• १२ फागुन २०८१, सोमबार

केपी ओली कप : पुलिसलाई हराउँदै आर्मी सेमिफाइनलमा

blog

गोल गरेपछि खुसी मनाउँदै आर्मीका खेलाडी ।

काठमाडौँ, फागुन १२ गते । त्रिभुवन आर्मी क्लब केपी ओली कप च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा आर्मीले विभागीय प्रतिस्पर्धी नेपाल पुलिस क्लबलाई २–० गोलले हरायो ।

आर्मीको जितमा नवयुग श्रेष्ठले १९औँ र दिनेश हेन्जनले ८२औँ मिनेटमा गोल गर्नुभयो । सेमिफाइनलमा आर्मीले सङ्कटा र अर्को विभागीय टोली नेपाल एपिएफ क्लबबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सोमबारनै अर्को खेलमा आयोजक केपी ओली एफसी र एनआरटी क्लबबिच प्रतिस्पर्धा हुनेछ । 

फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा विधागत विजेतालाई जनही ५० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।