मधेशका मुख्यमन्त्री र मन्त्रीहरूबिच कार्यसम्पादन करार सम्झौता
मधेश प्रदेशका मन्त्रीहरूले शुक्रबार मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहसँग कार्यसम्पादन करार सम्झौता गर्नुभएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झाविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको छ ।
मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत भ्रमणमा जाने हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको नेतृत्वको प्रतिनिधिमण्डललाई आगामी भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।
पर्यटन मन्त्रीद्वारा १६ वटा हिमाल आरोहण गर्ने नामगेललाई स्वागत
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले ब्रोड पिकको सफल आरोहण गरी फर्किएका पर्वतारोही तथा गाइड पासाङ नामगेल शेर्पालाई स्वागत गर्नुभएको छ । मन्त्री पाण्डेले शुक्रबार आरोही शेर्पालाई मन्त्रालयमा स्वागत गर्नुभएको हो ।
सुनको मूल्य तोलामा नौ सयले घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला रु एक लाख ५० हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४९ हजार छ सय निर्धारण भएको छ ।
थाइल्यान्डको फेउ थाई पार्टीद्वारा पेटोङ्टार्न सिनावात्रा प्रधानमन्त्री उम्मेदवार चयन
थाइल्यान्डको फेउ थाई पार्टीले अर्बपति पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी ३७ वर्षीया पेटोङ्टार्न सिनावात्रालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा छनोट गरेको छ ।
अध्यक्ष प्रचण्ड र बेलायती राजदूतबिच भेट
पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गर्नुभएको छ ।
शीर्षक के हो
अफिसबाट थाकेर आएका भीमबहादुरले सुनितालाई भने, “पैसा जोगाउनै सकिएन । तलबले धान्न गाह्रो पो भयो त । भोलि एक दिन कत्ति पनि पैसा खर्च गर्दिन है । मसँग नमाग्नू ।” श्रीमान्ले भनेको कुरा सुनेपछि सुनिता छक्क परिन् । आँपको मौसम छ । छोराछोरी आँप भनेपछि हुरुक्कै हुन्छन् । आँप किन्न त रकम चाहियो । भीमबहादुरको कुरा सुनेर सुनिता झ
शान्ति प्रक्रिया निष्कर्षतिर
विसं २०५२ देखि सशस्त्र विद्रोह सुरु गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) शान्ति प्रक्रियामा आएर पटक पटक सरकारको नेतृत्व गरिसक्दा पनि शान्ति प्रक्रियाका बाँकी काम सङ्क्रमणकालीन न्यायसम्बन्धी विवादलाई टुङ्गोमा पु¥याउन नसक्दा द्वन्द्वपीडितको गुनासो बढ्नु स्वाभाविक हो । हतियार व्यवस्थापनमा संयुक्त राष्ट्रसङ्घले सहयोग गरेका कारण पनि यो विषय अन्तर्राष्ट्रिय स्तरमा समेत चासो थियो । सात राजनीतिक दल र माओवादीबिचको १२ बुँदे सहमतिको जगमा जनआन्दोलन–२ सफल भयो । फलस्वरूप विसं २०६३ मङ्सिर ५ गते तत्कालीन सरकार र नेकपा (माओवादी)बिच विस्तृत शान्ति सम्झौतामा हस्ता
सन्तुलित राजनीतिक शक्ति
