• ३२ साउन २०८१, शुक्रबार

सन्तुलित राजनीतिक शक्ति

blog

सैद्धान्तिक र व्यावहारिक रूपमा स्थिर राजनीतिक दृष्टिकोणको विकास गरेर असन्तुलित राजनीतिलाई सन्तुलित बनाउन सकियो भने मात्र मुलुकले स्थिरताको सास फेर्न पाउँछ । स्थिरता आफैँमा शान्ति, विकास र समृद्धिको आधार हो । वास्तवमा स्थिरताको दृष्टिकोणबाट कमीकमजोरी देखिएका संवैधानिक जटिलतालाई परिष्कृत रूपमा परिमार्जन गरी स्थिर सन्तुलनको बाटो अङ्गीकार गर्दै अगाडि बढ्न सक्नु पर्छ । राजनीतिक दल देश र जनताको हितमा प्रतिबद्ध बन्दै स्थिरताको रणनीतिलाई आधार विन्दु बनाई मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउने सङ्कल्पका साथ काम गर्नुको अर्को उत्तम विकल्प देखिँदैन । 

राजनीति सधैँ परिवर्तनशील हुन्छ । परिवर्तित राजनीतिक व्यवस्थाले नै मानव समाजको नेतृत्व गर्दै अगाडि बढिरहेको हुन्छ । कुनै राजनीतिक व्यवस्था मानव जातिका लागि त्यति बेला वरदान साबित हुन्छ, जब त्यसले मानवजातिको जीवनस्तर उकास्न तथा जनताको सार्वभौम अधिकारको संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्न सफल हुन्छ । मानव जीवनको हरेक पक्षमा राजनीतिक व्यवस्थाले सर्वव्यापी र सर्वशक्तिमान नायकका रूपमा काम गरिरहेको हुन्छ । मानव जाति स्वाभाविक रूपमा जिज्ञासु प्राणी भएकाले समाजमा घट्ने हरेक घटनाको कारणबारे चासो र जिज्ञासा राख्ने गर्छ । ती घटनाले ल्याएको परिवर्तनले समयानुकूल मानव जातिको हितलाई प्रतिनिधित्व गर्न सकियो भने परिवर्तन स्थापित हुँदै जान्छ । अन्यथा घटना द्वन्द्वमा परिणत हुने खतरा पनि बढ्छ । 

जबसम्म राजनीतिक शक्ति वा नेतृत्व कुनै बाहिरी शक्तिबाट प्रभावित र विचलित हुँदैन, तबसम्म देश र जनतासँग सन्तुलन कायम गरेर अगाडि बढिरहन सफल हुन्छ । त्यस्तो राजनीतिक शक्तिले सन्तुलनलाई स्थिर राख्न सक्छ, जसले विस्थापित हुँदा पनि सन्तुलनको अवस्थामा फर्काउने क्षमतावान् शक्तिको विकास गर्छ । राजनीतिक सन्तुलनका लागि आन्तरिक तथा बाह्य अवस्थाका सम्भावित परिवर्तन सम्बोधन गरी प्रणालीगत कार्यदिशामा असर नपर्ने गरी अगाडि बढ्नु पर्छ । राजनीतिमा वैज्ञानिक दृष्टिकोण अपरिहार्य छ । वैज्ञानिक सन्देशको मूल्याङ्कन गर्दै समाज) रूपान्तरणको दिशा आकलन गरेर युगान्तकारी नेतृत्व प्रदान गर्न राजनीतिक शक्ति सक्षम हुनु पर्छ । विज्ञान र प्रविधिले गरेको प्रगतिमार्फत राजनीतिक, सामाजिक, आर्थिकलगायात क्षेत्रका नतिजालाई द्रुत गतिमा विभिन्न माध्यमबाट सार्वजनिक गर्न सक्षम बनाएको छ । त्यसैले विज्ञान र प्रविधिले ल्याएको द्रुत परिवर्तनको गतिसँगै राजनीतिक शक्ति पनि गतिशील भएर समाजको हितमा समर्पित हुन पर्छ । 

