इतिहासको खोज र पुस्तान्तरण
इतिहास भनेकै सङ्घर्ष, त्याग, बलिदानको निर्मिति हो । नेपालमा वर्तमानमा आइपुग्दासम्म भएका सबैखाले राजनीतिक, सांस्कृतिक, सामाजिक, आर्थिक परिवर्तन युद्ध, सङ्घर्ष, आन्दोलन, बलिदान, त्याग तथा विद्रोहकै देन हुन्, प्राप्ति हुन् । अहिले नेपालको विद्यमान ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ व्यवस्था ‘जनयुद्ध’ ले गरेको बल प्रयोगको उपलब्धि हो भन्नै पर्छ । किनकि ‘जनयुद्ध’ नभएको भए सामन्ती राजतन्त्रात्मक तानासाही व्यवस्था ढल्ने सम्भावना थिएन ।
आयस्रोतको आधार उन्नत कृषि
भनिन्छ, उत्तम खेती, मध्यम व्यापार, अधम जागिर । हाम्रा पुर्खाले हचुवाका भरमा यो भनेका होइनन् तर यो बाटोमा नहिँड्नाले आज हामी आर्थिक रूपमा निकै पछाडि छौँ । कृषि पेसालाई पहिलो प्राथमिकता दिएको भए विकासोन्मुख देशमध्ये सबभन्दा गरिबको लहरमा हामी पक्कै पर्ने थिएनौँ । हाम्रा पुर्खाले खेतीलाई उत्तम मान्नुका पछाडि बलिया आधार थिए । देशको आयस्रोतको पहिलो आधार कृषि नै हो । यसलाई सबैले स्वीकारेका छन् । ठुला उद्योगहरू चिनी कारखाना, जुट मिल, चुरोट कारखाना, खाद्यान्न आदि उद्योग कृषि उत्पादनमा आधारित हुन्छन् ।
खानेपानीमाथिको बेइमानी
मुलुक राजनीतिक सत्ताको आरोह र अवरोहमा अल्मलिएको छ । बितेका १५ महिनामा यो वा त्यो राजनीतिक खेलले विकासका काम प्राथमिकताभन्दा बाहिर परेका छन् । विकासको काम कर्मचारीतन्त्रको जिम्मामा छाडिए झैँ देखिएको छ । राष्ट्रिय योजना आयोगलगायतका कर्मचारी अङ्कको भाषामा विकासलाई परिभाषित गर्ने काममा व्यस्त छन्, मस्त छन् । राष्ट्रियभन्दा अन्तर्राष्टिय मापदण्ड देखाएर मानिसलाई अल्मल्याउने काम हिजो पनि भइरहेको थियो, आज पनि त्योभन्दा माथि उठेर नागरिकले अनुभूत गर्ने विकासले गति नै लिन पाएको छैन । एक्काइसौँ शताब्दीसँगै सुरु भएको सहस्राब्दी विकास लक्ष्यमा नेपालले मूलतः बालमृत्यु द
क्षयरोग मुक्त अभियान
विश्वमै क्षयरोग जनस्वास्थ्य र दिगो विकासका लागि प्रमुख चुनौती रहँदै आएको छ । यो सरुवा रोग उच्च मृत्युदर भएका १० वटा रोगमध्ये एकको रूपमा रहँदै आएको छ । सन् १९९३ मा विश्व स्वास्थ्य सङ्गठनले क्षयरोगलाई जनस्वास्थ्यको प्रमुख समस्याका रूपमा घोषणा गरेपछि यसको प्रभावकारी योजना र व्यवस्थापनका लागि नयाँ नीति र कार्यक्रमहरूमा जोड दिँदै आएको छ । गरिबी, अशिक्षा, चेतनाको कमी, आन्तरिक बसाइँसराइ र खुला सिमाना आदि कारणले क्षयरोगबाट सङ्क्रमित हुने दर बढ्दो छ ।
