एनपिएल विजेता जनकपुरलाई गौरमा स्वागत
रौतहट जिल्लाको सदरमुककाम गौरमा नेपाली प्रिमियर लिग (एनपिएल) विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीलाई भव्य स्वागत गरिएको छ ।
हाप्किडोमा लुम्बिनी पहिलो
नेपालगन्जस्थित रङ्गशालामा सम्पन्न प्रतियोगितामा लुम्बिनीले सर्वाधिक १७ स्वर्ण, १३ रजत र सात कांश्य पदक जित्दै पहिलो भएको हो ।
फिदिममा फाल्गुनन्द गोल्डकपको क्रेज
फिदिममा आयोजना हुने गरेको फाल्गुनन्द गोल्डकप प्रतियागिताको क्रेज पुनर्जीवित भएको छ । कोभिड–१९ महामारी र फिदिमको खेल मैदान मर्मत कार्यका कारण स्थगित यो प्रतियोगिताले छ वर्षपछि आफ्नो पुरानै लोकप्रियतामा फर्किएको छ ।
सूर्यक्ष र पारुललाई जुनियर उपाधि
काठमाडौँमा जारी योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेसनल सिरिज–२०२४ अन्तर्गत पुरुष एकलतर्फको उपाधि सूर्यक्ष रावत र महिलातर्फ पारुल चौधरीले जित्नुभएको छ ।
सिद्धार्थलाई चौथो पटक रनिङ शिल्ड
फेदीखोला गाउँपालिकाले आयोजना गरेको सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१ उपाधि सिद्धार्थ माध्यमिक विद्यालयले उचालेको छ ।
पोखरामा ड्रागन बोट रेस सुरु
पर्यटन राजधानी पोखराको फेवातालमा आइतबारबाट अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता २०२४ आरम्भ भएको छ ।
सुम्हात्लुङ मिनी म्याराथनको उपाधि प्रताप र फुङनारालाई
सातौं संस्करणको सुम्हात्लुङ मिनी म्याराथनको उपाधि पुरुषतर्फ पाँचथरको फिदिम १० का प्रताप लिम्बू र महिलातर्फ पाँचथरकै मिक्लाजुङकी पुष्पा शेर्मा (फुङनारा) सेर्माले जित्नुभएको छ ।
तम्घासमा क्रिकेट प्रतियोगिता हुने
गुल्मीको सदरमुकाम तम्घासमा क्रिकेट प्रतियोगिता हुने भएको छ ।
मच्छिन्द्र फाल्गुनन्द गोल्डकपको फाइनलमा
मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फिदिमस्थित फिदिम माविको खेल मैदानमा शनिबार भएको सेमिफाइनल खेलमा मच्छिन्द्रले न्युरोड टिम (एनआरटी) क्लबलाई १–० गोलले हरायो ।
माघेनी मेलामा फुटबल प्रतियोगिताको आयोजना
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–४ चाँगेमा माघेनी मेलाको अवसरमा पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । स्थानीय आँपपानी युवा क्लबको आयोजनामा अन्तर क्लबस्तरीय फुटबल प्रतियोगिता हुने भएको हो ।
जीवनराम तेस्रो कार्यकालका लागि एनओसीको अध्यक्षमा निर्वाचित
नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित हुनुभएको छ । एनओसीको शनिबार अनलाइनमार्फत गरिएको निर्वाचनबाट जीवनराम तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
खेल पर्यटनको मियो एनपिएल
नेपाल क्रिकेट सङ्घ (क्यान) आफैले आयोजना गरेको एनपिएलको पहिलो संस्करण सकिएको एक साता मात्र पुगेको छ । तर, यसको चर्चा झनै चुलिँदो छ । ‘फेस्टिबल अफ हिमालय’ अर्थात् हिमालको चाडपर्व नाम दिईएको एनपिएल नेपाली खेलकुदकै महत्वकांक्षी र सर्वाधिक धन राशीको क्रिकेट प्रतियोगिता हो ।
बुवाको स्मृतिमा खेल मैदान बनाउन जग्गा दान
मोरङको उर्लाबारी–९ थक्लुङ चोकका चन्द्र छाराहाङले आफ्ना बुवाको स्मृतिमा एक बिघा पाँच कट्ठा जग्गा नि:शुल्क दिनु भएपछि खेल मैदान निर्माण गर्न थालिएको छ ।
महोत्तरीमा एनपिएल ट्रफी उत्साह
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेर जनकपुर फर्किएको जनकपुर बोल्ट्सका खेलाडी र टिम अफिसियललाई महोत्तरी जिल्लाको मटिहानी र जलेश्वरमा भव्य स्वागत गरिएको छ ।
एनपिएलले जगाएको आशा
भारतमा सन् २००७ मा फ्रेन्चाई क्रिकेट लिग आइपिएलको सफलतापछि अस्ट्रेलियामा बिग ब्यास, वेस्ट इन्डिजमा क्यारेबिय
अर्बको एनपिएल
नेपाल प्रिमियर लिग (एनपिएल) सकिएको साता पुगे पनि चियाचोक, चौतारीमा त्यसको चर्चा सेलाएको छैन ।
दोस्रो प्रोफेसनल हाप्किडो नेशनल च्याम्पियनसीप सुरु
सातवटै प्रदेशका खेलाडीको सहभागिता रहेको सो दोस्रो राष्ट्रिय प्रतियोगिताको नेपालगन्ज रंगशालाको कभर्ड हलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्नुभयो ।
चर्च ब्वाइज क्लब फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश
चर्च ब्वाइज क्लब काठमाडौँ फाल्गुनन्द गोल्डकपको उपाधि दाबेदार बन्न सफल भएको छ।
जनकपुरधाममा ट्रफी प्रदर्शन
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि हात पारेको खुसीमा जनकपुरधामा जनकपुर बोल्ट्सका खेलाडीका साथमा ट्रफी प्रदर्शन सुरु भएको छ।
लुम्बिनी कप महिला फुटबलले खेल क्षेत्रमा योगदान दिनेछ : मन्त्री चौधरी
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले महिला फुटबल खेलाडीहरूका विकासका लागि लुम्बिनी कप महिला फुटबल महत्वपुर्ण अवसर हुने बताउनुभएको छ ।
इनरुवामा स्थानीय स्तरीय कबड्डी सुरु
सुनसरीको इनरुवा नगरपालिका ९ बबियालाई चिनाउन पहिलो पटक जिल्लाभरका स्थानीय तहको सहभागितामा स्थानीय स्तरीय कबड्डी प्रतियोगिता सुरु भएको छ ।
तानसेन–१, लाई मेयर कप उपाधि
तानसेन नगरपालिकाद्वारा सञ्चालित ‘मेयर कप फुटबल’ को उपाधि तानसेन–१ ले हात पार्न सफल भएको छ । बिहीबार तानसेनको टुंडिखेल मैदानमा भएको प्रतियोगितामा तानसेन –१ ले तानसेन –९ को समूहलाई ३–२ गोल अन्तरले हराएको हो ।
ललितपुरको चेस टिम अग्रस्थानमा
ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा सञ्चालन भइरहेको राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपमा बिहीबार दोस्रो चरणको खेल सम्पन्न भएका छन् ।
मलेसियालाई तीन विधामा उपाधि
योनेक्स सनराईज नेपाल इन्टरनेशनल च्यालेन्ज–२०२४ मा मलेसियाले तीन विधामा उपाधि हात पारेको छ ।