• १२ मंसिर २०८१, बुधबार

पर्खाल भत्किँदा महिलाको मृत्यु, पुरुषको शव भेटियो

blog

सप्तरीको शम्भुनाथ नगरपालिका २ स्थित वेवारिसे अवस्था भेटिएको शव । तस्बिर : देवरामप्रसाद यादव

देवरामप्रसाद यादव

सप्तरी साउन ३० गते । सप्तरीको राजबिराज नगरपालिका–५ मा घरको पर्खाल भत्केर एक महिलाको बुधवार मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । 

जिल्लाको राजबिराज न.पा.५ का राजाराम दासको घरको पर्खाल (वाल) प्लास्टर गर्ने क्रममा लेवर काम गर्ने राजविराज ९ मलेठका ४० वर्षीया उर्मिला महतोमाथि सोही पर्खाल भत्केर टाउको, हात र शरीरमा चोट लागी घाइते भई उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । 

सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुण्डीराज नेउपानेले अस्पतालमा चिकित्सकले मृत्यु भएको जनाउ दिएको बताउनु भयो । 

यसैगरी, सप्तरीको शम्भुनाथ नगरपालिका २ स्थित शम्भुनाथ मन्दिर नजिक बुधबार एक पुरुषको शव फेला परेको छ । पूर्वपचिम लोकमार्ग स्थित मन्दिर जाने गेट नजिक ५० वर्षीय  वेवारिसे अवस्थामा शव फेला परेको हो । 

खेतमा लडेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि घटना स्थलमा प्रहरी पुग्दा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।  मृतकको  पहिचान नखुलेको तथा शव परीक्षणका लागि राजविरा स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।