प्रधानमन्त्रीद्वारा एनपिएलको ट्रफी अनावरण
नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफीको प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्नुभएको छ । सुन्धारास्थित ऐतिहासिक धरहरा परिसरबाट सोमबार बिहान उहाँले ट्रफी अनावरण गर्नुभएको हो ।
कुकुरको बहु उपयोग
मानिसको सहयोगी जनावर कुकुरलाई हरेक वर्ष यमपञ्चकका अवसरमा पूजा गरिन्छ ।
डिजिटल सुरक्षा चुनौती
सञ्चार र सूचना प्रविधिको विकासले संसारलाई भूमण्डलीकृत विश्वमा जोडेको छ ।
अमेरिकी निर्वाचनको सिकाइ
सन् २०२४ मतदानको अभूतपूर्व कुम्भमेलाका रूपमा रह्यो ।
अमेरिकामा देउडाको बीजारोपण
नेपालको जैविक विविधताको वर्णन र फलफूलका लागि पनि हाम्रो देश प्रसिद्ध छ ।
निःसन्तानपनको बढ्दो समस्या
दम्पतीले परिवार नियोजनका कुनै पनि साधन प्रयोग नगरी एक वर्षसम्म प्रयास गर्दा पनि गर्भ रहेन भने त्यसलाई निःसन्तानपन भनिन्छ ।
चक्कु प्रहार गरी बुवाको हत्या
रुकुमपश्चिममा आफ्नै छोराले बुवाको हत्या गरेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका १० घारीखोलाका १९ वर्षीय वीर बहादुर केसीले ५१ वर्षीय बुवा दर्बे केसीको हत्या गरेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका आठ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस
नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ । नेपाल प्रहरीको बढुवा समितिको सचिवालयले आइतबार साँझ बढुवा हुने प्रहरी अधिकृतहरूको नाम सार्वजनिक गरेको हो ।
भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदी स्वदेश फिर्ता
भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी पाँचदिने औपचारिक नेपाल भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता हुनुभएको छ । प्रधान सेनापति महारथी अशोक राज सिग्देलको निमन्त्रणामा नेपाल आउनुभएको भारतका स्थल सेनाध्यक्ष द्विवेदी र उहाँका श्रीमती सुनिता द्विवेदी आइतबार स्वदेश फिर्ता हुनुभएको हो ।
पर्यटन र आर्थिक विकासमा गङ्गापूर्णको महत्त्व
समुद्री सतहबाट तीन हजार पाँच सय ४० मिटरमा अवस्थित गङ्गापूर्ण ताल पर्यटन र आर्थिक विकासका दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । मनाङ ङिस्याङ गाउँपालिका–६ मा अवस्थित गङ्गापूर्ण चिसोका कारण जम्न थालेको छ । यो हिमनदीबाट निर्माण भएको हो ।
ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तण
डिजिटल सवारी चालक अनुमति पत्रको नियमनका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ५१ थान मोबाइल फोन हस्तान्तरण गरिएको छ ।
सुनको मूल्य प्रतितोला सत्र सयले बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार आज सुनको मूल्य रु. एक हजार सात सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक लाख ६५ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६७ हजार दुई सय कायम भएको हो ।
‘सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
खानेपानीमन्त्री प्रदीप यादवले सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व रहेको बताउनुभएको छ ।
कुपोषित बालबालिकाको उपचार
जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गामा २५६ कुपोषित बालबालिकाको उपचार गरिएको छ । चार वर्षको अवधिमा उक्त संख्याको कुपोषणबाट ग्रसित बालबालिकाको निःशुल्क उपचार गरिएको अस्पतालले जनाएको छ ।
बढे आर्थिक अपराधका घटना
बागमती प्रदेशका काठमाडौँ, ललितपुर र भक्तपुर बाहेकका १० जिल्लामा पछिल्लो समय आर्थिक अपराधका घटना बढेको छ । सङ्गठित तथा आर्थिक अपराध सम्बन्धित घटना बढेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको तथ्याङ्कले देखाएको छ ।
नवलपुरमा बस दुर्घटना, चार जना घाइते
काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको बस गए राती पौने ३ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनत्री त्रिवेणी गाउँपालिका १ होङ्सी गेट नजिकै दुर्घटना भएको छ । लु २ ख २१४१ नं. को बस चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा ४ जना घाइते भएका नवलपुर प्रहरीले जनाएको छ ।
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाउनुभएको छ । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उहाँले रु ५० हजारको लागतमा तरकारीखेती गर्नुभयो । तर मण्डललाई उचित मूल्य पाउन भने समस्या भएको छ ।
३४ बिरामीको घुँडाको शल्यक्रिया
नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ। अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा आएका विशेषज्ञ चिकित्सकसहितको टोलीले पाँच दिनमा ३४ जना बिरामीका ४३ घुँडाको शल्यक्रिया गरेको हो।
‘मधेशको विकास कांग्रेसकै नेतृत्वमा सम्भव छ’
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशको विकास नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नै गर्ने बताउनुभएको छ।
चार महिनामा साढे चार खर्ब व्यापार घाटा
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ।
चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि...
बोल्न र सुन्न समस्या भएका २५ वर्षीय रोहिताश कुमारलाई बिहीबार बिरामी परेपछि उपचारका लागि अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरे । अस्पतालले उहाँको पोष्ट मोर्टम गरेन । तर मृत घोषणा गरिएका रोहितासलाई चितामा आगो लगाउने तयारी भइरहँदा उहाँ ब्यूँझिएको चिकित्सा अधिकारीहरुले शनिबार बताएका छन् ।
सार्क मुलुकका पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’
पर्यटकीय राजधानी पोखरा प्राकृतिक सुन्दरताले मात्र होइन साहसिक खेलहरूका लागि पनि उत्तिकै प्रसिद्ध छ।
प्रधानमन्त्रीका पिताको स्वास्थ्यमा समस्या
प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको स्वास्थ्यमा समस्या देखिएको छ। महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत रहनुभएका पिता मोहनप्रसादको अवस्थाबारे प्रधानमन्त्री ओलीले जानकारी लिनुभएको छ।
मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको काम सुरु
मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित एकसय ३५ मेगावाट क्षमताको अर्ध जलाशययुक्त मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसँगै निर्माणको काम सुरु भएको छ ।