सैद्धान्तिक र व्यावहारिक रूपमा स्थिर राजनीतिक दृष्टिकोणको विकास गरेर असन्तुलित राजनीतिलाई सन्तुलित बनाउन सकियो भने मात्र मुलुकले स्थिरताको सास फेर्न पाउँछ । स्थिरता आफैँमा शान्ति, विकास र समृद्धिको आधार हो । वास्तवमा स्थिरताको दृष्टिकोणबाट कमीकमजोरी देखिएका संवैधानिक जटिलतालाई परिष्कृत रूपमा परिमार्जन गरी स्थिर सन्तुलनको बाटो अङ्गीकार गर्दै अगाडि बढ्न सक्नु पर्छ । राजनीतिक दल देश र जनताको हितमा प्रतिबद्ध बन्दै स्थिर
डोटीमा बस दुर्घटना हुँदा १७ जना घाइते
दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिनुभयो ।
तरकारी खेतीले रोक्यो बसाइँसराइ
धनकुटाका धेरै गाउँबस्ती युवाविहीन हुँदा जिल्लाको छथर जोरपाटी गाउँपालिका–२, फलैँचाका युवा भने गाउँघरमै भेटिन्छन् । उनीहरू दिनभरि खेतबारीमै व्यस्त रहन्छन् भने साँझबिहान घरको काम गरिरहेको भेटिन्छन् । गाउँमा भर अभर पर्दा सँगै हुन्छन् । फलैँचा र सो आसपासका क्षेत्रबाट न त कोही वैदेशिक रोजगारीमा गएका छन् न त कसैले बढी सुखसुविधाको खोजीमा बसाइँ सरेका छन् । यहाँका युवा गाउँमा हुने तरकारी खेतीमा नै मस्त छन् । उनीहरूमा विदेशको मोह खासै देखिँदैन ।
सार्वजनिक यातायातमा सिसिटिभी राख्न निर्देशन
गृह मन्त्रालयले यातायात व्यवसायीलाई सार्वजनिक सवारी साधनमा जिपिएस ट्र्याकिङ प्रणाली, तीव्र गति नियन्त्रण र सीमित गर्ने उपकरण जडान गर्न निर्देशन दिएको छ । सार्वजनिक सवारी साधनमा सिसिटिभी र ट्रान्सपोन्डरको समेत व्यवस्था गर्न मन्त्रालयले बिहीबार निर्देशन दिएको हो ।
म्यान्मारकी प्रजातन्त्रवादी नेत्री सुकीको घर किन्न पुनः बोलपत्र आह्वान
जेलजीवन बिताइरहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई वर्षौंसम्म नजरबन्दमा राखेको लेकसाइडस्थित घर बिहीबार दोस्रो पटक लिलामीका लागि राखिएको छ ।
यातायात व्यवस्था कार्यालयका कम्प्युटर अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
स्वास्थ्यमन्त्रीद्वारा कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्य एकाइ सेवाको उद्घाटन
कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्य एकाइ सेवा सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले अस्पतालमा रहेको बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइको अन्तरंग सेवाको बुधबार उद्घाटन गर्नुभएको हो ।
कुटाइबाट श्रीमतीको मृत्यु
देउखुरीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । लमही नगरपालिका –९ स्याले निवासी चक्रबहादुर (श्यामकुमार) कुमालको कुटपिटबाट उनका श्रीमती अन्दाजी ४० बर्षिया इश्वरी कुमालको मृत्यु भएको हो ।
अस्पतालमा शय्या अभाव, त्रिपालमुनि उपचार व्यवस्था
रुकुमपश्चिमको मुसीकोट नगरपालिका –१ सल्लेमा रहेको जिल्ला अस्पतालमा बिरामीको चाप बढेपछि त्रिपालले बेरेर वैकल्पिक शय्या थपिएको छ ।
न्यायाधीश रेग्मीको निधन
उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ ।
सर्पले डसेर छ वर्षीय बालिकाको मृत्यु
