• ३० साउन २०८१, बुधबार

हसिनाद्वारा बिहीबार सार्वजनिक रूपमा उपस्थित हुन आफ्ना समर्थकलाई आग्रह

blog

अपदस्थ बङ्गलादेशी प्रधानमन्त्री शेख हसिना

ढाका, साउन ३० गते । अपदस्थ बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले मङ्गलबार आफ्ना समर्थकहरूलाई आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन राजधानी ढाकामा सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गर्नुभएको छ ।

“म तपाईंहरूलाई अगस्ट १५ मा राष्ट्रिय शोक दिवसलाई उचित सम्मान र गम्भीरताका साथ मनाउन अपिल गर्दछु”, उहाँले अमेरिकामा रहेका आफ्ना छोरामार्फत पत्रकारहरुलाई दिएको लिखित विज्ञप्तिमा भन्नुभयो । रासस/एएफपी