• १३ पुस २०८२, आइतबार

आर्मीले जित्यो लिनिङ बास्केटबल उपाधि

blog

उपाधिसहित आर्मीका खेलाडी ।

काठमाडौँ, पुस १३ गते । लिनिङ बास्केटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । 

नेपाल बास्केटबल सङ्घ (नेबा) ले आयोजना गरेको प्रतियोगिताको फाइनलमा आर्मीले सोलो बास्केटबल क्लबलाई १०८–७७ ले हराउँदै उपाधि जितेको हो । 

हिमालयन जाभा राष्ट्रिय बास्केटबल लिग (एचजेबिएल) को छनोटका रूपमा रहेको प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

यो प्रतियोगिताबाट चार टोली लिगका छनोट हुने प्रावधान थियो । आर्मी र सोलोसँगै सेमिफाइनल पुगेका रोयल स्पोर्ट्स सेन्ट्रल र प्लेबक्स एरेना लिगको दोस्रो सिजनका लागि छनोट भए ।

एचजेबिएलको दोस्रो संस्करण आगामी मार्चमा आयोजना गर्ने तयारी रहेको बास्केटबल सङ्घले जनाएको छ ।