पर्यटन अर्थतन्त्रको मुहार
केही दिनअघि भक्तपुरको मुख्य सहर घुम्न पुगेँ । दुई वर्षअघि पनि पुगेको थिएँ तर त्यतिबेला पर्यटकको चहलपहल अति न्यून थियो । पर्यटकीय पसल सुनसान जस्तै थिए त्यस बखत । यो पटक बाक्लै पर्यटकीय चहलपहल देखियो । पर्यटकलाई आकर्षण गर्ने हस्तकलादेखि अनेक पसलमा बस्ने व्यापारीहरू उत्साही देखिन्थे । ससाना होटलमा कतै बारा त कतै चटामरी पाकिरहेका थिए । त्यस्तैमा पर्यटकहरूले स्थानीय पाकको स्वाद लिइरहेको देखिन्थ्यो । स्थानीयको मुहारमा सकारात्मक परिवर्तन आएको देखियो ।
चुलिँदो जनअपेक्षा
संविधान जारी भएपछि भएको दोस्रो आमनिर्वाचनबाट बनेको गठबन्धनको सरकारको विकल्पमा पाँच वटा वामपन्थी एवं लोकतान्त्रिक दलको पहल र नेतृत्वमा २१ फागुनमा नयाँ वाम लोकतान्त्रिक संयुक्त सरकार गठन भएको छ । मुलुकमा २०६२/६३ को शान्तिपूर्ण जनक्रान्तिबाट युगान्तकारी परिवर्तन भएर गणतान्त्रिक शासन व्यवस्थाको आरम्भ भयो । गणतन्त्र घोषणा भएको १८ वर्ष र संविधान जारी भएको ८ वर्ष व्यतीत भयो । जनताले आशातीत परिवर्तनको अनुभूति गर्न नपाएपछि राजनीतिक वृत्तमा एउटा भाष्य नै निर्माण भयो । व्यवस्था परिवर्तन भयो तर जनताको अवस्थामा परिवर्तन भएन भन्ने गुनासो चर्काे गरी फैलिरहेको छ । गणतन्त्र स्थापना भएपछि जारी भएको संविधानले समाजवाद उन्मुख दिशामा अगाडि बढा
गाउँमा गुञ्जयमान होरी
रानाथारुको महान पर्व होरी (होली) माघ पूर्णिमाको दिनदेखि सुरु भई फागु पुर्णिमा पछिको आठ दिनसम्म (१ महिना ८ दिन) मनाइने ठुलो पर्व हो ।
गठबन्धनका चुनौती
मार्क्सवाद विज्ञान हो । ठोस परिस्थितिको ठोस विश्लेषण नै मार्क्सवाद हो । यो फर्मुला मान्ने हो भने र सो फर्मुलाबमोजिम गठबन्धन बनेको भए सही हुन्छ, टिक्छ नबनेको भए टिक्दैन । यति कुरा सामान्य ज्ञानभित्र पर्छन् । तर मानिसहरू यो वा त्यो दृष्टिले यसको औचित्य प्रमाणित वा अप्रमाणित गर्ने धुनमा दौडिरहेका छन् । तथ्यका आधारमा गरिने विश्लेषण सही साबित हुने र अनुमानका आधारमा गरिने विश्लेषण बेठिक साबित हुने कुरा पनि सोह्रै आना सत्य हो । यति कुरा जान्दाजान्दै पनि मा
सांस्कृतिक दृष्टिमा फागु
