काठमाडौँ, मङ्सिर ९ गते । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार आज सुनको मूल्य रु. एक हजार सात सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु. एक लाख ६५ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ६७ हजार दुई सय कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य तोलामा रु. २० ले बढेको छ । शुक्रबार प्रतितोला रु. एक हजार नौ सय ४० मा कारोबार भएकामा आजका लागि रु. एक हजार नौ सय ६० निर्धारण भएको छ । रासस