मोरङको केराबारी गाउँपालिका ९ स्थित स्कुल चौकमा विषालु सर्पको डसाइबाट ६ वर्षीया बालिकाको मृत्यु भएको छ । बुधवार साँझ गोमन सर्पको डसाइबाट स्थानीय मनोज पण्डितकी छोरी प्रतिमा पण्डितको मृत्यु भएको हो ।
युवा उद्यमशीलता
युवा जनशक्ति जुनसुकै मुलुकका लागि पनि समृद्धिको पहिलो आधारस्तम्भ मानिन्छ । युवावर्ग मुलुकको राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक रूपान्तरणको संवाहक शक्ति भएको सर्वस्वीकार्य छ । विश्वभरिका युवालाई जागृत गराउनुका साथै सही दिशा र सुनिश्चित गन्तव्य निर्माणमा प्रेरणा प्रदान गर्न संयुक्त राष्ट्रसङ्घद्वारा प्रत्येक वर्ष अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिन्छ । यही दिवसकै सन्दर्भ पारेर आयोजना गरिएको ‘नेपाल युवा सम्मेलन, २०२४’ मा ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि : डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ मूल नारामा केन्द्रित रहेर युवा उद्यमशीलता विकासमा गहन छलफ
समाजवादको मेरुदण्ड कृषि
समाजवादमा प्रवेश गर्न कृषिमा आत्मनिर्भरता आवश्यक छ । यसका लागि इच्छाशक्ति भए कृषिमा आत्मनिर्भरता अनिवार्य सर्त बन्छ । विश्वको जनसङ्ख्या सात अर्बबाट नाघ्न लागेको हुँदा हामीलाई मात्र होइन विकसित मुलुकले पनि खाद्यान्न अभाव झेल्नु परेको छ । विकसित र औद्योगिक मुलुकले यो अभावलाई व्यवस्थित गर्ने योजना बनाइसकेको छन् भने हामीकहाँ पर्याप्त सम्भावना हुँदाहुँदै पनि सात अर्बको आलु मात्र बाहिरबाट आयात गरेका छौँ । हामीले समाजवादको बहस थालनी गरेका छौँ तर समाजवादको मेरुदण्ड एउटा कृषि पनि हो भन्ने बारेमा ध्यान पु¥याउन सकेका छैनौँ । नेपालको अहिलको खेतीयोग्य जमिन २९ लाख ६८ हजार १७ हेक्टर छ भने त्योमध्ये तीन भागको एक भाग नौ लाख ६०९ हेक्टरमा खेती नै गरेका छैनौँ । हामीले कृषिमा ध्यान दिने हो भने जमिनको समस्या छैन । यहाँको बनेको क्षेत्रफल ६३ लाख ६ हजार ४६० हेक्टर छ भने चरनको क्षेत्र १७ लाख ५७ हजार ६४५ हेक्टर छ । यो सबै जमिनलाई खेतीमा
गान्धीको अहिंसात्मक आन्दोलन
ब्रिटिस उपनिवेशबाट स्वतन्त्रता प्राप्त गरेको अवसरमा भारतले अगस्त १५ लाई स्वतन्त्रता दिवस मनाउँदै आएको छ । आज भारतले ७६ औँ स्वतन्त्रता दिवस मनाइरहेको छ । महात्मा गान्धीको अहिंसात्मक आन्दोलनको बलमा भारतले १५ अगस्त १९४७ मा स्वतन्त्रता प्राप्त गरेको थियो तर १५ अगस्त मध्यरातको दिल्लीको सभामा गान्धी उपस्थित थिएनन् । भारत पाकिस्तान विभाजन र हिन्दु मुस्लिमबिचको द्वन्द्वले स्वतन्त्रता प्राप्तिमा पनि गान्धी खुसी नभएर विक्षिप्त थिए ।
‘मिलेर ल्याएको संविधान मिलेरै परिमार्जन गर्छौं’
सम्माननीय सभामुख महोदय, आज थोरै समयमा केही विषयमा आफ्नो खुसी पनि व्यक्त गर्ने र केही विषय प्रस्ट पार्ने हिसाबले म यहाँ उभिएको छु । सभामुख महोदय, म खुसी के व्यक्त गर्न चाहिरहेको छु भने, हाम्रो देशमा द्वन्द्व थियो, द्वन्द्वलाई हामीले शान्ति प्रक्रियामा परिणत ग¥यौँ र शान्ति प्रक्रिया अगाडि बढ्यो । हामीले भन्दै आएका छौँ–यो शान्ति प्रक्रिया मौलिक (होमग्रोन) हो