विविधताभित्र एकताको भाव रहनु नेपाली समाज तथा संस्कृतिको विशेषता हो, यही विविधताभित्रको एकताले गर्दा हरेक जातजातिका सामाजिक सांस्कृतिक चालचलन, रीतिरिवाज, जात्रा पर्वहरूले नेपालको पहिचान कायम गरेका छन् । बहुसांस्कृतिक मुलुक भएकोले यहाँ हरेक समयमा विभिन्न जात्रा, पर्व उत्सव मनाइन्छ जसको ऐतिहासिक–सांस्कृतिक धार्मिक तथा सामाजिक महत्व छ । यस्ता रीतिरिवाज तथा परम्पराले नेपाली समाजको तथा राष्ट्रिय एकता सामाजिक सद्भाव, मैत्रीपूर्ण भावना तथा प्रेमको सन्देश दिएका छन् । यहाँ मनाइने विभिन्न पर्वमध्ये होली अर्थात् फागु पनि एक हो, वसन्त ऋतुको समाप्ति र ग्रीष्म ऋतुको आगमनसँगै म
शिक्षामन्त्रीका कार्यभार
शिक्षामन्त्रीलाई मुलुकको पूरै शिक्षा प्रणाली हेर्ने हो भन्ने ज्ञान नहुनु नै नेपालको शिक्षा क्षेत्रका लागि दुर्भाग्य बन्दै आएको छ । अहिलेसम्म शिक्षामन्त्रीका रूपमा पदबहाल गरेकामध्ये प्रायः मन्त्रीहरूले विद्यालय मन्त्रीका रूपमा भूमिका निर्वाह गरेर बिदा भएका छन् । शिक्षामन्त्री भनेको जिल्ला शिक्षा कार्यालयको उपल्लो हाकिम र विद्यालयका शिक्षकको पदस्थापन, बढुवा र सरुवामा मात्र केन्द्रित हुँदै आएको प्रतीत हुन्छ । विश्वविद्यालय, उच्च शिक्षा र नेपालको समग्र शिक्षा आफूले हेर्नु पर्छ भन्ने कुनै पनि शिक्षामन्त्रीले महसुस गर्न सकेको देखिएन । यहीबिचमा नेपालको समग्र शिक्षा नीतिका बारेमा र उच्च शिक्षाका सन्दर्भमा समेत महत्वपूर्ण विचा
आर्थिक कूटनीतिको मूल्य
मुलुकको हित प्रवर्धनका लागि बाह्य राष्ट्र वा अन्तर्राष्ट्रिय सङ्गठनसँग सम्बन्ध विकास तथा विस्तार र मजबुत बनाउन राज्यले लिने राजनीतिक, आर्थिक, सामाजिक–सांस्कृतिकलगायतका विषय समेटिएको नीति नै परराष्ट्र नीति हो । राज्यको अधिकतम हित सम्प्रवर्धन र प्राप्तिका लागि कुनै पनि मुलुकले आफ्नो परराष्ट्र नीति तय गरेको हुन्छ । उक्त नीति कार्यान्वयन गर्ने माध्यम नै कूटनीति हो । कूटनीतिका विभिन्न प्रकारमध्ये आर्थिक कूटनीति एक हो । सरल तरिकाले विश्लेषण गर्दा मुलुकको सर्वोपरि हित प्रवर्धनका लागि सञ्चालन गरिने परराष्ट्र नीतिको आर्थिक पक्ष कार्यान्वयन गर्न तय गरिने नीति नै आर्थिक कूटनीति हो ।
वित्तीय साक्षरतामा ग्लोबल ‘मनी विक’
‘द अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट’ (ओइसिडी) ले सन् २००२ मा पहिलो पटक वित्तीय साक्षरताको महìवलाई औपचारिक रूपमा आत्मसात् गर्दै वित्तीय शिक्षा प्रवर्धनलाई व्यापक बनाउने योजना अगाडि सा¥यो । सन् २००८ मा उक्त परियोजनालाई विस्तार गर्दै ओइसिडीले ‘वित्तीय शिक्षाका लागि अन्तर्राष्ट्रिय सञ्जाल’ स्थापना ग¥यो । त्यसयता ओइसिडीले वित्तीय साक्षरता प्रवर्धनका निम्ति विभिन्न नीतिगत र कार्यगत प्रयास गर्दै आएको छ । हाल विश्वका १३१ मुलुकका केन्द्रीय बैङ्क, वित्तीय क्षेत्रका नियामक र सुपरिवेक्षकीय निकाय, अर्थ मन्त्रालय, शिक्षा मन्त्रालयलगायत करिब तीन सय संस्था यो सञ्जालमा आबद्ध
