• १ भदौ २०८१, शनिबार

प्रधानमन्त्री ओलीद्वारा 'ग्लोबल साउथ समिट'लाई सम्बोधन

blog

काठमाडौँ, भदौ १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारद्वारा आयोजित तेस्रो शृङ्खलाको ‘ग्लोबल साउथ समिट’ को उद्घाटन सत्रलाई आज भर्चुअलरुपमा सम्बोधन गर्नुभएको छ ।

यस क्षेत्रका करिब १५ राष्ट्रप्रमुख तथा सरकार प्रमुखबाट सम्बोधन भएको सम्मेलनबारे प्रधानमन्त्री ओलीले ट्विट गर्दै यस महत्त्वपूर्ण प्रयासलाई सुरु गरेर जारी राखेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभयो । "हामीले साझा प्रयासबाट हाम्रो भविष्यको बाटो कोर्न सक्छौँ, जसले सबैलाई लाभ दिनेछ," प्रधानमन्त्री ओलीले भन्नुभयो ।