पर्खाल भत्किँदा महिलाको मृत्यु, पुरुषको शव भेटियो
सप्तरीको राजबिराज नगरपालिका–५ मा घरको पर्खाल भत्केर एक महिलाको बुधवार मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
बालिका बन्धक बनाउने तीन जना पक्राउ
बालिकाको भविष्य सुन्दर हुने लोभ देखाएर बन्धक बनाउने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। १४ वर्षीया बालिकाका अभिभावकलाई जानकारी नदिई भविष्य उज्ज्वल हुन्छ
अष्ट्रेलियामा बेपत्ता सुभाषको खोजविन गर्न राजदूतसँग आग्रह
नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग नौ महिनाअघि अष्ट्रेलियामा हराएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-७ का एक युवाको खोजविन गर्न आग्रह गरिएको छ ।
ओखलढुङ्गामा ७९ करोड विकास बजेट 'फ्रिज'
ओखलढुङ्गाबाट ७९ करोड रुपियाँ बढी रकम फ्रिज भएको छ । गत आर्थिक वर्षमा जिल्लाको विकास निर्माणका लागि विनियोजन भएर आएको तर समयमा काम नभएका कारण खर्च हुन नसकेको ७९ करोड रकम सङ्घीय सरकारको खातामै फिर्ता भएको अर्थात् फ्रिज भएको हो ।
आरुघाट-लार्के भञ्ज्याङ सडक दुई हप्तादेखि अवरुद्ध
उत्तरी गोरखाको धार्चे गाउँपालिका अन्तर्गत आरुघाट-लार्के भञ्ज्याङ सडक दुई हप्तादेखि अवरुद्ध भएको छ । गत साउन १६ गते परेको अविरल वर्षाले धार्चे गाउँपालिका–७ खानीबेशीको खोलामा आएको भीषण बाढीले सडक बगाउँदा सो सडक अवरुद्ध भएको हो ।
बोलेरो दुर्घटनामा एकको मृत्यु
म्याग्दीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–७, टिकोटमा बुधबार बिहान बेनीतर्फ आउन लागेको ग १ ज ७९४५ नम्बरको बोलेरो जिप भिरालो सडकबाट पछाडि गुडेपछि भिरबाट खसेको हो ।
काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबिचको सहकार्य कायम राख्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबिचमा भएको सहकार्यलाई आगामी पाँच वर्षसम्म कायम राख्न निर्देशन दिनुभएको छ ।
भेरी अस्पतालले घटायो सेवा शुल्क
भेरी अस्पतालमा सेवाग्राहीले प्राप्त गर्दै आएको विभिन्न स्वास्थ्य सेवामा लाग्ने सेवा शुल्क समायोजन गरेर सबैको सहुलियतका लागि घटाइएको अस्पताल विकास समितिले जनाएको छ ।
बङ्गलादेशको अन्तरिम सरकारलाई समावेशी बनाउन आग्रह
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बङ्गलादेशमा संसदीय चुनावको आह्वान गर्दै अन्तरिम सरकारलाई समावेशी बनाउन आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घका प्रमुखले महिला तथा अल्पसङ्ख्यक समुदायलाई निर्वाचनमा समावेश गरी सो आग्रह गर्नुभएको हो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक सुरु भएको छ । बुधबार दिउँसोबाट सुरु भएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ छलफलका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री नियुक्तिविरुद्धको रिटमा सुनुवाइ हुँदै
सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथविरुद्धको रिटमा सुनुवाइ हुँदैछ ।बुधबार सर्वोच्चका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संवैधानिक इजलासमा उक्त रिटमा सुनुवाइ हुन लागेको हो ।
