• १४ फागुन २०८१, बुधबार

प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबिच भेट

blog

प्रधानमन्त्री केपी शर्मा ओली र तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबिच भएको भेट ।

काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबिच बुधबार भेटघाट भएको छ । 

भेटका अवसरमा सो कपका अफिसियल उद्घोषक एन्फाका प्रकाश रुचालका क्यान्सरपीडित आमाको उपचारका लागि केपी ओली क्लबका तर्फबाट एक लाख र प्रथम महिला राधिका शाक्यका तर्फबाट  एक लाख गरी दुुई लाख रुपियाँ हस्तान्तरण गरियो । भेटका अवसरमा अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज राई, युवा सङ्घका अध्यक्ष क्षितिज थेबेलगायत सहभागी हुनुुहुुन्थ्यो । 

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा यही फागुन ११ गतेदेखि सुरु भएको उक्त च्याम्पियनसिप फागुन २० गते समापन हुनेछ । प्रतियोगिताका विजेताले १५ लाख ११ हजार एक सय ११ र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछ ।