काठमाडौँ, फागुन १५ गते । रियल म्याड्रिडले स्पेनिस कोपा डेल रे फुटबलमा कठिन जित निकालेको छ ।
बुधबार राति भएको सेमिफाइनलको खेलको पहिलो लेगमा रियललदे रियल सोसिडाडलाई उसैको मैदानमा १–० गोलले हरायो ।
रियलको जितमा एन्ड्रिकले १९औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । उहाँले जुड बेलिङघमको पासमा गोल गर्दै घरेलु टोलीलाई स्तब्ध बनाउनुभयो । दोस्रो लेख रियलको घरेलु मैदानमा हुनेछ । एजेन्सी