• १५ फागुन २०८१, बिहिबार

फ्रान्स फर्कनुभयो सावित्रा

blog

फाइल तस्बिर ।

काठमाडौँ, फागुन १५ गते । ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न नेपाल आउनुभएकी सावित्रा भण्डारी ‘साम्बा’ प्रतियोगिता सकिएसँगै बिहीबार फ्रान्स फर्कनुभएको छ ।

उहाँ फ्रान्सको एन अभान्ट ग्वेनगाम्प क्लबबाट व्यवसायीक फुटबल खेलिरहनुभएको छ । अन्तर्राष्ट्रिय महिला फुटबलमा यसपटक सावित्राले लिग चरणमा लेबनान र म्यानमारविरुद्ध एक एक गोल गर्नुभयो । फाइनलमा भने उहाँले गोल गर्न सक्नुभएन । 

चार देश सम्मिलित प्रतियोगिताको फाइनलमा नेपाल बुधबार म्यानमारसँग २–० गोलले पराजित भएको थियो । घरेलु मैदानमा पहिलो पटक उपाधि चुम्ने नेपालको सपना पूरा हुन सकेन । सँधै उपविजेतामा सीमित बनेको नेपाल १३औँ पटक फाइनलमा चुकेको हो । 

यसैगरी प्रतियोगिता खेल्न नेपाल आउनुभएकी रेखा पौडेल पनि बिहीबार कर्मथलो फर्कनुभएको छ । रेखाले युएईको अबुधावी कन्ट्री क्लबबाट फुटबल खेलिरहनुभएको छ ।