गिरिजाकै कारण नेपाल गणतन्त्रसम्म आएको हो : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन पार्टी सभापति स्व.गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आएको बताउनुभएको छ ।
रास्वपा नयाँ सरकार गठनमा सहभागी नहुने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठन प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ ।रास्वपाको मङ्गलबार बिहान बसेको सचिवालय बैठकले सो निर्णय गरेको नेता सन्तोष परियारले जानकारी दिनुभयो ।
काँग्रेस– एमालेबिच राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी – प्रवक्ता महत
नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले काँग्रेस र एमालेबिच राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको बताउनुभएको छ ।
एमाले सचिवालय बैठक बस्दै
विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक बस्ने भएको छ ।
कांग्रेस पदाधिकारी बैठक बस्दै
पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले लिने रणनीतिका बारेमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ ।
प्रजातन्त्रका अजर शिखर
तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता र शक्ति आफ्नो हातमा लिएपछि नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले मलाई भन्नुभयो, “शोभाकर, लौ काठमाडौँमा भएका जति सबैलाई बोलाऊ ।” उपलब्ध जति सबैलाई मैले ‘आकस्मिक बैठक’ मा आउनका लागि खबर गरेँ । अन्योलग्रस्त समय अनि छोटो खबरको छोटो समयमा पनि त्यसबेला कांग्रेसका सबै जसो नेता आउनुभयो । केही बेर राजाको कदमबारे सामान्य बहस भएपछि अन्तिममा गिरिजाबाबुले भन्नुभयो, “संसद् पुनस्र्थापना हाम्रो बटमलाइन हो । अब हामी सबै दलसँग मिलेर राजाविरुद्ध आन्दोलनमा जानु पर्छ ।”
घर बहालसम्बन्धी कानुन संशोधन
कसैले आफ्नो स्वामित्वमा रहेको घर, तला वा कोठा निश्चित समयका लागि भाडामा दिने वा लिने कामलाई घर बहाल भनिन्छ । समाजमा सहरीकरणको विकाससँगसँगै घर बहालमा बस्ने परम्पराको विकास भएको हो । कामको सिलसिलामा सहरमा आउने र त्यहाँ केही समय बस्नका लागि भाडा तिरेर बस्ने प्रचलनको विकाससँगै घर बहालको अवधारणा आएको हो । विश्वका विभिन्न मुलुकमा आफ्नै प्रकारका घर बहालसम्बन्धी कानुन निर्माण गरेको पाइन्छ । संयुक्त राज्य अमेरिकामा घर बहालसम्बन्धी कानुन राज्य र स्थानीयस्तरमा फरक फरक हुन्छन् । स्थानीय आवास प्राधिकरणहरूले भाडा नियमन
राजदूत, कूटनीति र कौशल
सरकारले १२ मुलुकमा रहेका राजदूत फिर्ता बोलाएर नयाँ राजदूत सिफारिस गरेको छ । राजदूत नियुक्तिका सन्दर्भमा विभिन्न कोणबाट तर्क, वितर्क चलिरहँदा राजनीतिदेखि कूटनीतिक वृत्तमा पनि बहस चलिरहेको छ । नेपालको राजनीतिसँगै कूटनीतिक क्षेत्र पनि किन यति धेरै तरङ्गित र अपरिपक्व हुँदै छ ? के नेपालले आफूले तय गरेको विदेश नीतिका आधारमा कूटनीतिक अभ्यास अवलम्बन गर्न चुकेको हो ? नेपाल पछिल्ला दशक भूराजनीतिक प्रभावको केन्द्रविन्दुमा रहेको विदित नै छ । विश्व परिवेशमा नै छिमेकी मुलुक चीन र भारतको आर्थिक उन्नति, सामरिक र सैन्य सुरक्षा, सूचना र प्रविधिको विकास, राजनीतिक रूपमा बढ्दो प्रभावसँगै यी मुलुकबिचको सम्बन्धले पनि नेपालमा प्रत्यक्ष प्रभाव पारेका सङ्केत स्पष्ट छन् । राजनीतिसँगै कूटनीतिक क्षेत्रमा स
सेयर बजार मौद्रिक नीतिको पर्खाइ
सेयर बजारमा अहिले खासै रौनक छैन । सेयर खरिदबिक्री सामान्य हुने र कारोबार पनि पाँच अर्बमुनिकै अवस्थामा रुमलिएको छ । साताको पहिलो दिन आइतबार नेप्सेमा १४.८३ अङ्कको गिरावटसहित बजार २०३७.८३ को बिन्दुमा रहेको छ । त्यसैगरी साताको दोस्रो दिन सोमबार नेप्से १६.२९ अङ्कको बढोत्तरीसहित नेप्से २०५३.३८ को बिन्दुमा उक्लेको छ । बजारको प्रकृति हेर्दा कहिले सामान्य बढोत्तरी छ भने कहिले सामान्य गिरावट छ । समग्रमा हेर्दा वर्तमान सेयर बजारमा ठुलो उतारचढाव छैन । सुस्त गतिमा बजार रहेको छ । आर्थिक वर्ष २०८१/८२ को बजेटमा सेयर बजारका लागि आवश्यक सुधारका कार्यक्रम खासै उल्लेख नगरि
