• २० फागुन २०८१, मङ्गलबार

फुटबल टोलीको बन्द प्रशिक्षणमा ३० खेलाडी

blog

काठमाडौँ, फागुन २० गते । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा ३० खेलाडीले मौका पाएका छन् ।

प्रशिक्षक म्याट रोसले सिङ्गापुरसँग खेल्ने मैत्रीपूर्ण खेल र मलेसियाविरुद्ध खेल्ने एएफसी एसिएन कप छनोट २०२७ को तयारीका लागि ३० खेलाडीलाई प्रारम्भिक छनोटमा राख्नुभएको हो ।

नेपालले मार्च २१ मा सिङ्गापुरसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल र मार्च २५ मा मलेसियासँग छनोट खेल खेल्नेछ । बन्द प्रशिक्षणको बोलाइएका ३० मध्ये गोलरक्षकमा किरणकुमार लिम्बू, विशाल सुनार, दीप कार्की, अभिषेक बराल र अन्जल श्रेष्ठ हुनुहुन्छ । 

यस्तै रक्षकमा अनन्त तामाङ, छिरिङ लामा, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, रन्दिप पौडेल, सुमित श्रेष्ठ, अञ्जन राई, अभिषेक लिम्बू, आशिष गुरुङ र अशोक खवास हुनुहुन्छ ।

मिडफिल्डरमा लकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी, आयुष घलान र कृतिशरत्न छुन्जु तथा स्ट्राइकरमा जिलेस्पी जङ्ग कार्की, अन्जन विष्ट, समिर तामाङ, दिनेश हेन्जन, सुवास ठकुरी बम र निरजन धामी हुनुहुन्छ ।