• २२ फागुन २०८१, बिहिबार

सानेपामा क्रिकेट एकेडेमी सञ्चालन

blog

ज्ञानेन्द्र मल्ल क्रिकेट एकेडेमीको उद्घाटन गर्दै ।

काठमाडौँ, फागुन २१ गते । सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधबार एक कार्यक्रममा एकेडेमीको औपचारिक रुपमा उद्घाटन गर्नुभयो । 

ललितपुर महानगरपालिका वडानं.–२ स्थित सानेपामै खोलिएको एकेडेमी करिब चार रोपनी क्षेत्रफलमा फैलिएको  छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपियाँ खर्च भएको एकेडेमीले जनाएको छ ।

एकेडेमीको प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत क्रिकेटका मुख्य प्रशिक्षक साम्सङजङ्ग थापा, सोनु दास र सक्षम बास्ताकोटी रहनुभएको छ । एकेडेमी हालै सञ्चालनमा आए पनि रेडियन्ट रिडर्सले विगत ६ वर्षदेखि विद्यार्थीलाई क्रिकेटको प्रशिक्षण गराउँदै आएको छ । 

विद्यालयमा हाल एक सय ५० खेलाडीले प्रशिक्षण गरिरहेको जनाइएको छ । रेडियन्ट रिडर्सले क्रिकेटबाहेक टेबलटेनिस, बास्केटबल, फुटबल, पौडी, कराते र जिन्याष्टिकको प्रशिक्षक नै राखेर विद्यार्थीलाई प्रशिक्षण र प्रतियोगितामा सहभागी गराउँदै आएको छ ।