• १६ भदौ २०८१, आइतबार

सर्पले डसेर छ वर्षीय बालिकाको मृत्यु

blog

हरि कोइराला

उर्लाबारी, साउन ३१ गते । मोरङको केराबारी गाउँपालिका ९ स्थित स्कुल चौकमा विषालु सर्पको डसाइबाट ६ वर्षीया बालिकाको मृत्यु भएको छ । बुधवार साँझ गोमन सर्पको डसाइबाट स्थानीय मनोज पण्डितकी छोरी प्रतिमा पण्डितको मृत्यु भएको हो ।

विद्यालयबाट  साँझ घर फर्केपछि शौचालयमा गएको बेला प्रतिमालाई  विषालु  सर्पले डसेको केराबारी –९ का वडाध्यक्ष गोपाल याक्खाले बताउनु भयो । बताइएको छ। सर्पले डसेको कुरा अभिभावकले थाहा पाउन साथ बालिकालाई उपचारका लागि तत्काल इटहरीस्थित सर्प दंश उपचार केन्द्र पठाइएको  थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि उहाँलाई विराटनगरको अस्पतालमा रिफर गरिएको थियो । अस्पताल पुग्दा बालिकाको मृत्यु भएको चिकित्सकहरूले बताएका थिए ।