।
रोकियो रिङरोडको निर्माण कार्य
जिल्ला सदरमुकाम सिमकोट बजारका लागि सुरु भएको रिङरोडको निर्माण कार्य रोकिएको छ । सिमकोट गाउँपालिका–५ र ६ का स्थानीय जग्गाधनीको विरोधका कारण सुरु भएको रिङरोड निर्माण रोकिएको हो ।
गेटाको विश्वविद्यालय सञ्चालन प्रमुख एजेन्डा
लामो समय शिक्षण, कृषि उद्यम र सामाजिक सेवामा संलग्न खेमराज कोइराला अब सङ्घीय संसद्मा जनताको प्रतिनिधित्व गर्ने जिम्मेवारीमा पुग्नुभएको छ । कोइराला राजनीतिमा नयाँ मानिनुहुन्छ । राजनीतिमा आउनुअघि उहाँ कुनै पनि दलको सक्रिय भूमिकामा हुनुहुन्थेन । कोइरालाको जन्म गौरीगङ्गा नगरपालिका–१, मङ्गलपुरमा २०३३ मा निम्नमध्यम वर्गीय परिवारमा भएको हो ।
सवारी चलाउँदै गर्दा बेहोस भएका चालकको मृत्यु
झापामा यात्रु बोकेको स्कारपियो गाडीका चालक सवारी चलाउँदै गर्दा अचानक बेहोस भई मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–५, सितापुरी चोकमा प्र.१–०४–००१ च ००८० नम्बरको स्कारपियोका चालक ४५ वर्षीय योगेश धिमाल अचानक बेहोस हुनुभएको थियो।
प्रधानमन्त्री कार्कीले आज निगौल गाईगौशाला निरीक्षण गर्नुहुने
प्रधानमन्त्री शुशीला कार्कीले शुक्रबार महोत्तरी जिल्लाको गौशाला नगरपालिका–३ नवराजपुरस्थित निगौल गाईगौशालाको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ।
सुन्दरहरैंचामा बर्डफ्लु पुष्टि, कुखुरा ओसारपसार रोक
मोरङको सुन्दरहरैंचा नगरपालिकामा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को सङ्क्रमण पुष्टि भएको छ । पंक्षीहरुमा घातक मानिएको सङ्क्रामक रोग पुष्टि भएसँगै सुन्दरहरैंचा नगरपालिकाले सूचना प्रकाशन गरी उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।
चुस्त आपूर्ति व्यवस्था
आपूर्ति व्यवस्था चुस्त बनाउँदै उत्पन्न परिस्थितिलाई सहज तुल्याउन सबै पक्षको भूमिका महत्वपूर्ण हुन्छ । विश्वमा भइरहेका पछिल्ला घटनाक्रमसँग हामी सबै परिचित छौँ र परिचित हुनु पर्छ । अप्ठेरो अवस्थामा पनि धैर्य र संयमपूर्वक सहकार्य साथै सहयोगी भूमिका निर्वाह गर्ने हो भने परिस्थितिलाई सहज बनाउन सकिन्छ । म मात्र होइन, हामी सबै मिलेर बाँचौँ, आइपर्ने कुनै पनि समस्या सामूहिक प्रयासबाट समाधान गरौँ भन्ने भावना विकास गर्ने हो भने जुनसुकै समस्याको पनि निकास सम्भव हुन्छ । सरकार, निजी क्षेत्र र आमनेपाली जनता मिलेर का
नयाँ बाटो रोज्ने अवसर
नेपालको इतिहासमा एकपछि अर्को गर्दै रोचक आकस्मिकता दोहोरिन थालेका छन् । गत २०८२ साल भदौ २३ गते जेनजी विद्रोह, त्यसपछिको नरसंहार अनि भदौ २४ को विध्वंस, ती आकस्मिकता आफैँमा भयानकताका पराकाष्ठा थिए । खरानीको थुप्रोबाट उठेर राष्ट्र अनि लोकतन्त्र फेरि एक पटक टक्टक्किएर उभिन खोज्यो । फागुन २१ त्यसैको एक पर्याय थियो । आन्दोलनपछिको सम
शैक्षिक पुनर्जागरणको प्रस्थानविन्दु
शिक्षा कुनै पनि राष्ट्रको आर्थिक गतिशीलता, सामाजिक न्याय र मानवीय गरिमाको आधारशिला हो । नेपालको संविधानले शिक्षालाई मौलिक हकका रूपमा प्रत्याभूत गर्दै समाजवादउन्मुख अर्थतन्त्रको खाका कोरेको छ । वर्तमान शैक्षिक परिदृश्यले गम्भीर प्रश्न खडा गरेको छ के हाम्रो विद्यमान शैक्षिक प्रणालीमा सामान्य सुधार मात्र पर्याप्त छ वा यसलाई पुनर्संरचना गर्नुपर्ने बेला आएको हो ?
सत्ताको सार र प्रतिपक्ष
“सत्ता बहुमतका लागि, सदन प्रतिपक्षका लागि”– यो संसदीय उक्तिले प्रजातान्त्रिक प्रणालीको गतिशील सन्तुलनलाई इङ्गित गर्छ । २०८२ साल फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुई तिहाइ सिट प्राप्त गरेपछि नेपाली राजनीति एउटा नयाँ मोडमा आइपुगेको छ । निर्वाचनपश्चात् सङ्ख्यात्मक रूपमा अन्य दलहरू कमजोर देखिए, तर लोकतन्त्रको जग नै
चुस्त सेवा प्रवाह नागरिक अपेक्षा
राज्यको सेवा प्रवाहप्रति जनताको गुनासो बढ्दो छ । नागरिकको अधिकारप्रति राज्यको दायित्व विचलित छ । जनताले पाउने र लिनुपर्ने सेवाको सहजता नहुँदा शासनप्रति आक्रोश पोख्नु र सरकारविरुद्ध विद्रोह गरी विकल्प खोज्नु अन्यथा मान्नु पर्दैन । जनताप्रति जिम्मेवारी बोध गरी राज्य चलाउनु नै शासकीय नेतृत्वको कर्तव्य हो तर सार्वजनिक नेतृत्वले जनताको अधिकारमा ध्यान दिन नसक्दा शा
करारमै थलिएका हात्ती सुसारे : जोखिमपूर्ण काम, भविष्य अनिश्चित
लक्ष्मण चौधरी झण्डै साढे दुई दशकदेखि हात्ती प्रजनन तथा तालिम केन्द्र, खोरसोर–सौराहामा कार्यरत हुनुहुन्छ। बिहानै उठेर हात्तीको सरसफाइ गर्ने, पानी र कुडो खुवाउने, दिउँसो चरनका लागि जंगल लैजाने र फर्कँदा घाँस बोकेर ल्याउने उहाँको नियमित दिनचर्या हो।
अधिकारभन्दा कर्तव्यको लडाइँमा जुटौं : मुख्यमन्त्री बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले देशको समृद्धि र सुशासनका लागि कर्तव्यको मुद्दालाई सशख्तरुपमा अघि बढाउन आवश्यक रहेको भन्दै आदिबासी समुदायलाई अधिकारको मुद्दाभन्दा कर्तव्यको मुद्दा बोक्न आव्हान गर्नुभएको छ ।
महानगरका विद्यार्थीको निःशुल्क आँखा परीक्षणका लागि सम्झौता
काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच बिहीबार महानगरको कार्यालयमा एक महत्वपूर्ण समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।