वन्यजन्तु संरक्षणका प्रयास
नेपाल हिन्दकुश पर्वतीय श्रेणीको दक्षिणी मोहडामा हिमालदेखि तराईसम्म फैलिएको छ । त्यसैले यहाँका जीवजन्तु, वनस्पतिमा धेरै विविधता पाइन्छ । नेपालको भूमि करिब ४५ प्रतिशत वन, १२ प्रतिशत हिमाली खर्क र पाँच प्रतिशत सिमसार क्षेत्रले ओगटेको हुनाले पनि वन्यजन्तुको बासस्थानका लागि उपयुक्त मानिन्छ । वन्यजन्तु पर्यटनमा बढ्दो आकर्षण, वन्यजन्तुको बायोमेडिकल प्रयोग र जैविक प्रविधिको विकासले वन्यजन्तुको महत्व अझै बढाएको छ ।
मातृभाषा शिक्षा : अभ्यास र आवश्यकता
हाम्रो देश भाषिक अल्पसङ्ख्यकको देश हो । यस यथार्थले नै हाम्रो देश बहुभाषी रहेको प्रस्ट्याउँछ । सबैभन्दा पछिल्लो राष्ट्रिय जनगणना प्रतिवेदन, २०७८ ले हाम्रो देशमा १२४ मातृभाषा बोलिँदै गरेको देखाएको छ । शाह वंशको उदयपछि हाम्रो यस बहुभाषी स्वरूपलाई क्रमशः एकभाषी बनाउने प्रयास सुरु भएको हो । त्यस अनुरूप विसं १९७० मा गोरखा भाषा प्रकाशिनी समिति र विसं १९९० मा नेपाली भाषा प्रकाशिनी समितिको प्रादुर्भाव भयो । देशमा खस, पर्वते वा गोरखा भाषाको नामबाट परिष्कृत हुँदै आएको एउटा भाषाले नेपाली कहलाउने अवसर प्राप्त ग¥यो । त्यसै समितिको निरन्तरताका रूपमा पछि खडा भएको साझा प्रकाशन त
मौलिक संस्कृतिको जगेर्ना
समय परिवर्तनशील छ । यो प्राकृतिक नियम हो । यसलाई हामीले सजिलैसँग स्वीकार्नु पर्छ । जङ्गली युगमा बसेका आदिम मानवले रुखका बोक्रालाई शरीर ढाक्ने साधन बनाएका थिए । कालान्तरमा रेशम किरा पालेर रेशमी धागोलाई चर्खाको माध्यमबाट वस्त्र निर्माण गरे । यस किसिमको वस्त्रको प्रयोगबारे धार्मिक ग्रन्थमा प्रशस्त व्याख्या पाइन्छ । प्रविधिको परिवर्तनसँगै परम्परागत घरेलु प्रविधिको प्रयोगमा कमी आउन थालेको छ । ग्रामीण क्षेत्रमा विद्युतीकरणले प्रवेश पाएपछि पिस्ने, कुट्ने, पेल्ने आदि सबै कामलाई विद्युतीय सामग्रीले विस्थापित गरिदिएको छ । कुनै बेला ग्रामीण जनजीवनका अभिन्न अङ्ग रहेका ती प्रविधि आज आएर दन्त्यकथा जस्ता लाग्ने गरेको छ । अहिलेको पुस्तालाई ती सामग्रीको नाम र प्रयोग अनौठो लाग्न सक्छ । ती प्रविधि यस प्रकार छन् :
कसले लेख्ने सीमान्तकृतको इतिहास ?
