प्रतिनिधि सभा बैठक : राहत तथा उद्धारका काममा तीव्रता दिन माग
प्रतिनिधि सभा बैठकमा सांसदहरूले मनसुनी जोखिम न्यूनीकरण र राहत तथा उद्धारका काममा तीव्रता दिन माग गरेका छन् । बाढी, पहिरो, चट्याङ, डुबानलगायत समस्याले देशभर जनजीवन प्रभावित भएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
स्यार्पु ताल
रुकुमपश्चिम जिल्ला बाँफीकोट गाउँपालिका वडा नं. ३ र ५ को बिचमा रहेको सुन्दर स्यार्पु ताल । स्यार्पु ताल धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण ताल मानिन्छ ।
कैलालीमा रोपाइँको रमाइलो (फोटो फिचर)
कैलालीका किसान रोपाइँमा व्यस्त भएका छन् । पर्याप्त मात्रामा वर्षा नभए पनि मध्य असार हुन लागेका कारण किसानहरु रोपाइँमा सक्रिय भएका हुन् ।
मनसुन विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको मृत्यु
मनसुन भित्रिएपछि गत जेठ २८ देखि असार १२ गते सम्ममा भएका विपदबाट आजसम्म ३३ जिल्ला प्रभावित भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रीले सांसद पर्खनुपर्दा...
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका गणपूरक सदस्यहरू निर्धारित समयमा उपस्थित नहुँदा बिहीबारको बैठक एक घण्टापछि सुरु भयो ।
नाग्लीबाङ्ग सडक स्तरोन्नतिपछि यात्रा सहज
वर्षौँ देखिको कच्ची र जीर्ण सडक स्तरोन्नति भएसँगै नाग्लीबाङवासीको यात्रा सहज भएको छ । म्याग्दीको बेनीसँग सिमाना जोडिएको जलजला गाउँपालिका-८ स्थित डिमुवाखोला हुँदै नाग्लीबाङ जोड्ने ग्रामीण सडकको घुम्ती सुधार, ग्रेड मिलाउने, नाली, पर्खाल र ढलान गरेपछि सर्वसाधारणहरूको यात्रा सहज भएको हो ।
खाम्चेलिङमा पहिरो, मध्यपहाडी राजमार्ग पुनः अवरुद्ध
पाँचथरको याङवरक-४ थर्पुमा पहिरो जाँदा पुष्पलाल मध्यपहाडी राजमार्ग पुनः अवरुद्व भएको छ ।
विपदमा परी १४ जनाको मृत्यु, दुई बेपत्ता
पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ४४ वटा विपद्जन्य घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा हालसम्म १४ जनाको मृत्यु पुष्टि भएको छ । दुई जना बेपत्ता छन् ।
जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा
मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ ।
देशभित्र ४०० केभी प्रसारण लाइनबाट पहिलो पटक विद्युत प्रवाह सुरु
देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबिचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको छ ।
लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित
लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको आजको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।
गण्डकी प्रदेशमा पहिरोले सात जनाको मृत्यु
पहिरोले कास्की र लम्जुङमा ७ जनाको मृत्यु भएको छ ।
बाढीले विद्यालयमा क्षति
गुल्मीको चन्द्रकोट गाउँपालिका-८, कालिकागाउँस्थित बालविकास आधारभूत विद्यालयमा बाढीले क्षति पुर्याएको छ ।
दिल्ली अन्तः शुल्क मामिलामा सीबीआईद्वारा केजरीवाललाई अदालतबाट पक्राउ
भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई बुधबार अदालतबाट पक्राउ गरेको छ ।
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न एमाले नेताको आग्रह
नेकपा (एमाले)काठमाडौँ जिल्ला कमिटीले काठमाडौँ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति पछि धकेल्न गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेको छ ।
नारायणगढ–मुग्लिन सडक अवरुद्ध
नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
भारी वर्षाले विराटनगरको जनजीवन प्रभावित
मङ्गलबार रातिबाट सुरु भएको भारी वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेको छ ।
दुर्व्यसनीको विकराल अवस्थालाई रोक्न सबै एक हुनुपर्छ : मन्त्री श्रेष्ठ
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले लागुऔषध दुर्व्यसनीको विकराल अवस्थालाई रोक्न सबै एक हुनुपर्ने बताउनुभएको छ ।
दातृ निकायको सहयोग लिनुनपर्ने गरी स्वास्थ्य मन्त्रालय चलाउँछु : मन्त्री यादव
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले कुनैपनि दातृ निकायको सहयोग लिनुनपर्ने गरी स्वास्थ्य मन्त्रालयलाई आत्मनिर्भर बनाउने बताउनुभएको छ ।
पहिरामा परी लमजुङमा चारजनाको मृत्यु
जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । पहिराले तीनवटा घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए ।
तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात
बर्सेनि रासायनिक मल अभाव व्यहोरेका तनहुँका किसानलाई समस्या नहुने भएको छ । भण्डारणमा पर्याप्त मौज्दात रासायनिक मल भएपछि तनहुँका किसानले धान तथा मकै खेतीका लागि मल अभाव झेल्नु नपर्ने भएको हो ।
गङ्गापूर्ण ताल
हिमालपारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको गङ्गापूर्ण ताल । गङ्गापूर्ण हिमाल, अन्नपूर्ण चौथो जस्ता हिमालहरूबाट आउने हिमनदीहरू थेग्रिएर यो ताल बनेको हो ।
कैलालीमा चट्याङ लागेर थप एक जनाको मृत्यु, दुई घाइते
कैलालीमा चट्याङ लागेर थप एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१८ ‘एफ’ गाउँका २७ वर्षीय शालिम चौधरी खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेर घाइते हुनुभएको थियो ।
पानी परेपछि कृषकलाई रोपाइँ गर्न सहज
कैलालीमा बुधबार विहानदेखि पानी पर्न थालेपछि किसान खुशी भएका छन् । अत्यधिक गर्मी खेपिरहेका यहाँका बासिन्दालाई सहज भएको छ ।