• ३२ साउन २०८१, शुक्रबार

सप्तरीमा ट्याङ्करको ठक्करबाट दुई जनाको मृत्यु

blog

देवरामप्रसाद यादव

सप्तरी, साउन ३२ गते । सप्तरीको पूर्वपश्चिम लोकमार्ग अन्तर्गत कन्चनरुप नगरपालिका १० बदगमामा शुक्रबार तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको घटना स्थलमै एक र एक जनाको अस्पतालमा मृत्यु भएको छ ।

यसरी दुर्घटनामा मृत्यु हुनेमा सुनसरीको हरिनगरा गाउँपालिका वडा नम्बर ३  का ४१ वर्षिय महेश कुमार मेहताको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नेपाल आयल निगमको को १ ख ७४१४ नम्बरको ट्याङ्करले विपरीत दिशाबाट आउंँदै गरेको प्र १–०२–०४७ प १२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुनसरी हरिनगरा गाउँपालिका ३ का ४२ वर्षीय जय प्रकाश मेहता गम्भीर घाईते भई गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाएको अबस्था ईसीजी गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी डुण्डीराज न्यौपाने सञ्चारकर्मीलाई जानकारी दिनुभयो । 

उहाँका अनुसार ट्याङ्कर चालक जिल्ला सिरहा कर्जना न.पा. ३ का ३२ वर्षीय मिथलेश यादव समेत घाईते भई कन्चनरुप नगरपालिका १२ स्थित धर्मेश्व अस्पताल ठेलियामा उपचार भईरहेको छ ।मोटरसाईकलर, ट्याङ्कर ईलाका प्रहरी कार्यालय कञ्नचनपुर सप्तरीको नियन्त्रणमा राखिएको न्यौपानेले बताउनुभयो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।