• ६ चैत २०८२, शुक्रबार

प्रधानमन्त्री कार्कीले आज निगौल गाईगौशाला निरीक्षण गर्नुहुने

blog

प्रधानमन्त्री शुशीला कार्की

अजय शाह
गौशाला (महोत्तरी), चैत ६ गते ।
प्रधानमन्त्री शुशीला कार्कीले शुक्रबार महोत्तरी जिल्लाको गौशाला नगरपालिका–३ नवराजपुरस्थित निगौल गाईगौशालाको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवका अनुसार प्रधानमन्त्री शुक्रबार दिउँसो १ बजे गौशाला पुग्ने तालिका रहेको छ।

निरीक्षण भ्रमणका क्रममा उहाँले जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरमा पूजाआजा तथा दर्शन गर्ने कार्यक्रम समेत रहेको बताइएको छ।

निगौल गाईगौशालामा रहेका गाईवस्तुको अवस्थासम्बन्धी विभिन्न समयमा उठ्दै आएका गुनासोबिच प्रधानमन्त्रीको यस निरीक्षणलाई महत्वका साथ हेरिएको छ। स्थानीय स्तरमा यस भ्रमणपछि व्यवस्थापन सुधार हुने अपेक्षा गरिएको छ।