सुन तस्करी दोस्रो अनुसन्धान, डमी कम्पनीबाट सुन तस्करी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० केजी सुन तस्करीबारे दोस्रो चरणको अनुसन्धान पूरा गरेको छ । गत साउन २ गते विमानस्थलबाट राजस्व अनुसन्धान विभागले ब्रेक सुभित्र लुकाएर ल्याएको अवस्थामा ६० केजी सुन बरामद गरेको थियो । सिआइबीले पहिलो चरणको अनुसन्धान गत भदौ ५ गते पूरा गरेको थियो । सोही प्रकरणमा गत वैशाख २१ गते भारतीय नागरिक सिद्धार्थ भन्ने सिद्धनाथ अशोक गायकवाडलाई पक्राउ गरी सिआइबीले दोस्रो चरणको अनुसन्धान सुरु गरेको थियो ।
विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर ३१ अर्ब बढीको सुन तस्करी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर ३१ अर्बभन्दा बढी रकम बराबरको सुन तस्करी भएको बताएको छ ।
जङ्गली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जङ्गली च्याउ नखान आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो ।
गर्चा गाउँ
सुर्खेत र दैलेखको सिमाना दैलेखको गुराँस गाउँपालिका ८ मा रहेको सुन्दर हरियाली गर्चा गाउँ । यो तरकारीको 'पकेट' क्षेत्रको रूपमा लिइन्छ ।
एकीकृत समाजवादीको महाधिवेशनका लागि १३ सदस्यीय अध्यक्षमण्डल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीका सम्मानित नेता झलनाथ खनालको अध्यक्षतामा १३ सदस्यीय अध्यक्षमण्डल गठन गरेको छ ।
‘यार्सागुम्बा’ अर्थात् महँगाे जैविक कीराको खोजी
हिमाली तथा उच्च पहाडी क्षेत्रमा विश्वकै बहुमूल्य औषधीजन्य बहुगुणयुक्त यार्सागुम्बा प्राकृतिक जडीबुटी हो । यार्सागुम्बा विश्वमा आपूर्तिको दृष्टिकोणले चीनपछि नेपाल दोस्रो स्थानमा रहेको छ ।
तीन दिनपछि खुल्यो मध्यपहाडी राजमार्ग
पहिरोको कारण अवरुद्ध रहेको मध्यपहाडी राजमार्गको रुकुमखण्डमा यातायात सुचारु भएको छ । गत शनिबार बेलुका मुसीकोट नगरपालिका–८ किटेनीमा आएको पहिरोले अवरुद्ध बनेको राजमार्गको पहिरो हटाएपछि सोमबार दिउँसोबाट यातायातका साधनहरू चलेका छन्।
सुदूरपश्चिममा पहिलो पटक दलित समुदायबाट दुईजना मन्त्री
सुदूरपश्चिम प्रदेश सरकारमा दलित समुदायबाट पहिलो पटक दुईजना मन्त्री बन्नुभएको छ । प्रदेश सरकारमा पहिलो पटक दुईजना दलित प्रदेश सभा सदस्यलाई मन्त्रीको जिम्मेवारी दिइएको हो ।
होटल ग्यालेरीबाट अवैध लागूऔषधसहित दुई तानजेनियन नागरिक पक्राउ
काठमाडौँ महानगरपालिका-१६ स्थित होटल ग्यालेरीबाट अवैध लागूऔषध कोकिनसहित दुई तानजेनियन नागरिक पक्राउ परेका छन् । शनिबार दिउँसो प्रहरीले एक किलो दुई सय ४७ ग्राम ७६ मिलिग्रामसहित तानजेनियन नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।
बलात्कार घटनाको अपराधीलाई कारबाही गर्न सांसदको माग
प्रतिनिधि सभा सदस्य शान्ति बिकले बलात्कार घटनाका अपराधीलाई कठोर कानुनी कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।
सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी
बागमती नदीबाट काठमाडौँ उपत्यकामा खानेपानी वितरण गरिने सुन्दरीजल क्षेत्र हिउँदमा खानेपानी अभाव र वर्षाका बेला धमिलो पानी पिउनुपर्ने बाध्यताबाट गुज्रन परेको छ । मुहान क्षेत्रमै पानी नआउने र पानी परेका बेला धमिलो पानीमात्र आउन थालेपछि स्थानीय आक्रोशित बनेका छन् ।
एकीकृत समाजवादी महाधिवेशन : बन्दसत्र सुरु
नेकपा (एकीकृत समाजवादी)को जारी महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । यहाँस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्दसत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्तावेजमा छलफल गरिने छ ।
बिहीबारसम्म मनसुन थप सक्रिय हुने, सतर्क रहन अनुरोध
देशभर बिहीबारसम्म मनसुन थप सक्रिय हुने भएको छ । मनसुन न्यूनचापीय रेखाका कारण यो सक्रिय हुन थालेको हो ।
बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी
घरको सोफामुनिबाट निस्किएको गोमन सर्पले डस्दा कचनाकबल गाउँपालिका–३ निवासी १२ वर्षीया मनीषा राजवंशीको पाँच दिन अघि मृत्यु भयो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो ।
अपाङ्गता भएका व्यक्तिको जीवन सहजताका लागि सहयोग
काठमाडौँ महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने अपाङ्गता भएका २५ जना व्यक्तिलाई ह्वील चेयर, ११ जनालाई सामाजिक विकास विभागले कमोट चेयरसहित सहायता सामग्री, खेल, खेलौनाजस्ता सहायक सामग्री निःशुल्क उपलब्ध गराइएको छ ।