राजनीतिमा सफल र भाग्यमानी हुनका लागि नेतृत्वसँग कुनै पनि समस्या समाधान गर्ने महत्वाकाङ्क्षा अत्यन्त उच्च हुनु आवश्यक छ । कडा मेहनत र परिश्रमका साथ उत्साहित मनोबल बनाएर मौलिक रूपमा समस्याको समाधान गर्न सकिन्छ । मानसिक रूपमा पूर्ण तयारी रहेको निष्कलङ्कित नेतृत्वलाई मात्र राजनीतिमा उच्च अवसर र समर्थन प्राप्त हुन्छ । त्यसैले नेतृत्वले आमजनताको पेटमा बलिरहेको आगो निभाउन कडा परिश्रम गरी चुनौतीलाई अवसरमा बदल्दै अगाडि बढ्न सक्नु पर्छ । साथै स्पष्ट दर्शन, सिद्धान्त, विचार र मुद्दामा अडान कायम राख्दै अगाडि बढ्ने सामथ्र्य राजनीतिक दल वा शक्तिसँग हुनु पर्छ, अन्यथा नयाँ शक्तिले विस्थापित गर्न सक्छ । राजनीतिमा बेलाबखत धेरै नयाँ विचार देखा पर्ने गर्छन्, त्यसलाई प्रतिस्पर्धी शक्तिले सुरुमा नै नयाँ विचारको शक्तिलाई आकलन गरी सन्तुलनमा राख्न ध्यान दिनु पर्छ ।

राजनीतिलाई सही दिशामा अगाडि बढाउन र जनअपेक्षा अनुसार परिणाम निकाल्न विवेकशील बौद्धिक प्रतिभालाई समाल्दै असल सहकर्मीको समूह बनाउन आवश्यक हुन्छ । राजनीतिक दलले मुलुकलाई परिवर्तनको दिशामा अग्रगामी भूमिका निभाउन सक्ने नेतृत्व विकास र छनोट गर्दै असल विज्ञ सल्लाहकारको राय सुझावलाई शिरोधार्य गरी परिवर्तनको अभियानलाई अगाडि बढाउने अठोट लिनु पर्छ । वैचारिक र सैद्धान्तिक रूपमा प्रतिबद्ध भई सही कार्यदिशा लिएर अगाडि बढ्ने राजनीतिक शक्तिको उज्ज्वल भविष्य सुनिश्चित छ तर त्यस्ता राजनीतिक शक्तिका सङ्गठन तथा निकाय कठोरताका साथ प्रणालीगत गतिशील सन्तुलनमा रहन अपरिहार्य छ । गतिशील सन्तुलनको अवस्थामा रहेका शक्तिमा राजनीतिक एकाग्रता, दबाब र तापमानमा परिवर्तन भए पनि परिवर्तनलाई समावेश गरेर सन्तुलित रूपमा अगाडि बढ्ने सामाथ्र्य हुनु पर्छ । जटिल परिस्थितिमा पनि सन्तुलन गुमाउन हुँदैन भन्ने उच्च मानसिकताको साथ गतिशील हुन नेतृत्व तथा सङ्गठनले आमकार्यकर्ता तथा आमजनसमुदायलाई उत्प्रेरित गरिरहन सक्नु पर्छ । साथै राजनीतिक विचार र सिद्धान्तलाई परिष्कृत पार्दै मानव जीवनको गुणस्तर सुधारमा ध्यान केन्द्रित गरी आमजनसमुदायका समस्याको समाधानमा महìवपूर्ण योगदान दिन सक्नु पर्छ । त्यसले मात्र गतिशील राजनीतिक सन्तुलनको अवस्थामा पु¥याउँछ ।

गतिशील राजनीतिक सन्तुलनको अवस्थामा राजनीतिक एकाग्रता, दबाब र तापमान जस्ता परिस्थितिको परिवर्तनले बाधा पु¥याउँछ । त्यस्तो अवस्थामा स्थिर राजनीतिक सन्तुलनको नीति अख्तियार गर्दै अगाडि बढ्नु पर्छ । अन्यथा राजनीतिक शक्ति छिन्नभिन्न हुँदै विखण्डित भएर अन्य शक्तिसँग विलय हुने खतरा हुन्छ । त्यसैले राजनीतिक दलले आन्तरिक लोकतन्त्र बलियो बनाउँदै लोकतान्त्रिक विधि र पद्धतिलाई अङ्गीकार गरेर स्थिरता र सन्तुलनको बाटोमा अगाडि बढ्नुको कुनै विकल्प हुँदैन । जब कुनै पनि राजनीतिक शक्ति वैचारिक, सैद्धान्तिक तथा साङ्गठानिक रूपमा कमजोर हुन्छ तब आंशिक वा पूर्ण रूपमा तरलताको दिशातिर अगाडि बढ्दै राजनीतिक रूपमा कमजोर भएर जान्छ । जब पूर्ण रूपमा तरलतामा डुबेर राजनीतिक सन्तुलन गुमाउने अवस्थामा पुग्छ तब सधैँका लागि त्यस्तो राजनीतिक शक्ति विलय हुने गर्छ । 