अरुणमा जलसतह बढेपछि सतर्कता अपनाउन आग्रह
रातभरिको वर्षाले अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ ।
डेङ्गु सङ्क्रमण बढ्दै
सुदूरपश्चिम प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ । बर्सातका बेला यो रोगको सङ्क्रमण बढ्ने गरेको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार, हालसम्म २२९ जनालाई डेङ्गु सङ्क्रमण भएको छ । सबैभन्दा बढी डोटीमा ५३ जनालाई डेङ्गु लागेको जनाइएको छ । कैलालीमा ४७, अछाममा ४५, कञ्चनपुरमा ३४, दार्चुलामा १८, बाजुरामा १६, डडेलधुरामा आठ, बैतडी र बझाङमा चार/चार जना डेङ्गु सङ्क्रमित भएका छन् ।
हरियो धनियाँमा दुई रुपियाँ कर
पाटन नगरपालिकाले मुख्य सडक अनारखोलीमा ढाट राखेर हरियो धनियाँ बेच्दा दुई रुपियाँ प्रतिकिलो निकासी कर लिन सुरु गरेको छ । पालिकाबाहिर बिक्री हुने धनियाँ, लसुन, प्याजलगायत आलु निकासी कर लिन थालेपछि किसान मर्कामा परेका छन् । नगरपालिकाले मसलाजन्य तरकारीमा दुई रुपियाँ र सबै प्रकारका तरकारी रायो, बन्दा, आलु र काउलीमा प्रतिकिलो एक रुपियाँ कर लिन थालेको हो । आलुको उचित मूल्य नपाएको गुनासो किसानको छ ।
भिड्दै छक्कापन्जा–५ र ज्वाइँसाब
हास्य टेलिशृङ्खला तितो सत्यकै समयदेखि हास्यव्यङ्ग्य गतिविधिमा सँगसँगै रहेका दीपकराज गिरी र जितु नेपाल यति बेलाचाहिँ व्यावसायिक भिडन्तको अवस्थामा आइपुगेका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गर्दै आएको छक्कापन्जा चलचित्र शृङ्खलाको भाग ३ सम्म दीपक र जितु सँगसँगै थिए ।
कारागार सुधार
विश्वमा यस्तो पनि मुलुक छ, जहाँ न त शान्ति सुरक्षा कायम गर्न प्रहरीको आवश्यकता परेको छ, न त अपराधीलाई राख्न कारागार नै बनाउनु परेको छ । कसैले कानुन उल्लङ्घन गरेमा अपराधी ठहर हुने हो तर युरोपेली मुलुक आइसल्यान्डमा अपराध नै नहुने भएपछि प्रहरी र कारागारको आवश्यकता नपरेको हो । अर्को युरोपेली मुलुक नेदरल्यान्डमा समेत केही वर्षअघि एक जना पनि कैदीबन्दी नभएको समाचार आयो । वैश्विक परिवेशमा एकाध मुलुकलाई छोडेर अधिकांश मुलुकमा कारागार सुधारगृहका रूपमा विकास गरिएको पाइएको छ । नेपालमा भने कैदीबन्दीको सङ्ख्या अनुसारको भौतिक संरचना नहुँदा साँघुरो स्थानमा क्षमताभन्दा
योग्यता प्रणालीका आयाम
लोक सेवा आयोगले प्रशासन सेवाको प्रवेशविन्दु मानिने शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको पाठ्यक्रम संरचनामा सामान्य परिमार्जन गरी नयाँ परीक्षा योजना सार्वजनिक गरेको छ । विभिन्न अप्राविधिक सेवा समूहहरू अन्तर्गत उक्त पदहरूको पदपूर्ति गर्न आयोगले एकीकृत तथा संयुक्त परीक्षा प्रणाली अवलम्बन गर्ने गरेको छ । यस आलेखमा लोक सेवा आयोगले सञ्चालन गर्ने राजपत्राङ्कित तृतीय श्रेणी अप्राविधिक शाखा अधिकृत पदको परीक्षा प्रणालीको दायराभित्र रही चर्चा गर्ने प्रयत्न गरिएको छ ।
प्रशासनिक नीति र हाम्रो नियति
