सन्जित युकेमा सम्मानित
डब्लुुएमएसी वेल्समा दुई पदक विजेता सन्जितकुमार राईलाई किरात राई यायोक्खा युकेले सम्मान गरेको छ ।
आइएलटी लिग खेल्दै कुशल मल्ल
नेपाली राष्ट्रिय टोलीका अलराउन्डर कुशल मल्लले युएईको टी–२० फ्रेन्चाइज लिग आइएलटी खेल्नु हुने भएको छ ।
ओलम्पिकको अध्यक्षमा तीन जनाको उम्मेदवारी
नेपाल ओलम्पिक कमिटीको अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ ।
झापा कपको उपाधि चर्च ब्वाइजलाई
झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपियाँ प्राप्त गरेको छ ।
फिदिम स्पोर्टिङ क्लब सेमिफाइनलमा
त्रिभुवन आर्मीलाई टाइब्रेकरमा हराँउदै आयोजक फिदिम स्पोर्टिङ क्लब ११औँ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
एनएनआइपिए स्पोर्ट्स अवार्ड यसै महिना
१९औँ संस्करणको एनएनआइपिए स्पोर्ट्स अवार्ड पुस २० गते हुने भएको छ । आयोजक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपिए) ले सोमबार पत्रकार सम्मेलन गरी अवार्डको मिति सार्वजनिक गरेको हो ।
रावल बने पाँचौ क्रसकन्ट्री दौडको च्याम्पियन
नेपाली सेनाका धावक करण रावल पाँचौ क्रसकन्ट्रीको च्याम्पियन बन्नुभएको छ ।
दक्षिणकालीको खाडलमा खेल मैदान बनाउने तयारी
काठमाडौँ महानगरपालिकाले दक्षिणकाली नगरपालिका वडा नं. ७ मा रहेको ठूलो खाडलमा माटो भरेर खेल मैदान बनाउने तयारी गरिएको छ ।
थप बलियो बन्दै लिभरपुल
लिभरपुलले टोट्टनहामलाई उसैको मैदानमा ६–३ गोलको फराकिलो अन्तरले हरायो । लिभरपुलको जितमा लुइस डियाज र मोहम्मद सलाहले दुई दुई गोल गर्नुभयो । यस्तै एलेक्सिस म्याक एलिस्टर र डोमोनिक स्जोबोस्ज्लाइले एक एक गोल थप्नुभयो ।
लुम्बिनी कपमा सङ्घसँगको सहकार्य
नेपालगन्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा बाँके जिल्ला फुटबल सङ्घले सहकार्य गर्ने भएको छ ।
क्रस कन्ट्री दौडमा करण च्याम्पियन
नेपाली सेनाका धावक करण रावल पाँचौँ क्रस कन्ट्री दौड च्याम्पियन बन्नुभएको छ ।
मोरङको बहुउद्देश्यीय कभर्ड हल अलपत्र
स्रोत सुनिश्चित नभई निर्माण सुरु भएको मोरङको उर्लाबारी–६ स्थित बहुउद्देश्यीय कभर्ड हल बजेट अभावमा अलपत्र भएको छ ।
बुढासुब्बा गोल्डकपको २५ औँ संस्करण माघ १९ बाट
धरानको चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको २५ औँ संस्करण माघ १९ देखि २६ गतेसम्म हुने भएको छ । धरान फुटबल क्लबले सोमबार पत्रकार सम्मेलन प्रतियोगिताको तयारी भइसकेको जानकारी दिएको हो ।
एनपिएल सबै नेपालीको खेल भएको छ
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा भएको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण सफलताका साथ सम्पन्न भएको छ ।
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज क्लबबीच स्थानीय डोमालाल रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ ।
जनकपुरको जितमा जनकपुरधाममा उत्सव
भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) खेलको उपाधि जनकपुर बोल्ट्सले पाएपछि उत्सवमय माहोल बनेको छ।
जसका दुवै सन्तान ‘एनपिएल’का विजेता र उपविजेता बने
वीरगञ्ज महानगर–१२ मुर्ली नयाँटोलका मोहम्मद सलाम शेख र समा प्रवीन त्यस्ता भाग्यमानी अभिभावक हुनुहुन्छ, जसका दुवै सन्तान प्रथम संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि चुम्ने जनकपुर बोल्ट्सका टिमका सदस्य आसिफ शेख र उपविजेता बन्ने सुदूरपश्चिम रोयल्स टिमका सदस्य आरिफ शेखका बुबाआमा हुनुहुन्छ ।
नेपाल र भुटान बराबरीमा रोकिए
नेपाल र भुटान यु–१९ राष्ट्रिय महिला टोली बिचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।
बार्सिलोनालाई एट्लेटिकोको झट्का
स्पेनिस ला लिगाको उपाधि होडमा रहेको बार्सिलोनालाई अर्को बलियो टोली एट्लेटिको म्याड्रिडको नमिठो झट्का लागेको छ ।
मैत्रीपूर्ण हक्कीमा आर्मी विजयी
बंगलामूखीस्थित एपीएफको मैदानमा भएको खेलमा आर्मीले घरेलु टोली एपीएफलाई २–० गोलले स्तब्ध बनायो ।
सुरजलाई मेयर कप साइकल दौड उपाधि
नेपालगन्जमा आयोजना गरिएको सातौँ मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि सुरज रानामगरले जित्नु भएको छ ।
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गर्नुभएको छ ।
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
गुल्मीको मुसिकोट नगरपालिका–७ वामीटक्सार बजारमा यही पुस १२ देखि २१ गतेसम्म पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । दोस्रो मुसिकोट महोत्सवका अवसरमा मुसिकोट नगरपालीकामा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
फाल्गुनन्द गोल्डकपमा आयोजक फिदिमको विजय सुरुवात
शनिबार सदरमुकाम फिदिमस्थित फिदिम माध्यामिक विद्यालयको खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा प्रतिस्पर्धी भारतको करसाङ फुटबल क्लबलाई हराएसँगै फिदिम स्पोर्टिङ क्लबले ११ औं संस्करणको फाल्गुनन्द गोल्डकपमा विजयी सुरुवात गरेको हो।