सामाजिक र भौगोलिक विविधताले नेपालको सौन्दर्य भरिपूर्ण छ तर यहीँ विविधताभित्र अनेकौँ असमानता पनि छन् । ती असमानतालाई विभिन्न कोणबाट निरुपण गर्न प्राज्ञिक माध्यमबाट पनि प्रयास थाल्नुपर्ने ठूलो आवश्यकता छ ।
इन्जिनियरिङ शिक्षाका चुनौती
नेपालमा इन्जिनियरिङ शिक्षाको अध्ययन अध्यापन भएको लामो समय बितिसक्दा पनि अझै दक्ष इन्जिनियरको माग पूरा हुन सकेको छैन । विद्यार्थीहरू महँगो शुल्क तिरेर प्राविधिक शिक्षा लिन बाध्य छन् । सरकारी क्याम्पसमा समेत इन्जिनियरिङ र अन्य प्राविधिक शिक्षाको शुल्क महँगो छ । शिक्षालाई कसरी सर्वसुलभ र रोजगारमुखी बनाउन सकिन्छ भन्ने बहस र छलफल सेमिनार र गोष्ठीमा टुङ्गिन्छ । उत्पादित दक्ष जनशक्तिलाई रोजगारी दिएर देशमै कसरी राख्ने भन्ने दीर्घकालीन र अल्पकालीन योजना तय गर्न सकिएको छैन । सिटिइभिटी र विश्वविद्यालय अन्तर्गत सञ्चालनमा रहेका कार्यव्रmममा इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीको कमी हुँदा कति
प्रशासनिक सङ्घीयतामा मानवीय पक्ष
सङ्घीयता कार्यान्वयनमा जिम्लिएको विषय प्रशासनिक सङघीयता हो । सङ्घीयतालाई मार्गमा हिँडाउन बिर्सिएका कतिपय विषयका कारण सङ्घीयताप्रति नकारात्मक धारणा बन्ने गरेका छन् । राजनीतिक संस्था व्यवस्थापनसँगै कर्मचारीतन्त्रको पनि दिगो व्यवस्थापन भएको भए सङ्घीयता कार्यान्वयनमा देखिएका सबै खाले समस्या क्रमशः हल हुने थिए । राजनीतिक/वित्तीय सङ्घीयताका सबै प्रणाली निर्माण गरिसक्दा पनि प्रशासनिक पक्ष गिजोलिएर रहनु दुर्भाग्यपूर्ण देखिन्छ ।
गुणस्तरीय पानीको अभाव
सन् १९९३ देखि हरेक वर्ष विश्वव्यापी रूपमा मनाइँदै आएको विश्व पानी दिवस यो वर्ष पनि मार्च २२ मा मनाइँदै छ । यस वर्षको विश्व पानी दिवसले पानीलाई शान्तिका लागि प्रयोग गर्नुपर्ने आसयको नारा बोकेको छ । यसले विश्वव्यापी रूपमा नै पानीको स्रोतमाथि यसका उपभोगकर्ताको सरोकार बढेको र यसको उपयोगको विषयमा विवाद बढ्दै गएको सङ्केतका रूपमा लिन सकिन्छ । जलस्रोतमा धनी भनिएको हाम्रो मुलुकमा अहिलेसम्म पानी उपयोगकै कारण ठुला विवाद र द्वन्द्वका घटना नभए पनि बढ्दो जनसङ्ख्या, सहरीकरण, जलवायु परिवर्तनको प्रतिकूल असर, पानीको भौगोलिक एवं समयबद्ध असमान उपलब्धता, परिवर्तित जीवनशैली एवं पानी उपभोगको प्रवृत्तिमा आएको परिवर्तनका कारणले पानीको माग र आपूर्तिबिचको असन्तुलन बढ्दो छ ।
पानी संरक्षणमा भएका प्रयास
पानी जीवनको आधार हो । पञ्चतत्वमध्येको एक पानी सबै जीवित प्राणीका लागि अपरिहार्य छ । पिउन एवं सरसफाइ, सिँचाइ, यातायात, बिजुली उत्पादन, कलकारखाना सञ्चालन र पशुपालनका लागि पानीको उपयोग गरिन्छ । स्वच्छ पानी सबैजसो मानवीय क्रियाकलापका साथसाथै पारिस्थितिकीय प्रणाली र जैविक विविधताका स्वास्थ्यका लागिसमेत महत्वपूर्ण रहेको हुन्छ । वातावरण संरक्षण, गरिबी एवं भोकमरीको निराकरण र दिगो विकासका लागि पानीको अपरिहार्य आवश्यकता छ । त्यसैले त ‘पानी हाम्रो जिन्दगानी’ भन्ने गरिएको हो ।