राज्यको शासन सञ्चालनमा मूलतः राजनीतिक र प्रशासनिक दुई संरचनाको प्रभाव र भूमिका हुन्छ । राजनीतिक संरचनाले तर्जुमा गर्ने नीतिहरूको कार्यान्वयन गरेर प्रशासनिक संरचनाले समग्र राज्य प्रणालीमा रक्तसञ्चार गरेको हुन्छ । यस क्रममा आधुनिक शासन व्यवस्थासँग प्रत्यक्ष र परोक्ष रूपमा सम्बन्धित अन्य पक्ष यिनै दुई संरचनाद्वारा निर्देशित हुन्छन् । नेपालको वर्तमान शासन व्यवस्थामा आधुनिक र उन्नत लोकतन्त्र तथा सार्वजनिक प्रशासनमा सिद्धान्ततः नयाँ सार्वजनिक शासन (एनपिजी) को विश्वव्यापी मान्यता अवलम्बन गरिएको छ । निजी क्षेत्र, गैरसरकारी सङ्घ संस्था तथा अन्य पक्षसँगको समन्वय, सहकार्य र
नारायणघाट–बुटवल सडक खण्ड फेरि पूर्णरुपमा अवरुद्ध
पूर्व–पश्चिम राजमाार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड फेरि पूर्णरुपमा अवरुद्ध भएको छ । दाउन्नेमा भासिएको सडक मर्मतको काम चलिरहेका बेला मङ्गलबार राती फेरि लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ ।
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. सरकारले विद्युतीय राहदानी (ई पासपोर्ट) कहिलेदेखि प्रयोगमा ल्याउन थालेको हो ? विसं २०७८ मङ्सिर १ – हाल प्रचलनमा रहेको मेसिन रिडेवल पासपोर्ट (एमआरपी) लाई विस्थापन गर्ने लक्ष्यसहित ई पासपोर्ट प्रयोगमा ल्याइएको हो । – शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशीलाई पहिलो ई पासपोर्ट प्रदान गरिएको थियो । – सन् २०३० सम्ममा सबैको हातमा ई पासपोर्ट पु¥याउने राहदानी विभागको लक्ष्य रहेको छ
हसिनाद्वारा बिहीबार सार्वजनिक रूपमा उपस्थित हुन आफ्ना समर्थकलाई आग्रह
अपदस्थ बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले मङ्गलबार आफ्ना समर्थकहरूलाई आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन राजधानी ढाकामा सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गर्नुभएको छ ।
वातावरण र विकासबिचको सन्तुलन : लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
वातावरण र विकासबिचको सन्तुलन १. वातावरण र विकासबिचको सन्तुलन किन आवश्यक छ ? वातावरण र विकासबिच सन्तुलन कायम गर्न के कस्ता उपाय अवलम्बन गर्नुपर्ला ? उल्लेख गर्नुहोस् । नागरिकको सुख र समृद्धिका लागि मुलुकको विकास पूर्वसर्त मानिन्छ । विकासका लागि सडक, पुल, नहर, विमानास्थल, विद्युत् पूर्वाधार जस्ता भौतिक पूर्वाधारलगायत उद्योग, कलकारखाना, व्यापारिक मल, निर्यात प्रवर्धन क्षेत्र जस्ता औद्योगिक एवं व्यापारिक पूर्वाधारहरू निर्माण गर्नु आवश्यक हुन्छ । यी संरचना निर्माण गर्दा निर्माण स्थल
मिडिया काउन्सिल विधेयकमाथि थप छलफल हुने
अध्यक्ष नियुक्तिको सिफारिस र छानबिन समितिबारे विधायन व्यवस्थापन समितिमा सहमति नभएपछि मिडिया काउन्सिल विधेयक–२०८० को दुवै व्यवस्थामाथि सरोकारवालासँग थप छलफल हुने भएको छ । दुवै विषयमा समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको राय बाझिएको छ ।
मयूर पकाएको भिडियो राख्ने भारतीय युट्युबर पक्राउ
भारतको संरक्षित राष्ट्रिय चरा मयूरलाई खाना पकाएर खाएको भिडियोले आक्रोश बढेपछि कोडम प्रणय कुमारलाई पक्राउ गरी हिरासतमा लिइएको प्रहरीले बताएको छ ।