सन्तुलन गुमाउने अवस्थामा रहेको राजनीतिक शक्तिलाई सानो बल वा कम्पनले पनि सन्तुलनबाट बाहिर पु¥याइ दिन्छ । यदि सन्तुलनबाट बाहिर धकेलिएर विस्थापित भई पुनः सन्तुलनको क्षेत्रमा फर्कन सक्दैन भने त्यो राजनीतिक शक्तिलाई सन्तुलन गुमाएको राजनीतिक शक्ति भनिन्छ । त्यस्तै कुनै राजनीतिक शक्ति सन्तुलनको क्षेत्रमा रहिरहन्छ वा सन्तुलनबाट बाहिर धकेलिए पनि पुनः सन्तुलनको क्षेत्रमा फर्कन्छ भने त्यो राजनीतिक शक्तिलाई स्थिर सन्तुलनमा रहेको राजनीतिक शक्ति भनिन्छ । सन्तुलनको स्थितिबाट विस्थापित शक्तिलाई पुनः सन्तुलन स्थितिमा फर्काउन अर्थात् पुनस्र्थापना गर्र्न राजनीतिक बल र सामथ्र्यको आवश्यक पर्छ । गतिशील सन्तुलनको स्थितिमा राजनीतिक उत्प्रेरकले खासै प्रभाव पार्न सक्दैन । यदि प्रभावित बनाउँछ भने गतिहीन असन्तुलनको स्थितितिर मोडिएर राजनीतिक तरलताको अवस्था आउँदै छ भनेर बुझ्नु पर्छ । 

राजनीतिक तरलताको अवस्थामा पुग्नु भनेको विशेष गरी चाप्लुसी र चाकडी गर्ने दलाल राजनीतिक कुसंस्कारको भुमरीमा दल तथा नेतृत्व फस्दै जानु र व्यक्तिगत लाभका गतिविधिमा लिप्त हुँदै जानु हो । राजनीतिमा माथिल्लो तह वा अधिकांश समय उच्च तहको नेतृत्वसँग मात्र आफ्नो टाउको सन्तुलन राख्ने तर भुइँमा खुट्टा टेकेर उभिन नसक्ने चाप्लुसी र चाकडीवादले पार्टीलाई अस्थिरता र असन्तुलित बनाइरहेको हुन्छ । विशेष गरी सबै राजनीतिक शक्तिसँग समदुरीमा राखेर चलयमान हुने दलालले नेतृत्वलाई निरन्तर प्रभावित बनाउँदै साझा स्वार्थमा जोड्ने नीति लिन्छन् । कुनै पनि राजनीतिक शक्ति, गुट, नेतृत्वबाट आफ्नो स्वार्थ पूरा हुँदैन भन्ने निष्कर्षमा पुगेपछि स्वार्थ पूरा गर्न अन्य शक्तिको खोजी गरी उच्च तहको नेतृत्वसँग नै टाउको जोडेर सन्तुलन मिलाउन प्रयास गरिरहन्छन् । स्वार्थमा लोभ्याएर लेनदेनको नीतिले बलियो बन्धन बनाउँदै नेतृत्वसँग सन्तुलित भई लाभ लिने कुसंस्कारले मुलुकलाई बर्बादीको खाडलमा धकेल्छ ।

राजनीतिक विज्ञानले जहिले पनि समाजको अधिकतम हितका निम्ति सामाजिक, आर्थिकलगायतका क्षेत्रमा निरन्तर गरिएका खोज र आविष्कारमार्फत परिष्कृत समाज निर्माणको सोच राख्नु पर्छ । समाजको रूपान्तरण सँगै प्राकृतिक संसारलाई प्राकृतिक रूपमा सुन्दरता प्रदान गर्ने आधार राजनीतिक विज्ञानले बनाउँछ । विज्ञान र प्रविधिमा गतिशील परिवर्तन भइरहने भएको हुँदा वैज्ञानिक उद्यम स्थिर हुँदैनन् । विज्ञान र प्रविधि समाजसँग गहिरो रूपमा जोडिएकाले समाज पनि परिवर्तनशील भएको हो । त्यसैले राजनीति शास्त्रले आधुनिक वैज्ञानिक आविष्कार र अभ्यासहरूसँग निरन्तर जोडिएर सामाजिक तथा आर्थिक रूपान्तरणलाई समाजको हितमा सही दिशा प्रदान गर्दै समृद्धिको आधार बनाउनु पर्छ ।   

Author

डा. ज्ञानेन्द्रबहादुर कार्की