बजेट निर्माण चक्रका आधारभूत विषय
सार्वजनिक क्षेत्रमा वित्तीय जवाफदेहीताको माध्यम मात्र होइन कि बजेट निर्माण आम सरोकारको विषय पनि हो । त्यसो त बजेट भनेको एउटा समग्र प्रक्रियाको छोटकरी नाम मात्र हो । संविधानमै व्यवस्था गरेअनुसार राजस्व र व्ययको अनुमान गर्ने र संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले पेस गर्नुभन्दा अगाडि लामो प्रक्रिया पूरा गरेर मात्र बजेट तयारी हुने गर्दछ ।
उपभोक्ता अदालत गठनको आवाज
संविधान राज्य सञ्चालन गर्न आवश्यक तत्व मात्र नभई राज्यका सम्पूर्ण जनअधिकार प्रत्याभूति गर्ने महत्वपूर्ण लिखत पनि हो । शासकको अधिकार क्षेत्र र जनअधिकारबिच समन्वय स्थापित गर्ने काम पनि संविधानको माध्यमबाट नै हुन्छ । संविधान शासक र शासितबिच सन्तुलन कायम गर्ने एक महत्वपूर्ण दस्ताबेज हो । जुन सरकारका लागि निर्देशिका हो, सरकारलाई शक्ति प्रदान गर्ने र शक्तिमाथि नियन्त्रण लगाउन सक्ने एक कानुनी हतियार हो ।
युवा विकासका कार्यक्रम
सङ्घीय र प्रदेश संसद् तथा स्थानीय तहमा युवाको प्रतिनिधित्व बढ्दो छ । स्थानीय तहमा ४१.१४ प्रतिशत, प्रदेशमा २१ प्रतिशत र सङ्घीयमा १३ प्रतिशत युवा निर्वाचित भएका छन् । यसबाट राज्यको नीतिनिर्माण तहमा युवाको पहुँच र सहभागिता उल्लेख्य रूपमा बढेको देखिन्छ । सरकारको विगत चार वर्षको बजेटलाई हेर्ने हो भने युवालाई विशेष ध्यान दिइएको छ । स्थानीय सरकारले युवाको व्यावसायिक सिप विकास र स्वरोजगारका विभिन्न कार्यक्रम घोषणा गरेका छन् तर युवाको विकासका लागि आवश्यक बजेट पुगेन भन्ने गुनासो सर्वत्र सुनिन्छ । सरकारले विभिन्न मन्त्रालयमार्फत युवाको विकासका लागि बजेट विनियोजन गर्नुभन्दा एउटै मन्त्रालयबाट गर्नु उचित हुन्छ । यसले कार्यक्रम एकीकृत तवरबाट कार्यान्वयन गर्न सहयोग पुग्छ भने कार्यक्रम प्रभावकारी पनि हुन्छ ।
बाइडेनलाई ट्रम्पको चुनौती
विश्वको सर्वाधिक शक्तिशाली राष्ट्र अमेरिकाका दुई वृद्ध नेता जोए बाइडेन र डोनाल्ड ट्रम्प यसै वर्षको नोभेम्बर ५ मा हुने राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । वर्तमान राष्ट्रपति बाइडेन ८१ वर्ष र पूर्वराष्ट्रपति ट्रम्प ७७ वर्षको हुनुभयो । यसअघि सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा पनि उहाँहरूबिच नै प्रतिस्पर्धा भएको थियो । ट्रम्पलाई हराएर बाइडेन राष्ट्रपति बन्नुभएको हो । यस पटक ट्रम्प नै बाइडेनका लागि प्रमुख चुनौती बन्नुहुने छ । उहाँले चुनावमा आफूले हारे रक्तपात हुने चेतावनीसमेत दिनुभएको छ ।