भोजपुर गोल्ड कप : चर्च ब्वाइज सेमिफाइनलमा
चर्ज ब्वाइज युनाइटेड क्लब सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्ड कप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
महिला भलिबलमा एपिएफ र न्यु डायमन्ड विजयी
एपिएफ र न्यु डायमन्ड स्पोर्ट्स क्लबले सातौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
वेस्ट इन्डिज टोली नेपाल आइपुग्यो
नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि सुरु हुने टी–२० सिरिज खेल्न वेस्ट इन्डिज टोली बुधबार काठमाडौँ आइपुगेको छ ।
कोशीलाई हराएको गण्डकी प्रतियोगिताबाट बाहिरियो
गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–२० प्रतियोगितामा बुधबार कर्णाली प्रदेशमाथि जित निकालेको छ ।
उपत्यका व्यापी मेयर कप फुटबल गोदावरीमा
प्रथम उपत्यकाव्यापी अन्तर नगरपालिका खुला मेयर कप फुटबल प्रतियोगिता वैशाख १५ गतेदेखि गोदावरीमा हुने भएको छ ।
भोजपुर गोल्ड कप : सलहेश सेमिफाइनलमा
सलहेश युवा क्लब सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्ड कप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
कोशीमाथि मधेशको रोमाञ्चक जित
वीर गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले कोशी प्रदेशमाथि रोमाञ्चक जित निकालेको छ ।
प्रशान्तलाई मिनी म्याराथन उपाधि
झापाको कनकाई नगरपालिकामा लियो क्लब अफ कनकाई सुरुङ्गाले आयोजना गरेको मिनी म्याराथनको उपाधि धरानका प्रशान्त तामाङले जित्नुभएको छ ।
ललितपुरमा अन्तरपालिका भलिबल हुँदै : प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने
प्रज्ञा स्मृति प्रतिष्ठानले ललितपुरको महांकाल गाउँपालिकामा बागमती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता गर्ने भएको छ।
इन्टरले जित्यो सिरी ए उपाधि
इटालियन सिरी ए फुटबलको उपाधि इन्टर मिलानले जितेको छ । सोमबार राति भएको मिलान डर्बीमा एसी मिलानलाई २–१ गोलले हराउँदै इन्टर च्याम्पियन बनेको हो ।लगातार दोस्रो पटक च्याम्पियन बनेको इन्टरको यो समग्रमा २०औँ सिरी ए उपाधि हो ।
जलेश्वरलाई मटिहानी मेयर कप उपाधि
प्रथम मटिहानी मेयर कप फुटबल प्रतियोगिताको उपाधि जलेश्वर फुटबल क्लबले उचालेको छ । मटिहानी नगरपालिकास्थित मटिहानी रङ्गशालामा सोमबार अबेर सम्पन्न फाइनल खेलमा जलेश्वरले एभरेष्ट एकेडेमी फुटबल क्लब सर्लाहीलाई पेनाल्टीमा ४–१ गोलले हरायो ।
कर्णाली र बागमती विजयी
कर्णाली प्रदेश र बागमती प्रदेशले वीर गणेशमान सिंह कप राष्ट्रिय टी–२० पुरुष क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ । चार खेलमा तेस्रो जित हात पार्ने क्रममा कर्णालीले गण्डकी प्रदेशलाई पाँच रनको झिनो अन्तरले हरायो ।
भोजपुर गोल्ड कप : भगवती स्पोर्ट्सको विजयी सुरुवात
भगवती स्पोर्ट्स क्लब खोटाङले सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्ड कप प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
मदन भण्डारी स्मृति हाफ म्याराथनको तयारी
नेकपा एमाले तत्कालीन महासचिव स्वर्गीय मदन भण्डारीको स्मृतिमा राष्ट्रिय खुला म्याराथन हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले रुपन्देहीको बुटवलमा मदन भण्डारीको ३१औँ स्मृति दिवसको अवसरमा जेठ ३ गते म्याराथन आयोजना गर्न लागेको हो ।
साहना प्रधान स्मृति राष्ट्रिय हक्की धुलिखेलमा
छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता शनिबारदेखि धुलिखेलमा हुने भएको छ ।
भोजपुर गोल्ड कप : आर्मीको विजयी सुरुवात
सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्ड कपमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।
कर्णाली र सुदूरपश्चिम विजयी
काठमाडौँमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा आइतबार कर्णाली र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।
वेस्ट प्वाइन्टलाई ब्राइट फ्युचर कप फुटसल उपाधि
तेस्रो ब्राइट फ्युचर कप फुटसल प्रतियोगिताको उपाधि वेस्ट प्वाइन्टले जितेको छ । नैकापस्थित आयोजक कोर्टमा आइतबार भएको फाइनल खेलमा वेस्ट प्वाइन्टले जेसिस इन्टरनेसनल स्कुललाई ३–० गोलले हरायो ।
स्याङ्जालाई गल्याङ कप भलिबल उपाधि
प्रथम गल्याङ कप आमन्त्रित जिल्ला स्तरीय भलिबल प्रतियोगिताकाे उपाधि स्याङ्जा भलिबल सङ्घले जितेको छ ।
फुटसलमा ग्लोबल आइएमई बैङ्क च्याम्पियन
अन्तर बैङ्क फुटसल प्रतियोगिता–२०८१ को उपाधि ग्लोबल आइएमई बैङ्कले जितेको छ । आइतबार भएको फाइनल खेलमा ग्लोबल आइएमई बैङ्कले कुमारी बैङ्कलाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो ।
दक्षिण एसियाली कुराँसमा नेपाललाई दुई स्वर्ण
भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुराँस च्याम्पियनसिपमा नेपालले दुई र तीन रजत पदक जितेको छ ।
नेपाल इमर्जिङ एसिया कपबाट बाहिरियो
एसीसी प्रिमियर कपअन्तर्गत ओमानको अल अमरात क्रिकेट मैदानमा शनिबार तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग चार विकेटले पराजित भएसँगै नेपालको इमर्जिङ एसिया कप गुमेको हो ।
भोजपुर गोल्डकपको तयारी पूरा
भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । भोलि आइतबारदेखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक भोजपुर जिल्ला फुटबल संघले जानकारी दिएको छ ।
नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य
एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानको खेलमा नेपालले जितका लागि हङकङलाई एक सय ४० रनको मध्यम लक्ष्य दिएको छ ।