खेलकुद विश्व विद्यालयको स्थापना गरिनुपर्छ : नेता महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले खेलकुद क्षेत्रको विकासका लागि खेलकुद विश्व विद्यालय स्थापना हुनुपर्ने धारणा राख्नुभएको छ ।
फिल्डिङ र ब्याटिङमा कमजोरी भए, आगामी दिनमा सुधार गर्छौँ : कप्तान पौडेल
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताउनुभएको छ।
विश्वकप क्रिकेटः इङ्ल्याण्डले वेस्टइण्डिजलाई आठ विकेटले हरायो
आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेट २०२४ अन्तर्गत सुपर आठको आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले वेस्टइण्डिजलाई आठ विकेटले पराजित गरेको छ ।
पासाङ र ऋदिको विजयी सुरुवात
नेपाल स्क्वास एन्ड राकेट्स सङ्घको आयोजनामा बुधबार प्रथम एनएसआरए प्रेसिडेन्ट कप स्क्वास च्याम्पियनसिप सुरु भएको छ ।
दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्ड वरीयतामा छैटौँ स्थानमा उक्लिए
नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख खेलाडी दीपेन्द्रसिंह ऐरी टी-२० क्रिकेटको अलराउन्डरतर्फ विश्वकै छैटौँ वरीयतामा उक्लिनुभएको छ।
दाङमा ‘ए’ डिभिजन लिग फुटबल सुरु
दाङमा ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता–२०८१ सुरु भएको छ ।
दोस्रो काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन प्रतियोगिताको तयारी पुरा
सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन हुन लागेको राष्ट्रिय स्तरको दोस्रो काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन प्रतियोगिताको तयारी पुरा भएको छ ।
स्काउट समयसापेक्ष हुन जरुरीः खेलकुदमन्त्री श्रेष्ठ
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्काउट समयसापेक्ष हुन जरुरी रहेको बताउनुभएको छ । बुधबार नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसरमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी
जलवायु वैज्ञानिक र खेलाडीहरूद्वारा समर्थित एउटा नयाँ प्रतिवेदनले मङ्गलबार यस वर्षको पेरिस ओलम्पिकमा अत्यधिक तापक्रमको खतरा रहने चेतावनी दिएको छ ।
वडास्तरीय पुरुष भलिबलको उपाधि रम्भा–१ लाई
जिल्लाको रामपुर नगरपालिका–४, मा भएको खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि रम्भा गाउँपालिका–१ ले जितेको छ । सोमबार भएको फाइनल खेलमा रामपुर नगरपालिका–१० लाई ३–१ सेटले हराउँदै उपाधि जित्न सफल भएको हो ।
श्रीलङ्कासँग नेदरल्यान्ड्स पराजित
आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको समूह ‘डी’ को अन्तिम खेलमा श्रीलङ्का नेरदल्यान्ड्सलाई पराजित गर्दै विजयी भएको छ ।
टी-२० विश्वकप : नेपाल बङ्गलादेशसँग २१ रनले पराजित
ब्याटिङ नचलेपछि नेपाल आइसीसी टी-२० विश्वकपअन्तर्गत समूहको अन्तिम खेलमा बङ्गलादेशसँग २१ रनले पराजित भएको छ ।
नेपाललाई बङ्गलादेशले दियो १०७ रनको मध्यम लक्ष्य
नेपालका बलरले कसिलो बलिङ गरेपछि टी-२० विश्वकपअन्तर्गत समूहको अन्तिम खेलमा नेपाललाई जितको लागि बङ्गलादेशले एक सय सात रनको लक्ष्य दिएको छ ।
टी-२० विश्वकप : नेपाल बङ्गलादेशविरुद्ध पहिले फिल्डिङ गर्दै
किङ्सटाउनमा नेपालले बङ्गलादेशविरुद्ध टस जितेर पहिले फिल्डिङ रोजेको हो । नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बङ्गलादेशलाई पहिले ब्याटिङ गर्ने निम्तो दिनुभएको हो ।
आभन र सृष्टिकालाई स्क्वास उपाधि
ओलम्पिक डे २०२४ को अवसरमा स्क्वास र्याकेट सङ्घ कास्कीको आयोजनामा भएको अुला स्क्वास प्रतियोगितामा आभन श्रेष्ठ र सृष्टिका उदास विजेता बन्नुभएको छ।
टी-२० विश्वकप : बङ्गलादेशसँग प्रतिष्ठाको लडाइँ लड्दै नेपाल
सेन्ट भिन्सेटमा हुने उक्त खेल नेपालका लागि प्रतिष्ठाको लडाइँ हुनेछ । समूह ‘डी’ अन्तर्गत शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै विश्वकपबाट बाहिरिएको थियो ।
ठमेलमा बास्केटबल प्रतियोगिता सुरु
माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीलाई हौसला प्रदान गर्न ठमेलमा बास्केटबल प्रतियोगिता आयोजना गरिएको छ ।
असार ४ बाट जिल्ला स्तरीय हक्की प्रतियोगिता हुने
हुम्लामा जिल्ला स्तरीय हक्की प्रतियोगिता हुने भएको छ । आगामी दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत हक्कीका खेल हुम्लामा सञ्चालन हुने भएका कारण यो प्रतियोगितालाई मध्यनजर राख्दै जिल्ला स्तरीय प्रतियोगिता आयोजना हुन् लागेको हो ।
टी-२० विश्वकप : दक्षिण अफ्रिकासँग एक रनले हारेसँगै बाहिरियो नेपाल
आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल टेस्ट टोली दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ ।
नेपाललाई दक्षिण अफ्रिकाले दियो एक सय १६ रनको मध्यम लक्ष्य
आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको तेसो खेलमा जितका लागि नेपाललाई दक्षिण अफ्रिकाले एक सय १६ रनको मध्यम लक्ष्य दिएको छ ।
टी-२० विश्वकप : नेपाल दक्षिण अफ्रिकाविरुद्ध पहिले बलिङ गर्दै
सेन्ट भिन्सेन्टस्थित किङ्सटाउन स्टेडियमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले बलिङ रोज्नुभएको छ । समूह ‘डी’ मा रहेको नेपाललाई सुपर आठको यात्रा तय गर्न आजको खेल जित्नै पर्ने बाध्यता छ ।
शनिबार बिहान विश्वकपमा नेपाल र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा
अमेरिका र वेस्ट इन्डिजमा जारी आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’ अन्तर्गत नेपालले शनिबार टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाको सामना गर्दैछ।
खो खोको उपाधि त्रिभुवन आर्मीलाई
सुनसरीको भोक्राहा नरसिंहमा सम्पन्न भएको उपाध्यक्ष प्रथम महिला खो खो प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लवले हात पारेको छ । सम्पन्न भएको फाइनल खेलामा सुनसरी खो खो टिमलाई १२ अङ्कविरुद्ध २६ सहित पराजित गर्दै आर्मीले उपाधी चुमेको हो ।
नेपाली क्रिकेट टोली सेन्ट भिन्सेन्टमा, सन्दीपसहितको अभ्यास
आइसिसी टी– २० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम दुई खेल खेल्न नेपाली टोली बिहीबार सेन्ट भिन्सेन्ट पुगेको छ । यसअघि बुधबार अमेरिकाको फ्लोरिडाबाट सेन्ट भिन्सेन्ट जानका लागि तय भएको नेपाली टोलीको यात्रा खराब मौसमका कारण रोकिएको थियो ।