• १६ भदौ २०८१, आइतबार

बोलेरो दुर्घटनामा एकको मृत्यु

blog

दुर्घटनामा परेकाे बाेलेराे । तस्बिर : साधन घर्ती

साधन घर्ती 

म्याग्दी (दरबाङ), साउन ३० गते । म्याग्दीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–७, टिकोटमा बुधबार बिहान बेनीतर्फ आउन लागेको ग १ ज ७९४५ नम्बरको बोलेरो जिप भिरालो सडकबाट पछाडि गुडेपछि भिरबाट खसेको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका सोही गाउँका ६४ वर्षीय भीम बहादुर पाइजा पुनको उपचारको लागि बेनी अस्पताल ल्याइएको थियो । करिब १ बजे उहाँको बेनी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । उहाँको अनुहार र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिनुभयो । 

रोकेर राखिएको जिप पछाडिपट्टि चिप्लिएर गुडेर सडकदेखि करिब पचास मिटर तल खसेको थियो । सोही दुर्घटनामा सामान्य घाइते हुनुभएका सोही वडाका ४१ वर्षीय कुमार पुनको बेनी अस्पतालमा उपचार भइरहेको छ  भने सोही वडाका चालक ३६ वर्षीय केशव पुनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । सोही वडाका ७१ वर्षीय वीरबहादुर पुन सामान्य घाइते हुनुभएको छ ।