• ३२ साउन २०८१, शुक्रबार

नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झाविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

blog

काठमाडौँ, साउन ३२ गते । काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको छ ।

शुक्रबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले झाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखेको हो ।

झाविरुद्धको मुद्दा शुक्रबार थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा सकिएको हो । थुनछेक बहस सकिएपछि साधारण तारेख तथा धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार चलान गर्ने भन्ने आदेश आउने छ ।

झालाई चार वटा कसुरमा मुद्दा दायर गरिएको छ । ठगी, लिखत कीर्ते, राज्यविरुद्धको अपराध र सङ्गठित अपराधको कसुरमा मुद्दा दायर भएको छ ।